असुरक्षित सुरक्षाकर्मी

निश्चित अनुशासन को घेरा भित्र रहेर कठोर तालिम र रात दिन नभनी गर्नु पर्ने जिम्बेबारीको कारण प्रहरीको जागिर सजिलो छैन/सिमित माथिल्लो पदमा बसेका र फाइदा लिन जानेका निश्चत प्रहरीको लागि यो रहरलाग्दो देखिए पनि अधिकांस प्रहरीको लागि यो जागिर जीवन यापन को एउटा माध्यम मात्र हो /अझ नेपालमा प्रहरी प्रतिको सम्मान निकै कम पाइन्न्छ/ सधै राज्यको पक्षमा हुनुपर्ने कारण प्रतेक आन्दोलन र बिरोध कार्यक्रममा पिल्सिने ति जवानहरु नै  हुन्छन/जसको कारण उनिहरुमा मनोबैज्ञानिक रुपमा नै आत्माविश्वास को कमि आउछ / २०६८ बैशाख देखि २०७० माघ सम्म मा २६ जना नेपाल प्रहरी ले आफ्नो जीवन आफैले लिएका छन् / यो वर्ष मात्र पनि माघ सम्म मा ५ जना ले आफ़्नो जीवन आफुले अन्त्य गरेका छन् / यो तथ्याकमा आत्महत्या प्रयास का घटना समाबेस गरिएको छैन / नेपाली सैनिक को तथ्याक उपलब्ध हुन सकेको छैन / पत्रपत्रिकाको समाचारको आधार मा भन्ने हो भने  सुरक्षाकर्मी को हरेक तहमा आत्महत्या समस्या बनेको छ /

समाचार १

महानगरीय प्रहरी वृत्त बालाजुको क्यूआरटी (क्विक रेस्पोन्स टिम) मा कार्यरत प्रहरी जवान राजेशरोक्काले आफ्नै पेस्तोललेछातीमागोलीहानी आत्महत्या गरेका छन् बिहीबार राति साढे ११ बजे कार्यालयको छतमा गएर आत्महत्या गरेका हुन्

समाचार २

नेपाल प्रहरीका डीएसपी वसन्तकुमारथापाले आत्महत्या गरेको भोलिपल्टै उनीसँग सम्बन्ध रहेकीएक महिला प्रहरीले पनि आत्महत्या गरेकी छन् / महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी पवित्राभट्टराईले आत्महत्या गरेकी हुन् ललितपुरको धोबीघाटस्थित डेरामाझुन्डिएकोअवस्थामा उनको शव फेला परेको ललितपुर परिसर प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले बताए।

यी समाचार केहि पत्रपत्रिकामा छापिएका समाचार हुन / माथि उल्लेख गरिएका प्रसङ्ग ले एउटा गम्भीर प्रश्न उब्जिञ्छ के हाम्रो सुरक्षा गर्ने जिम्मेबारी पाएका सुरक्षाकर्मी आफु चाही सुरक्षित छन् त ?नेपालमा किन यति धेरै सुरक्षाकर्मीले आत्महत्या गरि रहेका छन् भन्ने बिसयमा खासै अनुसन्धान प्रकासित नभएको अबस्थामा आत्महत्याका बिबिध पक्ष र अन्य मुलुकमा भएका अनुसन्धानको आधारमा केहि चर्चा गर्न प्रयास गरिएको छ /

के कारण हुन सक्छ ?

सुरक्षाकर्मी को पेशा लाई तुलनात्मक रुप अन्य पेशा भन्दा मानशिक दबाब बढी भएको कामको रुपमा लिने गरिन्छ / निश्चित अनुसन्धान को अभाब मा यसको निश्चित कारण हरु भन्नु असहज भएता पनि केहि मेरा सुरक्षाकर्मी साथी बिसयबिज्ञ सित को कुराकानी र मेरो बिसय ज्ञानको  आधारमा यसका सम्भावित  कारणहरु निम्न अनुसार हुनसक्छन /

  • मानसिक समस्या को पहिचान र उपचार को अभाब
  • पारिवारिक बिछोड र त्यस बाट उत्त्पन्न हुने पारिवारिक समस्या
  • द्वन्द पछिको प्रभाव
  • कठोर तालिम का बाबुजित उचित सम्मान र सामाजिक प्रतिष्ठा को अभाब
  • मनोबैज्ञानिक भावनात्मक आवेग नियन्त्रणको तालिमको अभाब
  • प्रहरी भित्र को संरचना को समस्या
  • कामको प्रकृति र शैली
  • मादक प्रदार्थको प्रयोग

यसलाई कसरि नियन्त्रण गर्न सकिन्छ ?

