मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान

मानशिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियान

बिदेशी भुमिमा नेपालीको जीवन शैली ,मानशिक स्वास्थ्य र आत्महत्या नियन्त्रण जस्ता समस्या बढे पछि यो अभियान २०११ देखि सुरुवात गरिएको हो | क्लिनिकल मनोबिज्ञ डा. विजय ज्ञवालीले सुरुवात गर्नु भएको यो अभियानले नेपाल र जापानका विभिन्न सहरमा कार्यक्रम गरिसकेको छ | यो नेपालमा दर्ता भएको गैर नाफामुलक अभियान हो | यसले मानशिक स्वास्थ्य र आत्महत्या शुन्य समाजको परिकल्पनालाइ आफ्नो मुख्य उद्यस्य बनाएको छ | यो अभियानले हाल सम्म विदेशी भुमिमा हुने मानसिक समस्या र यसको निराकरण, मानशिक स्वास्थ्य र तनाव व्यवस्थापन , मानशिक स्वास्थ्य र हाप्पिनेस ,आत्महत्या नियन्त्रण सहयोगी तालिम प्राथमिक मनोवैज्ञानिक तालिम जस्ता विषयवस्तुमा कार्यक्रम गर्दै आएको छ |

यस अभियानका प्रमुख अभियन्ता डा. विजय ज्ञवाली क्लिनिकल मनोविज्ञ र अकुपन्चरिस्ट हुन | नेपाल बाट अकुपन्चर तथा जापानबाट विद्यावारिधि गरेका डा. ज्ञवालीले यस बाहेक अमेरिका र सिँगापुर बाट साइको थेरापीमा तालिम पनि लिएका छन| उनि डिप्रेसन , तनाव र आत्महत्या रोकथाम विषयमा विशेष दखल राख्दछन |हाल उनि जापान स्थित एउटा अन्तरराष्ट्रिय गैर सरकारी संस्थामा सह निर्देशक पदमा कार्यरत छन साथै टोक्यो स्थित मनोपरामर्स क्लिनिकमा साइको थेरापिस्टको रुपमा कार्यरत छन | उनि आत्महत्या रोकथाम र मनोसामाजीक समस्या व्यवस्थापन विषयका अनुसन्धान कर्ता हुन |

अभियानको उद्देस्य

यो अभियानको मुख्य र एकमात्र उदेस्य भनेको मनोसामाजिक जनचेतना अभिव्रिद्दि र आत्महत्या शुन्य समाजको परिकल्पना रहेको छ |

थप जानकारीको लागि सम्पर्क

डा . विजय ज्ञवाली

क्लिनिकल मनोबिज्ञ

फोन :०९०-८०५४-७४०४

bijay1019@gmail.com

bijaygyawali.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s