मनमा अशान्ति : डिप्रेसन

बिदेशी भुमिमा हुने मानसिक समस्याहरुमा डिप्रेसन प्रमुख समस्या हो / आफ्ना परिवार इष्ट- मित्रहरु संग टाढा भए पछि मनमा उदासीपन आउनु स्वाभाविक भएतापनि लामो समय सम्म यो उदासी रही रह्यो भने यसले गंभीर परिणाम ल्याउन सक्छ / सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा हामी लाई धेरै सताउने रोग मध्येमा डिप्रेसन चौथो भएको तथ्य पत्ता लागेको थियो जुन सन् २०२० सम्ममा दोस्रो हुने अनुमान गरिएको छ । विश्वमा झन्डै ३४ करोड मानिस डिप्रेसनको सिकार भएका छन्। गरबि तथा विकासोन्मुख राष्ट्रमा भन्दा विकसित राष्ट्रमा, गाउँभन्दा सहरमा, अशिक्षितभन्दा शिक्षित समूहमा तथा द्वन्द्वग्रस्त मुलुकहरूमा डिप्रेसनको मात्रा बढ्दो छ। तर यो गरीबको मात्र नभएर धनी पनि समस्या हो , अमेरकिाजस्तो विकसित राष्ट्रमा त वाषिर्क दुई करोडभन्दा बढी मानिस डिप्रेसनको सिकार भइरहेका छन्। युरोप, अस्ट्रेलिया, अफ्रीका तथा एसियामा पनि डिप्रेसनको प्रभाव अत्यधिक रहेको छ। नेसनल इन्सटिचिउट अफ मेन्टल हेल्थ अमेरकिाको तथ्यांक अनुसार, अमेरिकामा प्रत्येक चार जना प्रौढहरूमध्ये एक जना डिप्रेसनले ग्रस्त छन्। त्यस्तै, दीर्घ डिप्रेसनलाइ आत्महत्याको प्रमुख कारण मानिएको छ / आत्महत्याबाट जीवन अन्त्य गर्ने मध्ये ६० प्रतिसतलाई डिप्रेसन भएको पाइएको छ ।यसै गरि डिप्रेसन भएका ३० % ले आत्महत्याको प्रयास गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ /एक अध्ययन अनुसार, पाकिस्तानको सहरी क्षेत्रमा ४५.९ प्रतिशत, बंगलादेशको ग्रामीण क्षेत्रमा २९ प्रतिशत, भारतमा १५.१ देखि २५ प्रतिशत तथा नेपालमा ३० प्रतिशतमा कुनै न कुनै रूपको डिप्रेसन छ। रोग पहिचान नै नहनु, डिप्रेसनलाई नातागत या अन्य रोगहरू मानी सही उपचार नहनु र डिप्रेसन भनेर भनरे पहिचान भए तापनि उचित समयावधिसम्म उपचार नहुनुले यसको जटिलता झन बढेको हो/ डिप्रेसनले मनिसलाई असक्त बनाउछ ,   आशा, शक्ति र क्षमतालाई ध्वस्त पार्छ। जसले गर्दा प्रभावित व्यक्तिलाई असहाय, निराश, डर, ग्लानि तथा दिक्दारीले प्रताडित गर्छ। उसलाई आफ्नो जीवन निरर्थक लाग्न थाल्दछ । डिप्रेसनको बादलले छोपेपछि नकारात्मक तथा निराशावादी सोचले पीडाबाट मुक्ति पाउन मानिसले आत्महत्यासम्मको बाटो रोज्छ। जब ऊ आफैँद्वारा सिर्जित समस्याको जालोभित्र फस्छ, त्यसपछि आत्महत्याबाहेक कुनै विकल्प देख्दैन। यहाँनिर महत्वपुर्ण कुरा के छ भने आत्महत्या गर्न खोज्ने अधिकांश मान्छेहरू मर्न चाहँदैनन्, केवल पीडाबाट मुक्ति चाहन्छन्।उनि हरुले पिडाबाट मुक्तिको लागि त्यो बाटो रोजेका हुन्छन /

 डिप्रेसनका लक्षणहरु

१) मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।

२ ). खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने , एक्लै वस्न रुचाउने।।

३) निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने, झर्को लाग्ने, दिक्क मान्ने

४) भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।

५) टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।

६) केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।

७) धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

८) भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने।

९) शंका लाग्ने र कानमा आवाज आउने पनि कसैकसैमा पाइन्छ ।

माथि उल्लेख गरिएका लक्षणहरु मध्ये ३ वा त्यो भन्दा बढी लक्षण यदि लगातार २ हप्ता अथवा त्यो भन्दा बढी समय सम्म देखियो भने यसलाई डिप्रेसन भन्न सकिन्छ।

