लोग्ने मान्छे भएर रुनु हुदैन …..

लोग्ने मान्छे भएर रुनु हुदैन …..यो गीतले पुरुषहरु जन्म जात बलियो र कठोर मन भएका हुन्छन भन्ने आम मानिसको विचार लाई चित्रण गरेको छ | यस्तै चित्रणले गर्दा होला समाजमा पुरुष विरुद्धको हिंसाको बारेमा खासै चर्चा सुनिदैन | हुनत घरेलु हिंसा र पिडाबाट पिडित हुने महिलाको तुलनामा पुरुषको संख्या निकै कम छ | तर हिंसा यस्तो विषय हो जसमा तुलना हुनु हुदैन | हिंसा जुन रुप र जुन किसिमले आए पनि यसको निन्दा हुनु पर्छ | महिला हिंसाको समाचार हामी प्रत्येक दिन पत्रपत्रिकामा देख्छौ तर पुरुष हिंसाको बारेमा खासै चर्चा सुनिदैन | के पुरुषहरु हिंसाबाट पिडित छैनन् होला त?

राम थापा (नाम परिबर्तन) को घर स्थिति राम्रो थिएन / विवाह भएको २ वर्षमा छोरी पनि थपिए पछि अर्थिक अभाव लाई पूर्ति गर्न उनि मलेसिया गए / छोरीको भविष्य राम्रो होस् भनेर श्रीमती र छोरीलाई नेपालगंज बजारमा कोठा लिएर राखेका थिए | मलेसियाको कमाई सरदर उनले मासिक ३०-४० हजार बचाएर श्रीमतीलाई पठाउने गर्थे | ३ वर्ष मलेसिया बसेर बचाएको पैसाले नेपालगंजमा सानो तिनो व्यबसाय गर्ने उनको सपना थियो | ३ वर्षको बसाई सकेर जब उनि नेपाल फर्केर आए उनीलाई बल्ल थाहा भयो उनकी श्रीमतीले त २ वर्ष अघि नै अरु सित दोस्रो विवाह गरि सकेकी रहिछन | जब उनले श्रीमतीलाई भेटे उनिले ४ वर्षकि छोरी जिम्मा लगाएर आधा सम्पति लिएर सम्वन्धविच्छेदको बाटो समातिन | आफुले कमाएको पैसा फिर्ता नपाए पछि राम यति बेला छोरीलाई अरुको जिम्मामा छोडेर फेरी मलेसिया हिडेका छन |

जापानको प्रसिद्ध पत्रिका जापान टाइम्समा परदेशीहरुको मानसिक स्वस्थ समन्धी लेख छापिए पछि मलाई धेरै इमेलहरु आए ति इमेल मध्ये एकजना जापानमा बस्ने अमेरिकन पुरुषको इमेल मा उनले आफ्नो पिडा पोखेका थिए | जापानी महिलासंग विवाह गरेका उनले लगातार ५ वर्ष सम्म श्रीमती र ससुराले दिएको मानसिक र शारीरिक पिडाको बारेमा उल्लेख गरेका छन / जापानको कानुनी प्रक्रियाको जटिलता र त्यो जटिलतामा पर्दा आफ्नी छोरीसित अलग हुनु पर्ने अवस्था आउने डरका कारण उनले यो पारिवारिक हिंसा सहेर बसेको कुरा उल्लेख गरेका छन | हुँदाखाँदाको अमेरिकाको जागिर छोडेर छोरीको लागि जापानमा आएर बसेका उनले २ पेज लामो इमेलमा आफ्नो पिडा र सन्तान प्रतिको मोहको बारेमा उल्लेख गरेका छन |

