छात्राहरुको आत्महत्या रोक्न लौन केहि गरौ

एस .एल .सी लाई हामीले सामाजिक प्रतिष्ठाको विषय बनाएका छौं | पत्रपत्रिकाले यसलाई दिने महत्त्व आस्चर्य जनक छ | प्लस २ को प्रयोजनमा एस. एल. सी. को रिजल्टलाई अनलाइन दिने र पास भएका बिद्यार्थीको फोन नम्बर संकलन गर्ने परिपाटीको सुरुवात भएको छ | एकातिर शिक्षालाई व्यवसाय बनाएका केहि व्यवसायीले सिर्जना गरेको हाउगुजी र अर्को तर्फ़ एस .एल .सी लाई प्रतिष्ठाको विषय बनाउने अविभावकको मारमा हाम्रा बालबालिकाहरु परेका छन् | विश्वविद्यालयमा सर्वोत्कृष्ठ हुनेको यहाँ चर्चा हुदैन | तर एस .एल .सी . मा सर्वोत्कृष्ठ हुनेको व्यापक खोजि हुन्छ | किनकि यो व्यवसाय प्रचार तथा प्रबर्धन गतिलो माध्यम भएको छ |

बालबालिकालाई दिइने दबाबको नतिजाको बारेमा नसोची अविभावकले छोराछोरी परीक्षा उत्तीर्ण गर्नुपर्ने दबाब दिएका हुन्छन् । विद्यालयहरुले पनि सत् प्रतिसत नतिजाको लागि बिद्यार्थीलाई दबाबको सिर्जना गर्छन | ती शब्दले विद्यार्थी परीक्षा तयारीको क्रममा नै विक्षिप्त भइसकेका छन् । परिक्षाफल आउँछ त्यसपछि असफल भएको खबर पाएलगत्तै विद्यार्थीले आत्महत्या गर्छन ।

मैले गत वर्ष संकलन गरेका आत्महत्याको घटनामा १० जना बिद्यार्थी मध्ये ९ जना छात्रा थिए | यसपल्टको घटनामा अहिले सम्मको विवरण मा ८ जना ले आत्महत्या गरेको मा ७ जना छात्रा रहेका छन् |त्यसै पनि छोरीहरुलाई उचित शिक्षाको अवसर नदिने हाम्रो समाजमा यसरी छात्राहरुले नतिजा कै कारण आत्महत्या गर्नु आफैमा दुर्भाग्यपूर्ण छ | यसरी छात्राहरुको आत्महत्या बढ्नु अनुसन्धानको विषय हुन सक्छ | मनोविज्ञानका अनुसार खास गरी महिला विद्यार्थी धेरै संवेदनशिल, कोमल हृदयका हुन्छन् र छिट्टै विचलित हुन्छ र तीव्र रूपमा निर्णय गर्ने गर्छन ।

यति बेला सम्म यो विषयमा सरकार मौन छ | शिक्षा मन्त्रालय पनि समस्याको समाधान खोज्नु भन्दा   ‘ग्रेष मार्क’ को व्यवस्था गरेर उतिर्ण सख्या बढाउन लागेको छ | त्यो पक्कै पनि समस्याको समाधान होइन | अन्तर्राष्ट्रिय शैक्षिक कार्य तालिकालाई हेर्ने हो भने एकेडेमिक रुपमा एस.एल.सी.को कुनै विशेष औचित्य छैन। औचित्यहीन एस.एल.सी.ले आवश्यकभन्दा बढी महत्त्व पाउँदा हामीले हरेक वर्ष हाम्रा बालबालिका गुमाउदै आएका छौँ। यसको तत्काल अन्त्य हुन आवस्यक छ। नेपाल सरकारले एस.एल,सी. बोर्डलाई हटाई उच्च माध्यमिक शिक्षा परिषद्मा परिणत गर्ने भनिए तापनि अझैसम्म यो प्रक्रिया कार्यान्वयन नहुँदा विद्यार्थीहरुमा फलामको ढोका भनिने एसएलसी परीक्षाले सँधै एक किसिमको डर र त्रासको वातावरण सिर्जना गरिदिने गरेको छ / जसको कारण विद्यार्थीहरुको मनोविज्ञानमा समेत विचलन आउनुको साथै आत्महत्या जस्तो गम्भीर समस्या आउने गरेको कुरा अवगत हुँदाहुँदै पनि शिक्षा मन्त्रालय र सरोकार राख्ने अभिभावक र अन्य संघ संस्थाहरुले कुनै कदम चालेको देखिँदैन। राजनीतिक घटनाहरुमा तुरुन्त नेपाल बन्द र आन्दोलनको घोषणा गर्ने विद्यार्थी संगठनहरुले पनि लाखौँ विद्यार्थीको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने यो विषयमा कुनै कदम चालेको देखिँदैन।

हामी यो पटक पनि असफल भएका छौ | परिक्षामा अनुतिर्ण भएकै कारण आफुलाई समाप्त पार्नु पर्ने वातावरण को सिर्जना हाम्रो देशमा भएको शिक्षा नीति र त्यसलाई कार्यान्वयन गर्ने शिक्षक, अभिवावकले गरेको हो /   एस. एल. सी. मा फेल भएको कारण आत्महत्या गर्न बाध्य भएका विद्यार्थीले आफ्नो समस्याको समाधान मात्र गरेनन, देशको शिक्षा नीति र पठन पठन गराउने शैलीलाई पनि गलत सावित गरेका छन् / जुन प्रत्यक्ष अप्रत्यक्ष रुपमा विद्यालयको असफलता हो जसले विद्यार्थी हरुलाई सहि मार्गदर्शन दिन सकेनन /

तसर्थ, आगामी दिनहरुमा यस्ता समस्याहरुको निराकरण गर्न र एस. एल. सी. को कारण सिर्जित आत्महत्या जस्तो समस्यालाई रोक्न सम्बन्धित निकायले सोच्नु आवस्यक छ / मुलत बिद्यालय, घरपरिवार र शिक्षकको भूमिकालाई मध्यनजर गरि एस. एल. सी. प्रति अनावश्यक राखिएको हुइम र महत्त्वलाई कम र अनुसाशित गर्नु आवस्यक छ / एस. एल. सी. प्रति राखिएको महत्त्वका साथै यसको वास्तविकता बारेमा पनि बिद्यार्थी हरुलाई ज्ञान दिनु जरुरि छ/   शिक्षकले पनि कक्षामा राम्रो शिक्षा दिनुपर्छ ।साथ साथै सफलता र असफलता लाई आत्मसात गर्न बिधार्थी लाई सिकाउने गर्नु पर्छ| मान्छेलाई सचेत र सकारात्मक बाटोमा लाग्न प्रेरित गरि विद्यार्थीलाई चिन्तित र निरास पार्ने कामलाई मध्यनजर गर्न र यथोचित कार्यन्वयन गर्न सबैले पहल गर्नु पर्छ / अनि मात्र आउँदा दिनहरुमा परिक्षामा अनुतिर्ण भएकै कारण बिद्यार्थीले जीवन गुमाउनु पर्ने अवस्थाको सिर्जना हुने छैन भन्ने कुरामा विश्वास राख्न सकिन्छ /

साभार :nepal sandesh.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s