युवा पुस्ताप्रतिको प्रचलित दृष्टिकोण र परिणामहरु

जानुका ज्ञवाली

रिसर्च बिद्यार्थी(जापान)

युवा देशका खम्बा हुन्, देश विकासका संवाहक हुन् र राष्ट्र निर्माणका अभियन्ता , कुनै पनि देशको चौतर्फी बिकासमा युवा पुस्ताको प्रत्यक्ष सम्बन्ध र हात हुन्छ / युवा पिंढीको अगुवाई र कदम बिना रचनात्मक र विकासशील कार्य अघि बढाउँन असम्भव जस्तै हुन्छ / तर यति हुँदा हुँदै पनि आजका युवा पुस्ता आफ्नो परिवार, समाज र देशको कार्यभार सम्हाल्न सक्षम छन् कि छैनन् भन्ने कुरामा जनचासो बढ्न थालेको छ / युवा पुस्ताको चौतर्फी विकासको कुरालाई लिएर अनुसन्धानात्मक कार्य हुन लागेको छ र प्रश्न चिन्ह उठ्न लागेको छ कि साञ्चै आजका युवा पिंढी सम्पूर्ण रुपमा सक्षम र निपुर्ण छन् त भन्ने कुरामा /

 

हालै गरिएका सर्भेक्षण हरुले क देखाएको छ भने विस्वमा अहिले युवा हरुमा एक्लोपन को बढ्दो प्रथा संगै विभिन्न मानसिक समस्याहरु पनि देखिन लागेका छन् / सन् २००४ मा हिकी ले गरेको सर्भेक्षण अनुसार ७५ पर्सेन्ट जटिल मानसिक समस्या १५-२५ वर्षको उमेरमा देखा पर्दछ / यदि उक्त समय मा बेलैमा उपचार तथा परामर्शमा जाने हो भने त्यस्तो समस्या निराकरण हुन सक्छ तर त्यति बेला नै बेवास्ता गरेको खण्डमा मानसिक समस्याले जटिल रुप लिन सक्छ /

युवा हरुमा धेरै समस्या देखिनुको प्रमुख कारण बयस्क अवस्थामा परिवार, समुदाय र उक्त व्यक्ति संग प्रत्यक्ष सरोकार राख्ने मध्यम हरुको निगरानीको अभाब हो / अर्को तिर आजको विस्वलाई नियालेर हेर्दा बालबालिका, बृद्ध, महिला र अपांगता भएका व्यक्ति हरुलाई मात्र लक्षित गरि योजना तर्जुमा र कार्यन्वयन गर्ने गरेको देखिन्छ / जसको कारण युबाहरुको समस्या ओझेलमा परेको अवस्था छ / जति पनि दात्री निकाय र संघ संस्था ले लगानी गरि रहेका छन् ति लगानीले युवाहरुको हक हितमा खासै ध्यान दिएको पाईदैन / उदाहरण को लागि संयुक्त राष्ट्र संघ र यस अन्तर्गतका अन्य संस्था हरुलाई लिन सकिन्छ जसमा महिला, बालबालिका, मानव अधिकारका क्षत्रमा काम गर्ने छुट्टा छुट्टै संस्था हरु स्थापना गरिएको छ भने युवा को क्षत्र मा काम गर्ने बिरलै पाइन्छ / तसर्थ , सरसर्ती हेर्दा युवा र युबाहरुको मुद्धा लाई वेवास्ता गरेको देखिन्छ /

 

नेपालको सन्धर्भ मा हेर्ने हो भने पनि देशका दक्ष जनसक्ति को लागि र उनीहरुको हक हितमा खासै पहल भएको देखिंदैन / बेरोजगारको बिकराल समस्याको कारण सबै युवा शक्ति बिदेसिनु परेको स्थिति ले पनि प्रमाणित गर्छ युवा हरुको अवस्थालाई / आफ्नो देशमा व्यावहारिक शिक्षा को अभाब, रोजगारीका अवसरको कमि र राजनीतिक अराजकताको कारण शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवस्यकता बाट पनि वन्चित हुनु पारेको अवस्था छ / देशको माथिल्लो तहमा रहेका देश निर्माणका अगुवा र निर्णय कर्ता हरुको ध्यानाकर्षण राष्ट्र निर्माण भएको पाईदैन / यदि व्याहारिक शिक्षा, रोजगारका अवसरहरुमा वृद्धि गर्ने हो भने देशका सृजनशील युबाहरु रोजगारीको लागि अरु देशमा भौंतारिनु पर्ने थिएन / एकातिर बेरोजगारीको बिकराल समस्या र अर्कोतिर दिन दिने बढ्दै गएको महंगीको कारण मानिसहरुको जीवन कष्टकर बन्नुको साथै उनीहरुमा विभिन्न किसिमको मानसिक समस्या हरु पनि देखिन थालेका छन् र यो क्रम दिनानुदिन बढ्दै गई रहेको छ / तसर्थ, यस्ता समस्या हरुको निराकरण मा बेलैमा ध्यान नदिने हो भने भविष्यका देश निर्माण का संवाहक हरुको स्थिति भयावह हुने कुरालाई नकार्न सकिदैन/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s