आत्महत्याका समाचारहरु आजकल प्रतेक दिन जस्तो पत्रपत्रिकामा देखिने गरेका छन र यस्ता समाचार ले प्राथमिकता नि पाएकै हुन्छन् / म आफु बिगत केहि वर्ष देखि यसको अध्ययन र अनुसन्धान मा लागेको एउटा बिधार्थी भएको नाता ले सधै यस्ता समाचार लाई सकभर टिपेर राखने गरेको छु / आत्महत्या एउटा जनस्वास्थ्य को गम्भीर समस्या को रुप मा देखा परिरहेको अवस्था मा समाज का हरेक पछ को सामुहिक प्रयास ले मात्र यसको नियन्त्रण सम्भव देखिन्छ / अझ यसमा मिडिया को भूमिका त झन् बिसेस रहेको हुन्छ / आत्महत्या समन्धी समाचार हरु हेर्ने क्रम मा मैले बिसेस रुप मा २ वटा पछ लाई ध्यान दिने गरेको छु / पहिलो समाचार को प्रस्सुतिकरण र यसको प्रभाव र दोस्रो समाचार ले पिडित को परिवार मा पर्ने असर रहेको छ /म मीडिया कर्मी होइन / संचार जगत को आफ्नो नीति नियम हुन्छ जसको म ज्ञाता पनि होइन / तर आत्महत्या रोकथाम मेरो बिसय हो तसर्थ एउटा पाठक को रुप मा मैले जे सोचे र जे महसुस गरे त्यो प्रस्तुत गरेको छु /
1. आत्महत्या समन्धी रिपोर्टिंग र यसको प्रभाव
आत्महत्या समन्धी रिपोर्टिंग अत्यन्त संबेदनसिल बिसय हो / यसमा ध्यान दिन सकिएन भने यसले copycat आत्महत्यालाई बढावा दिन सक्छ ,बिसेस गरि समाज मा नाम कमाएका व्यक्ति बिसेसको आत्महत्या लाई सनसनी पुर्बक प्रस्तुत गर्दा यसले आत्महत्या लाई बढावा दिन सक्ने सम्भावना रहन्छ / यसै गरि कहिले काही संचार ले कुनै बिसय लाई अत्याधिक महत्व दिदा यसको असर गलत किसिम ले देखिन्छ / नेपाल मा प्रतेक वर्ष प्रबेसिका परिक्षा को नतिजा आए पछि बढ्ने आत्महत्या लाई एउटा उधाहरण को रुपमा लिन सकिन्छ / प्रबेसिका परिक्षा जसको Academic रुप मा कुनै अर्थ छैन तर मिडिया ले त्यसको नतिजा लाई यति धेरै महत्व दिनछन कि यो सामाजिक प्रतिष्ठा को बिसय बन्न गएको छ र बिद्यार्थी मा मानसिक दबाब को सिर्जना भएको छ / यस बेला मा हुने आत्महत्या को समाचार को प्रस्तुतिकरन ले अझ अनुतिर्ण हुने को लागि अब आत्महत्या भन्दा अरु बाटो छैन जस्तो आभास महसुस हुन्छ / त्यो बेला छापिएका केहि हेड लाइन लाई उधाहरण को रुप मा प्रस्तुत गरिएको छ /
एसएलसी फेल भएपछि तीन किशोरीले आत्महत्या रोजे)कान्तिपुर
एसएलसी पूरक परीक्षामा अनुतिर्ण भएपछि आत्महत्या (कारोबार )
एसएलसीमा फेल भएपछि आत्महत्या- (ujjalo network)
सुसाइड लर्निङ सर्टिफिकेट- (chitwan.com)
7 girls commit suicide after failing SLC(My republica)
यी समाचार को हेड लाइन हेर्दा एउटा अनुतिर्ण बिद्यार्थी ले के सोच बनाउछ होला ? यो प्रश्न को उत्तर खोज्ने जिम्मा पाठक लाई नै छोडदै छु /
