नेपाली समाज रुपान्तरणका मनोबैज्ञानिक पक्ष

              नेपाली समाज रुपान्तरणका मनोबैज्ञानिक पक्ष

                                                                                        विजय ज्ञवाली

नेपाली समाज सामाजिक परिवर्तनको चरम उत्कर्षमा छ । हाम्रो समाजले भौतिक, समाजिक, अध्यात्मिक र मानसिक रुपमा गरेको परिवर्तनले केही अप्रत्यासित समाजिक रुपान्तरणको आभाष दिइरहेको छ । सामाजिक रुपान्तरण देश विकासको निम्ति महत्वपूर्ण कडी हुँदा हुँदै पनि यसले निम्ताउने समाजिक असन्तुलन लार्ई राम्ररी व्यवस्थित गर्न सकिएन भने यसका केही असर समाजमा दीर्घकालीन रुपमा रहिरहन सक्छ्न । परिवर्तनले समाजका सबै  पक्ष लार्ई असर गर्छ । केही परिवर्तन दृश्य र केही परिवर्तन अदृश्य हुन्छन् । समाजिक परिवर्तनको मनोवैज्ञानिक असर एउटा अदृश्य पक्ष हो । यो पक्षको ज्वलन्त उदाहरणको रुपमा सामाजिक रुपान्तरणसँगै अमेरिका र जापानमा बढेको मनोवैज्ञानिक असर लार्ई लिन सकिन्छ । जापानले गरेको आर्थिक विकाससँगै मानिसमा बढेको निराशा र आत्महत्या जस्ता मनोवैज्ञानिक समस्याहरु अझै पनि जापानको लागि प्रमुख चुनौति वन्दै आएको छ । नेपालमा पनि आउँदो दिनमा यस्तो समस्या नहोला भन्न सकिन्न तसर्थ यस्ता समस्याको निम्ति नेपाली समाज मनोवैज्ञानिक रुपमा तयार हुनु जरुरी छ ।

१. प्रविधिको विकास र यसका मनोवैज्ञानिक पक्ष

नेपालमा पछिल्लो समयमा सबैभन्दा बढी विकास भएको क्षेत्र सञ्चार प्रविधि नै हो । आमसञ्चारका माध्यमले नेपालमा गरेको विकासले सामाजिक रुपान्तरणमा निकै ठूलो असर गरेको छ । प्रविधिको सबैभन्दा असर युवापुस्तामा देखिएको छ । हामी सजिलै देख्न सक्छौ काठमाडौंको सम्पन्न युवा र बर्दियाको सामान्य युवाको हातमा मोवाइल सेवा छ । युवा वर्गमा रहेको प्रविधिको सहज पहुँचका निकै सुन्दर पक्ष छन् । इन्टरनेट मोवाइल र सञ्चार माध्यममा उनीहरुको सहज पहँचुले उनीहरुको आत्मविश्वास लार्ई उजागर त गरेको छ तर यसका केही समाजिक विकृतिका पक्ष पनि छन् । हाम्रो जस्तो बन्द सामाजिक संरचना भएको देशमा प्रविधिले युवा लार्ई गर्ने प्रथम परिवर्तन भनेको यौन उदारीकरण हो । प्रविधिको विकाससँगै यौन उदारीकरण सामान्य भए तापनि कहिलेकाहिँ यसले विकृतिको सिर्जना गर्छ । आजकल मोबाइलमा देखिने पे्रमिकाको नग्न तस्वीर, भिडियो र मोवाइलमाबाट खिचिएका अश्लिल नेपाली भिडियोहरु यसका उदाहरण हुन् । यसै गरी नेपालमा बढ्दो हत्या र अपहरणको घटना लार्ई प्रविधिले निकै साथ दिएको छ । सञ्चार प्रविधिको सुलभ पहुँच र यसको सही व्यवस्थापनको अभावले यस्ता अपराधिक घटनाको वृद्धि लार्ई सहजता प्रदान गरेको छ ।

२. महिला सशक्तीकरण र पुरुष पुरातनवादी सोच

नेपालमा बढ्दै गएको पारिवारिक असन्तुलनको प्रमुख कारणको रुपमा महिला सशक्तीकरण र पुरुष पुरातनवादी सोचको बीचमा रहेको असन्तुलन लार्ई लिन सकिन्छ । सामाजिक रुपान्तरणको यो रुपले सहरी क्षेत्र मात्र होइन ग्रामीण क्षेत्र लार्ई पनि उत्तिकै असर गरेको छ । नेपालमा पछिल्लो समयमा स्थापित गैर सरकारी संस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले महिला सशक्तीकरणमा ठूलो भूमिका खेले तर यसबाट महिलामा चेतनाको विकास त भयो तर आत्मनिर्भरताको कमी देखियो । आत्मनिर्भरता विनाको चेतनाले महिलालार्ई पूर्णरुपमा सशक्तीकरण गर्न सकेन । अर्कोतर्फ पुरुष पुरातनवादी सोचमा खासै परिवर्तन देखिएन । जसको फलस्वरुप समाजमा पुरुष र महिलाबीचमा एकप्रकारको मनोवैज्ञानिक द्वन्द्वको विकास भयो । जसको परिणाम स्वरुप पारिवारिक कलह, आत्महत्या, छोडपत्र जस्ता समस्याहरु देखिएका छन् ।

