बिदेशी भुमि मा आत्महत्या : एउटा गम्भीर बिषय
आत्महत्या नेपाली समाज को लागि अब नौलो बिषय भएन / उचित तथ्याक को अभाब मा आत्महत्या को वास्तविक गहिराही थाहा नभएता पनि प्रतिक दिन जसो पत्र पत्रिका मा आउने समाचार को आधार मा भन्ने हो भने यो समस्या अब नेपाली को जन स्वास्थ्य भित्र को गम्भीर समस्या भै सकेको सहज अनुमान लगाउन सकिन्छ ./ नेपाल प्रहरी को तथ्याक लाई आधार मान्ने हो भने नेपाल मा प्रतेक दिन ११ जना ले आत्महत्या गर्ने गरेका छन/ मिर्तु दर्ता को तथ्याक अबधिक गर्ने नियम को कडाई को अभाब मा यो सक्ख्या अझ बडी हुने अनुमान सहज रुप मा लगाउन सकिन्छ /
नेपाली हरु को आत्महत्या को एउटा फरक पाटो को चर्चा यो लेख मा गर्न खोजिदै छ / बैदेशिक रोजगार परबर्तन केन्द्र को तथ्याक का अनुसार बिदेशी भुमि मा हुने नेपाली को मिर्तु को कारण मा आत्महत्या तेस्रो प्रमुख कारण मा पर्छ / गत वर्ष साउदी अरब मा मात्र १७ नेपाली ले आत्मा हत्या गरे/ UN womens रिपोर्ट अनुसार २०११ मा ८० जान नेपाली महिला ले बिदेशी भुमि मा आत्मा हत्या गरेका थिए / यसै गरि लगभग ३० हजार को सख्या मा नेपाली बसोबास गर्ने जापान मा बिगत को २ वर्ष भित्र ७ जना नेपाली ले आत्महत्या गरे / यी त उधाहरण मात्र हुन / उचित रोजगार र जीवन को खोजि मा बिदेसिने नेपाली हरु को आत्महत्या को समाचार आजकल लगातार रुपमा सुनिन थालेको छ / तर यसको रोक थामको कुनै पहल भएको देखिदैन / देश को अर्थिक मेरुदण्ड को प्रमुख आधार बनेको रेमिटान्स भित्राउने लाखौ नेपाली को जन स्वास्थ्य को एउटा गम्भीर पाटो मा कसैको ध्यान गएको देखिदैन/
कारण |
मलेसिया |
साउदी अरब |
कतार | यु. ए. इ. |
मुटु समस्या |
२४ |
७ | ८५ | १७ |
आत्महत्या |
३४ |
१७ | १५ | ३ |
सडक दुर्घटना |
११ |
७० | ५ | ६ |
प्राकृतिक |
३ |
८० | – | ७ |
कार्य दुर्घटना |
२
|
१७ | ४ | २
|
अन्य |
१७९ |
१४ | ४० | १२
|
बैदेशिक रोजगार परबर्तन केन्द्र
किन हुन्छ बिदेशी भुमि मा आत्महत्या ?
केहि नेपाली को लागि बिदेशी भुमि रहर होला तर अधिकांस नेपाली को लागि यो एउटा बाध्यता हो / उचित रोजगार र अवसर को खोजि मा बिदेश आउने नेपाली को पछाडी उसको पारिबारिक बिछोड र सामाजिक सुन्नता त साथै हुन्छ / त्यसमाथि आर्थिक रुप मा नि उ पिरोलिएको हुन्छ/ अधिकांस नेपाली खोजेको र रिण लिएको पैसा मा विदेश भित्रिएको हुन्छन / त्यस बाहेक पनि नया बाताबरण ,भाषा ,सस्कृति ,ब्यस्त जीवन जस्ता समस्या उनि हरु को जिबन मा एकै पटक आइपर्छ / बिदेस को जीवन आफु ले सोचे जस्तो हुदैन / आफुले सोचे जस्तो र विदेश को जीवन मा मेल नखादा जीवन मा नैरास्य बढेर जान्छ/जसका कारण उनीहरुमा तनाब ,चिन्ता ,अनिद्रा,अरुचि ,पाचन समस्या जस्ता समस्या को सुरुवात हुन्छ / जुन समस्या लामो समय सम्म रहदा उनीहरु मा विभिन्न मानसिक समस्या को सुरुवात हुन्छ /अनन्त उचित मार्ग दर्शन ,परामर्स र उपचार को अभाव मा उनीहरु ले आत्मा हत्या जस्तो बाटो रोजेको देखिन्छ/
कसरी नियन्त्रण गर्न सकिएला ?
