विश्व बैंकले सन् २०१२ को अन्त्यमा गरेको अनुमानमा २१ करोड मानिसहरू अर्काको देशमा गएर काम गर्छन् र तिनले झन्डै साढे पाँच खर्ब अमेरिकी डलर बराबरको रकम आफ्नो देश पठाउँछन् । नेपाली कामदार ले पठाएको पैसा ले देश को कुल आम्दानीको २६ प्रतिसत धानेको तथ्यांक त सबैलाई कण्ठै छ । तर गम्भीर प्रकृतिको समस्याचाहिँ नेपाली कामदार भएका देशमा मात्र किन आउँछ ? उचित अध्ययन न सरकार न गैर आबसिय नेपाली न कुनै निकाय ले गरेको छ / अध्यारो मा झटारो हानेका भर मा हुने चर्चा ले नेपाली को बैदेशिक रोजगार धानेको छ / २०१३ साल मा विभिन्न स्रोत बाट जम्मा गरेका केहि तथ्याक लाई मैले यहाँ राखेको छु /तल प्रस्तुत गरिएको तथ्याकमा भारतमा भएका नेपाली कामदार को तथ्याङ्क समाबेस गरिएको छैन / भारतमा बर्सेनि सयौं नेपाली कामदारको मृत्यु हुने गरेको अनुमान गरिएको छ, जसको तथ्याङ्क सरकारसँग पनि छैन ।
स्रोत : बैदेशिक रोजगारी प्रबर्द्धन बोर्ड
रा.स .स