जापानमा नेपालीले किन आत्महत्या गरिरहेका छन ?

(यो सामग्री tokyonepal.com बाट साभार गरिएको हो )

पछिल्लो समयमा जापानमा नेपालीहरुले आत्महत्या गर्ने क्रम निकै तिब्ररुपमा बढिरहेको छ । आइतबार मात्रै २२ बषिर्य नेपाली बिद्यार्थी सुरज बस्नेतले आत्महत्या गरे । सन् २०११ यता मात्रै आत्महत्याको घटना करिव एक दर्जन पुग्न लागिसके ।

यसै मेलोमा जापानमा अध्ययनरत नेपाली अनुसन्धानकर्ता बिजय ज्ञवालीले जापानी प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपालीहरुको आत्महत्या गर्नुको कारणबारे बिस्तृतमा जानकारी गराएका छन । मनोबिज्ञान बिषयमा इन्टरनेशनल युनिभर्सिटी अफ हेल्थ एण्ड वेलफेयर टोक्योबाट अध्ययन सकि हाल बिद्याबारिधिको अनुसन्धानमा जुटेका ज्ञवाली आत्महत्याको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

३ महिनाअघि उनले लेखेको पत्र जापान टाइम्स पत्रिकामा प्रकाशित भएको थियो । उनको त्यो पत्र अहिले पनि सान्दर्भिक हुने ठानी हामीले भावानुवाद गरेका छौं ।- (सम्पादक)

जापानमा नेपालीले किन आत्महत्या गरिरहेका छन ?

बिजय ज्ञवाली, टोक्यो

प्रिय प्रधानमन्त्री सिन्जु आबेइ, शिक्षामन्त्री हाकुवुन सिमोमुरा र स्वास्थ्य तथा श्रममन्त्री नोरिहिसा तमुरा,

म जापानमा अध्ययन गरिरहेको एक मनोबिज्ञ हुँ र मेरो अध्ययनको रुची आत्महत्याका घटनालाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा छ । यही सन्र्दभमा मैले गत बर्षदेखि जापानमा नेपालीले गरिरहेको आत्महत्याका घटनालाई नजिकबाट अध्ययन गरिरहेको छु । यो अध्ययनको नतिजा मलाई निकै दुःखी र स्तब्ध बनाउने खालको पाइयो ।

सन् २०११ र सन् २०१२ को पहिलो तीन महिनामा मात्र ७ जना नेपालीले आत्महत्या गरेको पाइयो । जसमध्ये ६ जना जापानमा कुक भिषामा कार्यरत थिए भने एकजना बिद्यार्थी थिए ।

निश्चीतरुपमा बिदेशमा काम गर्दा कार्यक्षेत्र र घरमा पनि ज्यादा तनाव हुन्छ । जापान संसारकै ब्यस्त महंगो जीवन भएको ठाउँ भएकाले पनि यो स्वभाविकै हो ।

धेरैजसो बिदेशीहरुले यहाँ आएर तुरुन्तै यहाँको गतिशिल जीवनशैलीअनुरुप आफुलाई ढाल्न सक्दैनन् । कतिपयका आफ्नै नीजि समस्याहरु पनि हुन्छन् । जस्तो- परिवारसँगको बिछोड, भाषाको समस्या र आर्थिक समस्या । काम गर्ने भिषा र खासगरी कुक भिषाका बारेमा धेरै जानकारी नहुनु पनि अर्को ठूलो समस्या हो ।

धेरै रेष्टुँराहरुले नेपाल, भारत र बंगलादेशबाट कुक मगाउँछन् । आकर्षक बिज्ञापनका माध्यमबाट उनीहरुसँग निकै ठूलो रकम असुलिएको हुन्छ । तर, जव जापान आएर काम गर्न थाल्छन ती रेष्टुँराले निकै कम तलव दिन्छन् । धेरैजसोले त जापान आउनकै लागि चर्को ब्याजको ऋण लिएका हुन्छन । खर्च र आम्दानीवीचको असन्तुलन, ऋणको भार र त्यसले निम्त्याउने मानसिक तनाव आत्महत्यको मुख्य कारण देखिन्छ ।

जापानमा कार्यरत बिदेशी श्रमिकका लागि मानसिक स्वास्थ्य परामर्शको सुबिधा उपलब्ध छैन् । त्यस्ता केही स्वास्थ्य केन्द्रहरु त छन तर कम आम्दानी भएका श्रमिकले उनीहरुकेा महंगो सेवा उपभोग गर्न सक्दैनन् । मेडिकल इन्सुरेन्समा पनि मानसिक स्वास्थ्य परामर्शलाई समावेश गरिएको हुँदैन् । यस्ता कामदारमा अक्सर भाषाको समस्या हुन्छ, जसले गर्दा उनीहरु बिशेषज्ञसँग परामर्श गर्न सक्दैनन् । मानसिक स्वास्थ्य परामर्शबारे पर्याप्त जानकारी नहुनु पनि जापानमा बिदेशी श्रमिकवीच आत्महत्यको दर बढ्नुको मुख्य कारण हो ।

