एस .एल .सी लाई आत्महत्या शुन्य पार्न सबै ले पहल गरौ

-डा. विजय ज्ञवाली

क्लिनिकल मनोबिज्ञ

प्रतेक वर्ष जस्तै यो वर्ष पनि को नतिजा आउने समय भएको छ | कुनै आस्चर्य जनक परिणाम को अपेक्षा नगर्ने हो भने यो वर्ष नि लगभग ४०- ५० प्रतिसत बिद्यार्थी लाई उतिर्ण र बाकी लाई अनुतिर्ण को घोसणा गरिनेछ | उतिर्ण बिद्यार्थी का फोटो लाई माध्यम बनाएर फेरी स्कूल हरु बिज्ञापन छाप्ने छन् | प्रतिसत लाई आधार बनाएर कलेज हरु ले भर्ना मा छुट को घोसणा गर्ने छन् | सर्बोतम नतिजा लिएर आउने बिद्यार्थी का आमा बुवा ले सामाजिक संजाल मा अबिर ले सजिएका छोरा छोरी माथि गर्व का सब्द लेख्नेछन् | यी सब घटना का परिदृश्य बिच नतिजा कै कारण फेरी हामी ले हाम्रा होनहार युवा बिद्यार्थी लाई गुमाउने छौ | यो क्रम बर्सौ देखि चलि रहेको छ | तर यसलाई रोक्न हामी सित कुनै योजना र तयारी छैन | १० कक्षा उतिर्ण गरेर ११ मा जाने बाहेक यो परीक्षा को कुनै औचित्य छैन / बिगत ३ वर्ष को एस एल सी परिणाम लाई हेर्ने हो भने लगभग १५ जना भन्दा बढी ले नतिजा कै कारण जीवन गुमाएको समाचार पत्रपत्रिका मा आएको छ | यो सख्या अझ बढी हुन सक्छ |यस बाट उनि हरु मा परेको मानसिक आघात र तनाब को त कुनै लेखाजोखा छैन |

धेरैजसो बिधार्थीहरुले आफ़्ना अभिभावकको आशामा खरो नउत्रिदा सामाजिक दबाब र आफु प्रतिको हिनताबोध बाट टाढा हुनको लागि पनि आफ्नो जीवनको अन्त्य गर्ने गरेको देखिन्छ | एस. एल. सी. सामाजिक प्रतिष्ठाको रुपमा प्रचारित भएको छ | मिडियाले एस. एल. सी. लाई दिने उच्च प्राथमिकता र केहि व्यसायिक शैक्षिक संस्थाले सिर्जना गरेको अनावस्यक डरका कारण बिधार्थीमा अनावस्यक दबाब सिर्जना भएको छ | अभिभावक स्वयम ले पनि एस. एल. सी. लाई प्रतिष्ठाको रुपमा लिइदिंदा   अबोध बालबालिका हरुले कठोर निर्णय लिनु पर्ने वातावरण बढाई दिएको छ |

यति बेला हामी अभिभाबकहरु एस. एल. सी. को नतिजाको प्रतिक्षामा छौ | यो अवस्था मा सम्बन्धित निकायले केहि गर्ला भनेर उनिहरुको मुख ताकेर बस्नु भन्दा हामीले नै हाम्रा छोरा छोरी को जीवन रक्षा को लागि केहि कदम चाल्नु पर्ने देखिन्छ |यसको लागि हामी ले सर्ब प्रथम हाम्रा बिर्धार्थी को मन बाट एस . एल .सी . को भुत लाई हटाउनु पर्छ | सम्भावित नतिजा को लागि हाम्रा छोरा छोरीलाई तयार गरौ | जुन सुकै परिणाम आए पनि उनि हरु लाई हतोत्साही नपारी अर्को पल्ट को राम्रो हुने कुरा मा बिस्वस्त पारौ |उनीहरु मा आफ़्नो इच्छा आकांक्षा लाई नथोपरौ | नतिजा कै कारण गाली गर्ने ,सार्बजनिक रुपमा लज्जित पार्ने नगरौ |एस . एल .सी. परिणाम लाई बिजनेस रुप मा प्रयोग गर्ने स्कूल र कलेज लाई निरुत्साही गरौ |

 

यति गर्दा गर्दै पनि यदि हाम्रा छोराछोरीले निराशा पूर्ण कुरा गरे र तपाई लाई अप्रिय निर्णय को डर छ भने आफै ले केहि पहल गर्नुपर्छ |

-स्थिर र सन्तुलित हुनु होस् |

-आत्महत्या गर्ने विचार मनमा आएको छ कि?भनि सिधा रुपमा सोध्नु होस् |

-समस्या सुन्नु होस् / गलत र सहिको निधान नगर्नु होस् |

-निरन्तर निगरानी राख्नुहोस् / एक्लै नछोडी दिनुहोस |

-घरमा आत्माहत्या लाई सहज पर्ने कुराहरु छन भने त्यसलाई हटाउनु होस्.|

-तुरुन्त मानसिक रोग विशेषज्ञ अथवा परामर्श दाताकोमा लानु होस् |

-एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ / तसर्त एकपल्ट आत्माहत्या टर्यो भनेर त्यो कुरा लाई सामान्य रुपमा नलिएर समस्याको निराकरणको लागि बिज्ञको सहयोग लिनु होस् |

-आत्महत्या बाट रक्षा गर्ने सबै भन्दा ठुलो अस्त्र माया प्रेम हो | आफ्ना नजिकका मानिसको सधै प्रसंसा गर्नु होस् | उनिहरुलाई सुन्नु होस् |

-त्यस्तो अवस्था मा गाली गर्ने , उसको कुरा सुन्न छोडेर आफ्नो अर्ति उपदेश दिने नगर्नुहोस | धर्य गरेर उसको कुरा सुन्नुहोस | सल्लाह मागेको खण्डमा उसको विचार लाई सम्मान दिएर सकारात्मक रुपमा आशाको कुरा गर्नुहोस |

 

 

एस. एल. सी. परिणाम आउन लागेको यो परिस्थिति मा यदि सबै ले प्रयास गर्ने हो भने परिणाम कै कारण ले हुने आत्महत्या लाई नियन्त्रण गर्न सकिन्छ | यो पल्ट को एस .एल .सी लाई आत्महत्या शुन्य पार्न सबै ले पहल गरौ |

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s