विज्ञान (नाम परिबर्तन) खासै पढेका थिएनन् तसर्थ सामान्य व्यवसाय गरेर जीवन चलाउथे | घर परिवार को सल्लाहमा उनको एक जना निजि कार्यालयमा काम गर्ने केटि सित विवाह भयो | उनको व्यवसाय राम्रो थिएन तसर्थ उनको कमाई भन्दा श्रीमतीको कमाई बढी थियो | सुरुमा जीवन राम्रै चलेको थियो कहिले कहिँ श्रीमतीको मुखबाट रक्सिको गन्ध आएता पनि यसलाई उनले सामान्य रुपमा लिएका थिए तर पछि त्यो क्रम बढेर गयो | श्रीमतीको गर्भ रहेकोमा खुसि भएका उनि त्यति बेला झस्किए जब उनले थाहा नपाई श्रीमतीले गर्भपतन गराई सकेकी थिइन | पछि स्थिति झन् बिग्रेर गयो | राती ढिलो आउने , रक्सि खाएर आउने , थाहा नदिकन २/४ हराउने क्रम सुरु भयो | उनले स्थिति समाल्ने क्रममा काठमाडौँको एउटा नाम चलेको गैर सरकारी सस्था को सल्लाह लिए | त्यो सस्थामा दुबैलाई बोलाएर सम्झाउने प्रयास गरियो तर परिणाम उल्टो निस्कियो | मेरो सार्वजनिक बेज्जेत गर्ने भनेर उनि हिंसामा उत्रिन | केटा मान्छेले सम्बन्धविच्छेद गर्ने कुरा सारै लामो प्रक्रिया देखे पछि उनि बिरक्तिए र अध्यात्मक क्षेत्रमा उनको प्रवेश भयो | उनि आजकल योग गुरु भएका छन् | श्रीमती आजकल विदेशमा बस्छिन | पछिल्लो पटक मसंग कुरा हुदा उनले गुनासो पोखे न श्रीमती फर्कन्छिन न सम्वन्ध टुक्र्याउनेमा राजी छिन | बरु फोनबाट तैले बिहे गरे जेल हाल्छु भनेर धम्कि दिन्छिन |

पुरुष विरुद्धको हिंसाको पहिचान

पुरुष विरुद्धको हिंसा लाई शारीरिक र मानसिक हिंसा गरि विभाजन गरेर हेर्न सकिन्छ | पुरुष माथि हुने भौतिक रुपको हिंसालाई शारीरिक हिंसाको रुपमा लिन सकिन्छ | शारीरिक हिंसाको पहिचान सजिलो भएता पनि मानसिक हिंसाको पहिचान गर्न सजिलो छैन | सरली कृत रुपमा भन्नु पर्दा पुरुष मानसिक वा मनोबैज्ञानिक रुपमा आघात पुराउने हिंसालाई मानसिक हिंसाको रुपमा लिनु पर्छ | नेपालको परिप्रेक्षेमा भन्नुपर्दा कानुनले दिएको अधिकार लाई प्रयोग गरि दिने मानसिक हिंसालाई एउटा उधाहरणको रुपमा लिन सकिन्छ | यस बाहेक नामर्द , नपुंसक, जोइटिग्रे, हुत्तिहारा जस्ता शव्दको प्रयोगलाई पनि पुरुष विरुद्धको हिंसाको रुपमा लिन सकिन्छ | यस प्रकारको हिंसा सधै महिलाबाट नै हुनु पर्छ भन्ने छैन ,पुरुषले पुरुषलाई गर्ने हिंसा पनि पुरुष विरुद्धको हिंसा हो |

किन आउदैन पुरुष हिंसा हरु बाहिर ?

१. कानुनको जटिलता – नेपालमा महिलाको निम्ति सम्बन्धविच्छेदको प्रक्रिया जति सजिलो छ पुरुषको निम्ति त्यति सजिलो छैन | कानुनले महिलालाई दिएको कानुनी अधिकारको पक्ष पुरुषको भन्दा बलियो छ | कानुनले पुरुष हिंसाको बारेमा प्रस्ट उल्लेख गरेको छैन | पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्था मा गा. बि .स कार्यालयबाट सुरु गर्नु पर्ने हुन्छ | महिलाको हकमा भने त्यो लागु हुदैन | महिलालाई कानुनी रुपमा सहयोग गर्ने धेरै संघसंघठन भएता पनि पुरुषको हकमा भने सारै निम्न मात्र रहेका छन | महिलाले दायर गरेका मुद्दाहरुमा फैसलाहरु छिटो भएको तर पुरुषको हकमा भने एक वर्ष भन्दा बढी लाग्ने कुरा कानुन विदनै स्वीकार गर्छन |