सुरक्षाकर्मी लाई दिइने तालिममा मानसिक स्वास्थ्य , आवेग ब्यबस्थापन जस्ता बिसय  समाबेस गर्नु पर्ने  देखिन्छ / यस्ता तालिम को प्रभाबकारिता को अध्ययन गरि समय समय मा पुर्न तालिम को ब्यस्बस्था गर्न आबस्यक देखिन्छ / उनि हरुको आत्मबिस्वासलाई उच्च रुपमा कायम राख्न पारिबारिक मिलन ,उच्चपदका व्यक्ति हरु ले कुरा र समस्या सुन्ने व्यवस्था गर्नु पर्ने देखिन्छ / सुरक्षाकर्मी को आत्मसम्मान लाइ समाज मा स्थापना गर्न विभिन्न आचरण सुधार  तालिम को ब्यस्बस्था जस्तै भाषा को प्रयोग , मादक प्रदार्थ र चुरोट को प्रयोग मा निषेध आदि को व्यवस्था गर्नु पर्ने देखिन्छ / भावनात्मक आत्म सुरक्षा प्रशिक्षण (Emotional self care training) सुरक्षा कर्मी को मानसिक सुरक्षा र आत्महत्या नियन्त्रण को लागि बिस्व मा प्रयोग हुदै आएको एउटा तालिम हो / हुन त यो तालिम अन्य क्षेत्र मा पनि दिन सकिन्छ तर यहाँ सुरक्षा कर्मी को लागि तयार गर्न सकिने यो तालिम को एउटा रुपरेखा प्रस्तुत गर्न खोजिएको छ /

  • सुरक्षा कर्मी लाई पर्न सक्ने संभावित मानशिक समस्या र यस समन्धी भ्रम निराकरण को तालिम
  • तनाब र आघात ब्यबस्थापन को तालिम
  • मनोविज्ञको संलग्नतामा दिर्घकालिन रुपमा आत्मविश्वास विकास  तालिम जस्तै जीवन को उदेस्य、अध्यात्म、सामाजिक उत्तरदायित्व 、स्वीकार गर्न सक्ने क्षमताको विकास आदि /
  • बार्षिक रुपमा मेन्टल हेल्थ परिक्षण
  • साथी र पारिवारिक सहयोग विकास तालिम जस्तै यसमा फेमिली थेरापी、 लागुपदार्थ र मादकप्रदार्थको सेवन नियन्त्रण जस्ता तालिमको व्यवस्था
  • समस्या ब्यबस्थापन सिपको विकास
  • नियमित रुप मा सल्लाह र सुझाब को लागि मनोविज्ञ को व्यवस्था

अन्त्यमा सबै को लागि मेरो अपिल,

नेपाल मा प्रतेक दिन ११ जना मानिसले आत्महत्या गर्छन /हामीले थाह नपाइकन यो समस्या हाम्रो समाज ,कार्य क्षेत्र अथवा हाम्रो घरमा आउन सक्छ /तपाईको प्रिय मान्छे कतै आत्महत्या गर्ने बिचार मा त छैन ? तपाईको सानो प्रयासले ठुलो परिबर्तन आउन सक्छ / आत्महत्या गर्ने मानिसले कुनै न कुनै रुपले तपाईलाई थाहदिन सक्छ त्यो अबस्त्था मा के गर्ने ?

  • स्थिर र सन्तुलित हुनु होस् /
  • आत्महत्या गर्ने विचार मन मा आएको छ कि?भनि सिधा रुप मा सोध्नु होस् /
  • समस्या सुन्नु होस् / गलत र सहि को निधान नगर्नु होस्/
  • निरन्तर निगरानी राख्नु होस् / एक्लै नछोडी दिनुहोस /
  • घर मा आत्माहत्या लाई सहज पर्ने कुरा हरु छन भने त्यसलाई हटाउनु होस्./
  • तुरुन्त मानसिक रोग बिसेसज्ञ अथवा परामर्स दाताको मा लग्नु होस् /
  • एकपल्ट आत्मा हत्या को प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ / तसर्त एकपल्ट आत्माहत्या टर्यो भनेर त्यो कुरा लाई सामान्य रुप मा नलिएर समस्या को निराकरण को लागि  बिज्ञ को सहयोग लिनु होस् /
  • आत्महत्या बाट रक्षा गर्ने सबै भन्दा ठुलो अस्त्र माया प्रेम हो / आफ्ना नजिक का मानिस को सधै प्रसंसा गर्नु होस् / उनि हरु लाई सुन्नु होस् /

सम्पर्क : bijay1019@gmail.com  copy right@ Bijay Gyawali, PhD

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s