आत्महत्या समन्धी रिपोर्टिंग गर्ने क्रम मा अर्को महत्व पूर्ण साबधानी अपनाउनु पर्ने बिसय हो , समाचार मा आत्महत्या गर्ने तरिका को उल्लेख / होगकोङ्ग मा एउटा बहु चर्चित पत्रिका ले कोइला को प्रयोग ले गर्ने आत्महत्या को बिधि को बारेमा गरेको रिपोर्टिंग पश्चात उक्त बिधि बाट आत्महत्या गर्ने हरु को सक्ख्या १० प्रतिसत ले बढेको थियो / तसर्थ आत्मा हत्या समाचार दिने क्रम उसले प्रयोग गरेको बिधि को बारेमा उल्लेख गर्दा बिसेस समधानी अपनाउनु पर्छ/
उधाहरण को रुप कान्तिपुर को यो समाचार लाई लिन सकिन्छ /
………..प्रबेसिका परिचा अनुतिर्ण बिद्यार्थी द्वारा आत्महत्या -शान्तिपुर स्थित भानु इङ्गलिस बोर्डिङ स्कुलमा पढ्दै गरेकी ********ले घरनजिकै रहेको गोठमा नाम्लोको पासो लगाई शनिवार झुण्डिएर आत्महत्या गरेकी हुन्/
………प्रेम प्रकरणका कारण दुवैले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ इलाका प्रहरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष तामाङले भने, ‘घटनास्थलमा एल्मुनियम फोसफ्राइडको बिर्को भेटियो ।’ ललिपप चकलेटमा विष हालेर दुवैले सेवन गरेको र घटनास्थलबाट आधा खाइसकेको ललिपप भेटिएको उनले बताए ……
यो समाचार मा त औसधि को नाम मात्र नभएर खाने तरिका नि सिकाएको छ /
(कान्तिपुर मा छापिएको रिपोर्टिंग ले आत्महत्या गर्ने तरिका पनि सिकाएको छ /)
2. आत्महत्या र गोपनियता
आत्महत्या समन्धी समाचार बनाउदा गोपनियता महत्वपुर्ण हुन्छ भन्ने बिसय मा नि छलफल हुन आबस्यक छ / आत्महत्या अथवा आत्महत्या प्रयास को बारेमा रिपोटिंग गर्दा यसबाट परिवार र समाज मा कस्तो असर गर्छ त्यो बिसय महत्वपुर्ण छ / लण्डन ओलम्पिक ताका एकजना नेपाली प्रतिनिधि ले आत्महत्या को प्रयास गरे / उक्त समाचार लाई नेपालका सबै मेडियाले महत्व का साथ उनको नाम ठेगाना सहित प्रस्तुत गरे ,समाचार गम्भीर थियो प्राथमिकता पायो / तर ति प्रतिनिधि लाई पूर्ण समाज मा पूर्ण स्थापित हुन कति गारो भयो होला / जसको हामी अन्दाज गर्न मात्र सक्छौ /
यसै गरि केहि समय पहिला कोरिया मा आत्महत्या गरेका ब्यति को नाम र फोटो सहित पत्रिका मा प्रकासित भयो यसबाट उसको परिवार ,बिद्यालय जाने उसका छोराछोरी लाई के कस्तो असर परेको होला / यसबाट उनीहरु लाई पर्न गएको मानसिक तनाब को जिम्मेबारी कसको हो?
आत्महत्या समन्धी news follow up गर्ने क्रम मा मैले नेपाली संचार जगत भित्र का धेरै सकारात्मक पछ पनि देखेको छु / यहाँ केहि समस्या का कुरा मात्र गरे / मेरो यो लेख को उदेस्य नकारात्मक पछ लाई मात्र हेर्नु कदापी होइन / तर पनि हामी केहि सजक भएमा आत्महत्या नियन्त्रण गर्न बल पुग्ने छ भन्ने हेतु ले यो लेख लेखेको छु / समाधान प्रस्तुत नगरिएको यो लेख मा समाधान र छलफल को जिम्मा पाठक साथी हरु लाई छोडेको छु /
Sucidal case ma gopniya hunu jaruri cha natra bijay ji le vane jastai tyasto samachar le jhan jhan paribar ra pidit lai depression ma lyane garda chan