एकैछिन म छोटकरीमा बिद्यार्थीहरुले भोगिरहेका समस्याबारे पनि जानकारी गराउन चाहान्छु । बिदेशी बिद्यार्थीहरुले अन्य बिद्यार्थीले जस्तो तनाव त झेल्नुपर्छ नै त्यसबाहेक बिदेशी भूमिमा उनीहरुका लागि सान्त्वना दिने परिवार र साथीहरु पनि हुँदैनन् । बिदेशी भूमिमा एक्लो हुनुपर्दा उनीहरुले आफुलाई निकै कमजोर र हारेको महसुस गर्छन । संक्रमणकालिन अबस्थामा उनीहरुमा बढ्दै गएको तनावले टाउको दुख्ने, निद्रा नलाग्ने, पेट देख्ने लगायतका समस्या देखिन थाल्छन् । कतिपयमा डिप्रेसन देखिने र खानपानमा समेत असन्तुलन देखिन थाल्छ ।

जो बिद्यार्थीहरु कठिनाईसँग जुध्ने क्षमतामा कमजोर छन, उनीहरुले बिदेशी भूमिमा पढाई र जीवनशैली अंगिकार गर्न निकै कठिनाई भोग्ने गरेका छन् ।

जापानमा जति पनि जापानी भाषा बिद्यालय र प्राबिधिक शिक्षालयहरु छन, उनीहरुको ध्यान केवल पैसा कमाउनेमा मात्र छ । उदाहरणका लागि मैले क्युसुको भाषा स्कूलमा पढ्दा एक महिनाका लागि कोठाभाडा ६० हजार येन तिर्दथेँ । जव म टोक्यो सरेँ, यहाँ आएर पनि मैले त्योभन्दा ठूलो कोठा त्यति नै मूल्यमा पाइरहेको छु । वास्तवमा मैले नेपालबाट आउँदा कन्सल्टेन्सीमार्फत् कोठा भाडाको रकम दोब्बर तिरेको रहेछु ।

जापानमा बिदेशी बिद्यार्थीका लागि यी समस्या साझा हुन् । देख्दा यी समस्या सामान्यजस्ता लागे पनि कहिलेकाहीँ मानिसलाई दायराभन्दा बाहिर गएर सोच्न बाध्य पार्छ ।

जापानमा बिदेशी कामदार र बिद्यार्थीको मानसिक समस्या समाधानका लागि तत्कालै निम्न कदम चाल्नुपर्छ-

१. जापानी बिद्यालय र बिश्वबिद्यालयहरुमा मानसिक स्वास्थ्य परामर्श केन्द्र अनिवार्य राखिनुपर्दछ । त्यस्तै कामदारका लागि उनीहरुकै भाषामा मानसिक स्वास्थ्य परामर्श दिने सेवा सरकारकै तर्फबाट उपलब्ध हुनुपर्छ ।

२. उदाहरणका लागि जापानभरका महानगरपालिका र नगरपालिका कार्यालयका सिटी हलमा मानसिक स्वास्थ्य परामर्श सेवा राखिनुपर्छ ।

३. बिदेशी भूमिमा आइपर्न सक्ने सम्भावित मानसिक समस्याबारे पर्याप्त जानकारी दिइनुपर्छ र बिदेशीहरुका लागि उनीहरुकै भाषामा कुरा गर्न सक्ने हटलाइन सेवा स्थापना गरिनुपर्छ ।

४. बिदेशी बिद्यार्थी र कामदारले भोग्नुपरेका समस्याबारे नियमति अनुगमन गर्नुपर्छ र उनीहरुको अबस्थाबारे अनुसन्धान गरिनुपर्छ ।

५. रेष्टुरेन्टमा काम गर्ने कुकहरुको न्यूनतम तलव तोकिनुपर्छ । रेष्टुँरा संचालकहरुबाट हुने बदमासी नियन्त्रणका लागि नेपाली राजदूतावाससँग मिलेर काम गर्नुपर्छ ।

६. बिद्यार्थीका समस्याबारे भाषा बिद्यालय र प्राबिधिक शिक्षालयहरुको नियमित अनुगमन र सुपेरिवेक्षण गरिनु जरुरी छ ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s