३. बढ्दो राजनीतिक चेतना र व्यवस्थापनको कमी

सामाजिक रुपान्तरणका लागि राजनीतिक चेतना भन्दा राजनीतिक व्यवस्थापन बढी आवश्यक छ भने कुरा नब्बेको दशकयता भारतको राजनीतिक स्थिरताबाट बुमmन् सकिन्छ । भारतले सुरु गरेको हरितक्रान्ति , श्वेतक्रान्ति र आर्थिक उदारिकरणको नीतिसँगै त्यहाँको राजनीतिक स्थिरताले उसको सामाजिक रुपान्तरण लार्ई ठूलो साथ दिएको छ । यदि यो स्थिरताले आउँदो केही वर्षसम्म भारतलार्ई साथ दिएमा भारतको रुपान्तरण विश्वमा नै सामाजिक रुपान्तरणको नमुना बन्नेछ । हाम्रो मुलुकमा सामािजक रुपान्तरणको अभ्यास गर्ने क्रममा राजनीतिक चेतनाको विकास भयो तर व्यवस्थापन हुन सकेन । जसको फलस्वरुप मानसिक रुपमा उत्तेजित भीडको निर्माण हुन पुग्यो । जसका कारण नेपालबन्द, सामान्य घटनामा तोडफोड, मजदुर आन्दोलन, शिक्षक कुटाई जस्ता घटना सहज हुन पुगे । सम्पूर्ण देशका आधा भन्दा बढी जनसंख्यामा निराशा  र द्वन्द्वपछिको असर जस्ता समस्या देखिन थाले र समाजको एउटा पाटो अनियन्त्रित भयो ।

४. शिक्षामा देखिएको असमानता

नेपाल भ्रमण सकेर देश फर्किएको मेरो जापानिज साथीले मसँग नेपालको प्रशंसा ग¥यो । मैले स्वभाविक मान्दै उसलार्ई नेपालमा सबैभन्दा आश्चर्य लागेको प्रसङ्ग सोधे । उसले गम्भीरताको साथ शिक्षामा देखिने धनी र गरिबको असमानतालार्ई नेपालको दुर्भाग्यपूर्ण आश्चर्यको रुपमा औँल्यायो । नेपालमा शिक्षाको सर्वसुलभता बढ्दै गए पनि धनी र गरिबले पाउने शिक्षामा देखिएको भिन्नताले दीर्घकालीन रुपमा युवाहरुको सोच विकासमा मनोवैज्ञानिक असर पार्ने निश्चित छ । देश विकासको निर्माणमा हातेमालो गर्नुपर्ने शहर गाउँका युवाहरुको शिक्षामा भिन्नताका कारण सामाजिक रुपान्तरण पक्कै पनि सहज हुने छैन । जसको उदाहरणको रुपमा माओवादी जनयुद्धको क्रममा ग्रामीण क्षेत्रका विपन्न युवाहरुको अग्रपंक्तिमा रहेको संग्लनता लार्ई लिन सकिन्छ ।

५. बढ्दो आयु र निस्क्रिय जीवन

स्वास्थ्य चेतनामा आएको सुधार र बढ्दो सुलभ स्वास्थ्य सेवाका कारण नेपालमा व्यक्तिको सरदर आयु बढ्दो छ । सरदर आयुको वृद्धि भएता पनि नेपालीको सक्रिय जीवन आयु भने लगभग ५० वर्ष मात्र रहेको देखिन्छ । यसका कारण लगभग ५० वर्षपछिको जीवन निस्क्रिय जीवनको रुपमा रुपान्तरण हुँदैछ । बुढ्यौलीपनको उचित व्यवस्थापन नहुँदा वृद्ध वृद्धामा विभिन्न प्रकारको मनोवैज्ञानिक असर देखिनु स्वभाविक हो । यो समस्याले अहिले नै नेपाली समाजको निम्ति कुनै समस्या नल्याए तापनि सामािजक रुपान्तरणको क्रममा यो समस्या देखा पर्दै  जानेछ । यसको उदाहरणको रुपमा जापानलार्ई लिन सकिन्छ । जापानमा हाल वृद्धवृद्धाको मनोविज्ञान लार्ई उच्च प्राथमिकताका साथ हेरिन्छ । सामाजिक रुपान्तरणको क्रममा यो पक्ष पनि महत्वपूर्ण हुने हुँदा समयमा नै यो पक्षलार्ई प्राथमिकतामा राख्नु महत्वपूर्ण हुन्छ ।

             सामाजिक रुपान्तरणका विभिन्न पक्षहरु छन् ती सबै पक्षहरमा समयमानै विचार विर्मश हुनु अत्यत आबश्यक छ । ती विविध पक्षहरुलाई हामीले समयमानै ब्यबथित गर्न सक्यौ भने रुपान्तरित समाज हामी पछिको पुस्ताको निम्ति अवश्यपनि सहज हुनेछ ।

 

 

1 Comment

Leave a Reply to Upendra Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s