अकुपंचर चिकित्सा

-डा. विजय ज्ञवाली

परम्परागत चिनियाँ उपचारको एउटा अंशको रुपमा चीनबाट सुरु भएको अकुपंचर चिकित्साको सामान्य तवरबाट परिचय खोज्दै जाने हो भने यो दुईवटा ल्याटिन शब्दको संयोजनबाट बनेको छ | अकु (ACU) अर्थात् तिखो र पंचर ( Puncture ) अर्थात् घोचाई, यस अर्थमा तिखो घोचाई अकुपंचरको साधारण अर्थ हो | विश्वमा अकुपंचरको सुरुवात कसरी भयो भन्ने कुरामा बेग्ला बेग्लै मत मात्र नभएर एक प्रकारको अन्योल नै छ | अकुपंचर चिकित्साको सुरुवातसंग केहि भनाइहरु पनि जोडिएका छन् | अकुपंचरसंग जोडिएका ती भनाइहरु अनुसार तीन जना पौराणिक सम्राटहरु क्रमश: Sheng Nung , Huang Di र Fu Hsi अकुपंचर चिकित्साका जन्मदाता मानिन्छन | तिनै सम्राटहरु मध्य Huang Di (The Yellow Emperior ) ले २६९७ B C मा एउटा पुस्तक लेखेका छन् | उक्त पौराणिक पुस्तकको नाम Huang Di Nei Jing (The Yellow Emperor Classic of Internal Medicine ) हो |

10334253_10203691696283757_7940506613447679405_n

अकुपंचर चिकित्सा विज्ञानको अर्थमा भन्नुपर्दा हाम्रो शरीरमा एक प्रकारको जीवन शक्ति (Qi ) उच्चारण ( चि ) प्रवाहित भै रहेको हुन्छ | त्यो प्रवाहित जीवन शक्तिको एउटा निश्चित मार्ग हुन्छ | जुन मार्ग वा बाटोलाई शक्ति मार्ग ( Energy Pathway ) भनिन्छ | ती शक्ति प्रवाहित हुने मार्गमा ठाउँ- ठाउँमा शक्ति केन्द्रित हुन्छन | ती शक्ति केन्द्र अर्थात् बिन्दुलाई अकुपंचर विन्दु (Acupuncture Points ) छोटकरीमा (Acu Points ) भनिन्छ | ती अकुपंचर विन्दुहरुमा स-साना मसिना विशेष विशेषता युक्त सियो (Acupuncture Needles ) गाडेर गरिने उपचारलाई अचुपंचर उपचार भनिन्छ | अकुपंचरमा प्रयोग गरिने सियोहरु विशेष किसिमका हुन्छन | ती सियोहरुलाई हाम्रो शरीरमा गाडी निश्चित तरिका (Manipulation ) गर्दा एक प्रकारको उत्तेजनाको विकास हुन गई हाम्रो शरीरमा रहेका अकुपंचर विन्दुमा निहित शक्तिको सुचारु संचालन हुन जान्छ |अकुपंचर गर्दा निश्चित रोगको लागि निश्चित विन्दुहरू तोकिएको हुन्छ | चिकित्सकले सधैं बढी प्रभावकारी विन्दुहरुको छनौट गर्न सक्नु पर्दछ | तसर्थ अकुपंचर चिकित्सकको कुशलतामा पनि यो छनौट भर पर्छ | यस अर्थमा अकुपंचर एउटा चिकित्सा मात्र नभएर जीवनलाई सन्तुलित पार्ने कला पनि हो | विरामीको शरीर एउटा क्यानभास हो जसमा चिकित्सकले आफ्नो कला देखाउन सक्नु पर्छ | अकुपंचर चिकित्साको सिद्दान्तमा प्रष्ट रुपमा भनिएको छ – स्वास्थ्य जीवन भनेको हाम्रो शरीरमा अवस्थित शक्तिहरुको सन्तुलन हो | जबसम्म त्यो सन्तुलन कायम रहन्छ तबसम्म कुनै रोगले आक्रमण गर्न सक्दैन | तर जब शक्तिमा सन्तुलन बिग्रिन थाल्छ तब विभिन्न रोगको उत्पति हुन्छ | तसर्थ अकुपंचर चिकित्साको मूल उदेश्य भनेको हाम्रो शरीरमा निहित शक्ति शक्तिमा सन्तुलन ल्याउनु हो | शक्तिमा सन्तुलन त्यतिबेला सम्भव हुन्छ जतिबेला चिकित्सक रोगको निदान देखि उपचारसम्म आफ्नो कलालाई सहि रुपमा प्रदर्शन गर्न सक्षम हुन्छ |

Acupuncture

अकुपंचर चिकित्सा परम्परागत चिनियाँ चिकित्साको एउटा महत्वपुर्ण अंश हो | जुन रोगको उपचार गर्नको लागि मात्र नभएर रोकथाम गर्नको निम्ति पनि उत्तिकै प्रभावकारी मानिन्छ | अकुपंचरलाई रोग लागि सके पछि गर्ने उपचारको रुपमा मात्र नभएर रोगको रोकथामको एउटा सशक्त मध्यम को रुपमा पनि लिनु जरुरि छ | अकुपंचर चिकित्साले मानव शरीर भित्र रहेको रोग प्रतिरोधात्मक शक्ति ( Anti Pathogenic Energy -Qi ) लाई कृयाशील मात्र होइन, बढाउने कम पनि गर्छ | विभिन्न अनुशन्धानबाट यो कुरा प्रष्ट भै सकेको छ | तसर्थ समष्टिगत रुपमा भन्नु पर्दा अकुपंचर चिकित्सा रोग लागि सके पछि गर्ने उपचार मात्र नभएर रोग रोकथाम को उपाय पनि हो | यो अकुपंचर उपचारमा खास-खास बिन्दूहरुमा मसिनो सियो घोचेर विभिन्न रोगको रोकथाम र उपचार गरिन्छ | हाल आएर यो चिकित्सा साधारण रोगमा मात्र नभएर विभिन्न जटिल शल्यक्रिया हरुमा लठ्याउने मध्यम को रुपमा पनि प्रयोग हुँदै आएको छ | यसै गरि आधुनिक औषधि बिज्ञान द्वारा असम्भव वा निको पार्न गार्हो भएका कतिपय रोग हरुमा समेत यो उपचार विधि अत्यन्त उपयोगी सिद्द भएको छ | कुनै खराब असर नभएको भरपर्दो सस्तो सुरक्षित तथा धेरै रोग हरुमा उपयोग गर्न सकिने हुनाले अकुपंचर सशक्त बैकल्पिक उपचार पद्दति का रुपमा विकास हुँदै आएको छ |

(बि .स . २०६0 सालमा प्रकासित मेरो पहिलो पुस्तक अकुपंचर चिकित्साबाट साभार )

acupuncture_benifits_s1

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s