प्रसङ्ग १
हरिबंश आचार्य नेपालका सबै भन्दा राम्रा कलाकार हुन भन्ने कुरामा म जस्ता लाखौ व्यक्तिको दुइ मत छैन होला / मैले सम्भव भयसम्म उनको सबै टेलिफिल्म हेरेको छु / आफ्नो घरमा टेलिभिजन उपलब्ध नहुदा समेत छिमेकिको घरमा पुगेर नि उनको टेलि फिल्म हेरियो /टिकट नपाएर त त सारै बिग्रिस नि बद्रि भने फिल्म मैले बिस्व ज्योति हल को सबै भन्दा अगाडीको सीट मा बसेर हेरेको थिए / जसको प्रभाब अर्को दिन गर्धन को दुखाई कम गर्न अकुपन्चर बिधि को सहारा लिनु परेको थियो / उनको पुस्तक चिना हराएको मान्छे निस्केको एक हप्तामा मैले मेरो बुबा लाई उपहार स्वरुप प्रदान गरेको थिए / इच्छा हुदा हुदै पनि उनको पुस्तक पढने मौका मैले भने बल्ल पाए / धेरै हासे कति ठाउमा आशु आयो / उनले दुखको कुरा मा पनि हँसाएका छन / पुस्तक पढदा पटक पटक मनमा आयो ,उनको कलाकारिता ले ठुलो बजार पाएको भए कहाँ पुग्थे होला / उनले जीवनलाई दुखको रुप मा मात्र लिएनन् फेरी बिबाह गरेर जीवन लाई एउटा लय दिए / जब मैले पढे उनको नव बिबाहित श्रीमती रमिलाले उनको पहिलो श्रीमती मिराको फोटोलाई आफ्नो कोठा मा सजाएकी छिन / मलाई त्यो भाग पढेर एउटा स्वर्णिम आनन्दको महसुस भयो / तर तत्काल मेरा मन मा अनेकौ प्रस्न आए / त्यो किताबबाट जबाफ सम्भव थिएन / मैले ति प्रस्न मनमै राखेर पुस्तक बिट मारे /
प्रसङ्ग २
मेरो एकजना आदरणीय सुभचिन्तक ले TANISHQ नाम को एउटा गहना कम्पनी ले भर्खर बनाएको एउटा बिज्ञापन लाई फेस बुक मा राख्नु भयो / उक्त बिज्ञापन मा एक जना महिला ले गरेको पुर्न बिबाह मा उनकी सानी छोरी( पूर्व श्रीमान बाट भएकी ) ले पनि आमा संगै सातफेरो मा हिड्ने इच्छा देखाए पछि दुलाहा ले छोरी लाई बोकेर अग्नि घुमेको देखाइएको छ / बास्तव मै बिज्ञापनले महिला पुर्न बिबाह लाई एकदम सकारात्मक रुप मा प्रस्तुत गरेको छ / जसको प्रस्ट स्वरूप मैले त्यो बिज्ञापन जसको फेसबुक मा देखे त्यहि बाट महसुस गरे / फेसबुक प्रयोगकर्ता उहा आफै पनि महिला ससक्तिकरण को क्षेत्र मा कलम चलाउनु हुन्छ / तर यो प्रसङ्ग ले फेरी हरि दाई को पुस्तक पढने क्रम मा आएका प्रस्न लाई तरंगित गरेको छ /
पुर्न प्रसङ्ग १
हरिबंश आचार्यको पुर्न बिबाह ले समाज लाई जुन शिक्षा दिएको छ / त्यसको प्रभाबकै कारण मेरो घर भित्र पनि पुर्न बिबाह सम्भव भएको छ / हरिबंश आचार्य ले त पुर्न बिबाह गरे तिमि ले किन हुदैन भनेर समाज ले उधाहरण दिन पाएको छ / पुस्तक मा धेरै प्रस्न को जबाफ हुदा हुदै पनि यो पाठक को मन मा केहि प्रस्न उब्जिएका छन / मेरो मन मा उब्जिएका यी प्रस्न स्वभाविक र अस्वाभाविक दुबै हुन सकछन / तर मन को तरङ्ग लाई कसले रोक्न सक्छ /
रमिला को पहिलो श्रीमान को फोटो हरिबंशको घर मा झुडिएको छ कि छैन होला ? उनको र रमिला को फोटो त्यो पुस्तकमा राखेको भए समाज को के प्रतिक्रिया हुन्थो होला ?
रमिला ले उहा को पहिलो श्रीमान को फोटो लाई कोठामा सजाउनु भो भने हरिबंशदाई को प्रतिक्रिया के होला ?
आफ्नो आमा लाई पुर्न बिबाह गर्न स्विकृत दिने ति महान छोरा को महानता को परिचय के होला ? उनको फोटो किन त्यो पुस्तक मा समाबेस नभएको होला ?
ति महान सन्तान जसले पुर्न बिबाह को क्षेत्र मा एउटा उदाहरण पेस गरे ति महान र सम्मान योग्य छोराको परिचय किन हराएको होला ?
अन्त्यमा ,
हरि दाई महान कलाकार हुनुहुन्छ / पुर्न बिबाह को क्षेत्र मा उहा को योगदान ले समाजमा अब उमेर हुदै कसैले बिधवा अथवा बिदुर भएर कठिन जीवन बाच्न नपर्ने बाताबरण बनोस / म यो पुर्न बिबाह लाई सम्भव गराई दिने पर्दा पछाडिका पात्र रमिला दिदि को छोरा , आमा बुबा , दिदि भाउजु प्रति सम्मान ब्यक्त गर्न चाहन्छु / यो समाज मा बर्सौ देखि बाल बिधुवा भएर बसेका हाम्रा छोरी , दिदि बहिनि हरु उनि हरु प्रति कृतज्ञ हुने छन र यो समाज ति चिना हराएका पात्रहरु प्रति सधै आभार रहनेछ /
Great work! kholo taryo lauro birsyo vane jhai Hari bansha ji le birsunu vayo hola. yo hamro samaj ke rudhibad le hola. ra pani samaj ko kayaou rudhibad ra todna auta ramrai example hami le paka chau. thank u for your effort to remember those person who make all this possible.