डिप्रेसन का कारण

 डिप्रेसन विभिन्न कारणले पैदा हुन्छ, जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, मनोगत तथा समाजिक कारणहरूले पैदा हुने भए तापनि अधिकांश डिप्रेसनको जड भनेको जीवनमा घटेको तनावपूर्ण तथा हृदयविदारक घटना नै हो । डिप्रेसनका विविद कारण मध्ये मनोविज्ञान संग सम्बन्धित रहेर यसको चर्चा गर्ने प्रयास गरिएको छ / बिदेशी भुमिमा हुने डिप्रेसनको कारण लाई पनि मध्यनज़र गरेर यहाँ डिप्रेसनको कारण लाई तिन वर्गमा बिभाजन गरेर चर्चा गर्ने प्रयास गरिएको छ /

 क) आनुवंशिक र पारिवारिक कारण

– परिवारमा डिप्रेसनबाट पिडित व्यक्ति हुनु

– केटा केटि अवस्थामा कुनै पनि प्रकारको दबाब ,ट्रउमा ,हिंसाबाट पिडित भएको अवस्था

ख ) जीवन घटना

१) परिवारमा कसैको निधन हुनु वा बिरामी हुनु

२)सम्बन्धको समाप्ति ,वियोग ,धोका

३) दुर्घटना ,ट्रउमा ,हिंसा ,ज्यान जान सक्ने सम्मको घटना

४) आर्थिक समस्या अथवा बेरोजगारी समस्या

५ ) पुरानो वा जिर्ण रोगि हुनु

६ ) बिद्यालय ,यूनिवर्सिटी ,कार्यस्थलको तनाब आदि /

ग )जीवन सैली

१ )जाड रक्सि अथवा अन्य लागु पदार्थ को आत्यधिक प्रयोग

२)प्रयाप्त नसुत्नु

३)उचित खानपान नहुनु

४) सामाजिक एक्लोपन

डिप्रेसन को उपचार

 आरोन बेक ले प्रतिपादन गरेको कग्निटिभ मोडलका अनुसार डिप्रेसनको प्रमुख कारण भनेको नै मानिसको सोच हो । उनको खोज अनुसार मनिशमा आउने नकारात्मक विचार र अप्रासंगिक सोच नै डिप्रेसनको प्रमुख कारण हो || उनले प्रतिपादन गरेको सिबिटी (कग्निटिभ बिहाभियर थेरापी) पछिल्लो समयमा प्रयोगमा भएको साइको थेरापीमा धेरै प्रभाबकारी मानिएको छ।तर गम्भीर अवस्था को डिप्रेसनमा औसधिको प्रयोग गर्नुपर्ने हुन्छ |यसै गरि कतिपय अवस्थामा औसधि र परामर्स दुवैको प्रयोग गर्नुपर्ने हुन्छ | बिदेशी भुमिमा हुने अधिकांस डिप्रेसन जीवन सैली का कारण हुनछन् |तसर्थ आफ़्नो जीवन सैली मा केहि परिबर्तन गर्न सकियो भने यो समस्या बाट मुक्ति पाउन सकिन्छ |

 

डिप्रेसन बाट बच्न व्यक्ति स्वयम्ले अपनाउन सक्ने उपायहरु:

o   आफुलाई जुन काम गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ त्यो गर्नुहोस जस्तै घुम्न जाने,   साथी संग समय बिताउने, परिवार संग घुलमिल हुने आदि /

o   सकेसम्म नकारात्मक विचार मनमा आउन नदिनुहोस

o   आफुलाई सके सम्म व्यस्त राख्नुहोस ता कि तपाइको ध्यान अरु कुरा प्रति नजाओस,व्यस्त राख्न कुनै क्लब या सामाजिक संस्थामा आबद्द हुन सक्नु हुन्छ /

o   वास्तविकता भन्दा बाहिरको कुरालाई ध्यान नदिनुहोस, आफ्नो क्षमता र महत्वकांक्षाको तुलना गर्नुहोस र वास्तविकता महसुस गर्नुहोस /

o   प्राय डिप्रेसनको बिरामीले आफुलाई बढी महत्त्व दिने र आफुलाई सबै भन्दा ठुलो ठान्ने हुनाले आफु को हो भन्ने कुराको जानकारी राख्नु होस्

o   समयमा र पर्याप्त सुत्ने बानी बसाल्नुहोस

o   ध्यान र प्राणायाम गर्ने गर्नुहोस जसले मनलाई एकत्रित गर्न सहयोग गर्नुको साथै तपाईमा आउने नकारात्मक बिचारलाई बिस्तारै कम गराउदै लैजान्छ /

o   सन्तुलित भोजनमा ध्यान दिनुहोस र रेडिमेड खानाको प्रयोग कम गर्नुहोस /

o   जीवन मा घटेका सकारात्मक घटना लाई महत्व दिनु होस् |

o   बिदेशी भुमि को जीवन धेरै ब्यस्त हुने हुदा खाली भएको समय प्रसस्त आराम गर्ने ,आफु खुसि हुने कुरा गर्ने गर्नुहोस् |

 

Contact : bijay1019@gmail.com

साभार :http://www.nepaljapan.com/2014/06/16/116456/

1 Comment

Leave a Reply to Bijay Gyawali Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s