बिदेशी भुमि मा हुने आत्महत्या नियन्त्रण को लागि सबै को पहल को आबस्यक छ / झन्डै ३० लाख को हाराहारी मा बिदेशिएका नेपाली को यो समस्या को नियन्त्रण गर्ने प्रयास मा निम्न अनुसार कदम चल्नु पर्ने देखिन्छ /
विदेश आउनु पुर्ब को मानसिक र सामाजिक तयारी
बिदेश आउनु पूर्व जसरि उचित सिप सिकेर आउदा सजिलो हुन्छ / त्यसरी नै बैदेशिक भुमि मा आउन सक्ने विभिन्न मानसिक र सामाजिक समस्या को उचित तालिम र तयारी गरेर आउन सकियो भने यस बाट बिदेशी भुमि मा हुन सक्ने आत्महत्या नियन्त्रण गर्न ठुलो सहयोग पुग्न सक्छ / जसको निम्ति यस सित समन्धी सघ सस्था अथवा सरकारी क्षेत्र ले उचित मापदण्ड सहित को कोर्स अथवा ट्रेनिंग को विकास गर्न सकिन्छ / जाने मुलुक को भाषा रहन सहन सस्कृति को पुरा जानकरी लिएर मात्र विदेश जाने बाताबरण बनाउनु आबस्यक देखिन्छ /
परदेशी जीवन भित्र को तयारी मानसिक र सामाजिक तयारी
विदेश गइ सके पछि पारिबारिक बिछोड को पिडा ,आफ्नो समाज प्रति को माया ,विभिन्न आर्थिक र सास्कृतिक पछ का कारण पर्न सक्ने असर को बारेमा आफुले पनि बिसेस तयारी गर्नु आबस्यक छ / यसै गरि समन्धित देश मा रहेको दुताबास ले पनि नेपाली लाई पर्न सक्ने मानसिक असर को बारेमा जानकारी दिन साथै मानसिक परामर्स उपलब्ध हुने ठाउँ को जानकारी हरु उपलब्ध गराउनु पर्छ/ एक्लो भएको जीवन बिरानो ठाउँ मा कहिले कहिँ निरस हुनु स्वोभाबिक भएता पनि यदि बारम्बार आत्महत्या गरु जस्तो विचार आउछ भने त्यो अवस्था मा केहि कदम आफैले पनि चल्नु पर्छ /
– सक भर एक्लै नबस्ने ,परिवार र साथी हरु को निरन्तर सम्पर्क मा बस्ने /
– सकभर मन मिल्ने साथी सित बस्नु उचित हुन्छ /
-तपाई बिर्धार्थी हो भने तपाई को स्कुल अथवा बिस्वबिध्यालय मा परामर्स केन्द्र हुन सकछन त्यहाँ बाट उचित परामर्स लिने /
– आफु लाई लागेका कुरा अरु लाई खुलस्त भन्नु होस् / एक्लो अवस्था मा सोसिअल साइट हरु को सहारा लिने बाहिर घुम्न जाने खुला बाताबरण मा बस्ने गर्नुहोस /
– सकभर छिटो मनोविज्ञ को सम्पर्क मा जाने / अधिकांस मुलुक मा फ्री टेलिफोन परामर्स केन्द्र हुन
छन त्यहाँ बाट सल्लाह लिन सकिन्छ /
उचित अनुगमन र बाताबरण को विकास
देश को आर्थिक बिकास मा आधार बनेका नेपाली ले यसरि बढ्दो रुप मा आत्मा हत्या गर्नु दुखत पाटो हो/ यसको नियन्त्रण मा सबै गम्भीर हुनु पर्ने देखिन्छ / समन्धित विज्ञ हरु ले यस समन्धि उचित अनुगमन र अध्ययन गर्नु आबस्यक छ / समन्धित देश मा भएका आत्महत्या रोकथाम को क्षेत्र मा काम गर्ने सङ्ग सगठन लाई यो बिसय को जानकारी दिएर उनीहरु लाई पनि बिदेशिएका का नेपाली को आत्महत्या नियन्त्रण मा सामेल गर्न सकियो भने यो समस्या लाई उचित रुप सम्भोधन गर्न सकिनेछ /यसै गरि आजकल अधिकांस मुलुक बाट बिधुतिय पत्र पत्रिका निस्कने गर्छन ति साइट हरु मा आत्महत्या नियन्त्रण ,मानसिक समस्या को जानकारी मुलक लेख र सामग्री राखेर जनचेतना फैलाउन सकिन्छ /
आत्म हत्या कुनै अपराध होइन / यसको बारेमा खुलस्त कुरा र छलफल हुनु आबस्यक छ / मानसिक रोग बिसेसज्ञ अथवा परामर्स दाता को सहयोग बाट यसलाई नियन्त्रण गर्न सकिन्छ /