अभिभावक र सन्तान बिचको अन्तर सम्बन्ध

 अभिभावक र सन्तान को अन्तर सम्बन्ध कस्तो हुनु पर्छ भन्ने बारेमा हाम्रो समाज मा खासै चर्चा भएको पाईदैन / जसका कारण  अभिभावक र छोराछोरी को बिच मा अन्तर्द्धन्द को  विकास भएको उदाहरण  हामीले हाम्रो समाज मा प्रशस्त  रुपमा देख्न पाउछौ / जसलाई पुस्ता परिवर्तन को समस्या भनेर हामी सजिलै पन्छिने गरेका छौ / यस्ता समस्या हरु अभिभावक को सानो प्रयास ले सजिलै कम गर्न सकिन्छ / ती  प्रयास को बारेमा यो लेख मा चर्चा गरिन खोजिएको छ /

अभिभावकले आफ्नो सिद्दान्त र विचारलाई सन्तान सामु प्रस्ट रुपमा राख्नुपर्छ / हरेक  अभिभावकका जीवन प्रति आफ्नो निजि विचार हुन्छन जसको जानकारी सन्तानलाई हुनु जरुरी छ / तर आफ्ना  सिद्दान्त  र विचार को पूर्तिको लागि सन्तानलाई अनावश्यक  दबाब सिर्जना गर्नु हुदैन / आफ्नो  सिद्दान्त  र बिचार लाई मेरो सन्तानले अनुसरण गरोस भन्ने चाहना प्रतेक अभिभावक मा हुनेगर्छ / ति चाहना हरु सन्तान को सामु असावधानी पुर्वक प्रस्तुत गर्दा परिवारमा द्वन्द को सिर्जना हुन सक्छ / तसर्थ ति पक्षमा सावधानी  अपनाई उचित बातावरण को सिर्जना गरि आफ्नो  सिद्दान्त  र विचार लाई आफ्नो सन्तान सामु प्रस्ट रुपमा राख्नु पर्छ / साना नानी हरु को लागि हजुर बुबा आमाले सुनाउने दन्त्य कथा र अध्यात्मिक कथा मार्फत प्रदान गरिने शिक्षा निकै महत्वपूर्ण हुन्छ / सकारात्मक विचारले भरिएका कथा हरुले उनीहरु सकारात्मक मार्गदर्शन गर्दछन /

 

आफ्ना सन्तानलाई आफुले माया गर्ने कुरा अभिभावकले सन्तानलाई प्रस्ट रुपमा राख्नु  जरुरी छ / विशेष गरि काममा बढी ब्यस्त हुदा कतिपय अवस्थामा छोरा छोरी सित  महिनौ राम्ररी कुरा गर्ने अवसर नजुट्न सक्छ त्यो अवस्था मा फोन गरेर अथवा छोटो समय निकालेर भएपनि आफ्नो माया दर्साउने मौका छोड्नु हुदैन / छोरा छोरी को  कोठा अथवा झोलामा सानो पत्र अथवा कार्ड लेखेर आफुले माया गर्ने कुरा उनीहरुलाई सरप्राइज रुपमा प्रस्तुत गर्दा उनिहरु खुसि हुन्छन र यस्ता सानो कुरा ले सम्बन्ध विकास मा ठुलो भूमिका खेल्छ /सन्तान तपाईको लागि कति जरुरी छन भने कुरा तपाई ले उनिहरु लाई प्रस्ट रुपमा आभास हुने वातावरणको सिर्जना गर्नुपर्छ /घरमा खाना खादा सकभर संगै खाने गर्नुहोस / उक्त समय मा टेलिभिजन हेर्ने ,फोन मा कुरा गर्ने जस्ता क्रियाकलाप नगर्नु होस् / उक्त समयलाई पूर्णरुपमा  पारिवारिक बनाउनु  पर्छ /  

 

आफ्ना छोरा छोरी लाई उपनाम दिएर बोलाउंदा यसले  प्रेमलाई प्रकट हुन सहयोग पुग्छ /  तर अरु साथीहरुको अगाडी र स्कुलमा  उनीहरुलाई विशेष नाम भन्दा  उनीहरुको नामबाट बोलाउंदा नै राम्रो हुन्छ / बालबालिकालाई नाम दिदा उनीहरुलाई मनपर्ने खालको नाम छनोट गर्नु पर्छ /

तपाईको काममा छोराछोरीको सहयोग लिन पछि नपर्नु होस् / कतिपय  अवस्थामा उनिहरुको बिचारहरु सोध्नु होस् र ति बिचारमा सम्मानपुर्वक प्रतिक्रिया दिनुहोस / उनिहरुले प्रकट गर्ने इच्छा  सम्मानपुर्वक सुन्नुहोस /पुरा गर्न नसक्ने इच्छालाई प्रस्ट रुपमा कारण सहित भन्नु होस् /आफना छोरा छोरी सित कहिलेकाही एकान्तमा एक्लै कुरा गर्ने वातावरणको सिर्जना गर्नु होस् / उनिहरुको  गोपनियताको सधै सम्मान गर्नु होस् / उनिहरुको समस्यालाई हस्तक्षेप गर्ने नगर्नु होस् बरु उनीहरु सित मिलेर  समस्यालाई समाधान गर्नु होस् /छोरा छोरीको जासुसी कहिले पनि गर्नु हुदैन तर सावधानी पुर्वक निगरानी भने गर्नुपर्छ / स्कूल र पढने विषयको छनौटमा उनिहरुलाई सहयोग गर्नु होस् तर जबरजस्ती कुनै विषय पढ़न दबाब नदिनु होस् /

अभिभावक र सन्तान बिच को सम्बन्ध पूर्ण रुपमा माया र प्रेममा अडिएको छ / माया र प्रेम मार्फत यो सम्बन्ध लाई मजबुत बनाउन सकिन्छ / यदि प्रयास गर्दा पनि  सुधार गर्न नसकिएको अवस्थामा मनोविज्ञको सल्लाह र सुझाव लिनु आवश्यक  हुन आउछ /

 

 

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s