२. पुरुष अहम र लोक लाज – नेपालमा पुरुष हरु सामाजिक रुपमा बलियो छन | महिलाहरु पुरुषको नियन्त्रणमा छन् भने आम मानसिकताका कारण म पत्नी पिडित छु र म पत्नीबाट हुने हिंसाबाट पिडित छु भन्न नेपाली पुरुष तयार हुदैनन | यसलाई पुरुष प्रधान समाजमा लोक लाज को रुपमा लिन सकिन्छ | समाजले पत्नीबाट नियन्त्रित पुरुष लाई जोइटिग्रे जस्ता शव्दले सम्वोधन गर्ने परिपाटीका कारण यस्ता घटनाहरु बाहिर आउन पाउदैनन |

३. छोरा छोरीसित टाढा हुनु पर्ने त्रास -पुरुष हिंसाका घटना बाहिर नआउनुमा अर्को कारण परिवारको बिखन्डन पश्चात छोरा छोरी सित अलग हुनु पर्ने डरलाई पनि लिन सकिन्छ | कानुनत : छोरा छोरीमा बाबुको भन्दा आमाको बढी हक लाग्ने भएकाले छोरा छोरीको मायाको कारणले पनि यस्ता घटना बाहिर आउन पाउदैनन |

४. पुरुष हिंसाको बारेमा जानकारीको अभाव- कस्तो प्रकारको हिंसालाई पुरुष विरुद्धको हिंसा भन्ने बारेमा चेतनाको अभाब मात्र होइन कानुनी रुपमा नै परिभाषा को अभाब छ | शारीरिक हिंसाको बारेमा केहि हद सम्मको चेतना भएता पनि धेरै पुरुष हरुमा मानसिक हिंसाको बारेमा जानकारी पाईदैन | हिंसा पहिचानको अभाबमा पनि धेरै पुरुष विरुद्धको हिंसा बाहिर आउन पाउदैन /

५. पुरुषलाई सजिलै दोष जान सक्ने सामाजिक वातावरण -नेपाली ग्रामिण क्षेत्रमा महिला हिंसाको विरुद्धका कार्यक्रम पुग्न नसकेता पनि सहरी क्षेत्रमा यस्ता कार्यक्रमहरु व्यापक रुपमा गरिने गरिन्छ | महिला हिंसाको बारेमा सहरी क्षेत्र यति धेरै संवेदनशील देखिछन् कि कुनै पनि घटनामा सजिलै पुरुषप्रति दोष जाने अवस्था छ | कुराको गम्भीरतामा नपसी सजिलै पुरुष नै सर्बमान्य दोषी हुनु पर्ने डरका कारण पनि यस्ता घटना बाहिर आउन पाउदैनन |

पुरुष विरुद्धको हिंसाको मानसिक प्रभाव

पुरुष विरुद्धको हिंसाबाट पिडित पुरुषहरु विभिन्न प्रकारका मानसिक बिचलनबाट पिडित हुन्छन | जस्तो कि आत्मा विश्वासको कमि , अनिन्द्रा,लज्जा बोध ,आफु दोषीको अनुभव गर्नु ,बेचैनी ,डर ,एक्लोपन र रित्तो पन ,रक्शि र लागु पदार्थको कुलत , टोलाउने, यौन अरुचि ,काममा अल्छि पन र काममा तल्लो स्तरको प्रदर्शन आदि | गम्भीर अवस्थामा अपराध गर्ने र आत्महत्याको बाटो रोज्ने गर्छन | पुरुष विरुद्धको हिंसाको मानसिक प्रभाव परिवारभित्र छोरा छोरीलाई पनि पर्दछ | यस्ता पुरुष विरुद्धको हिंसालाई नजिकबाट हेरेका बालकहरु पछि गएर हिंसा र बलात्कारका घटनामा संलग्न भनेको कुरा खोजले पुस्टि गरेको छ |

लैगिक समानता अपरिहार्य छ | धेरै मानिसहरुमा यसको बुझाईमा प्रस्टता पाईदैन | महिला अधिकार र महिला विरुद्धको हिंसा को नाराको अगाडी लैगिक समानताको सहि अर्थ छायामा परेको देखिन्छ | महिला हिंसा विरुद्धको लडाई र पुरुष हिंसा विरुद्धको लडाई एक अर्को विरुद्धको लडाई होइन | यो सिंगो हिंसा विरुद्धको लडाई हो | हिंसा सधै निन्दनीय छ तसर्थ यसको अन्त हुनु पर्छ |
( यो लेखमा व्यक्तिको परिचयलाइ नखुल्ने गरि ठाउँ र परिवेश पनि परिबर्तन गरिएको छ |)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s