बिदेशी भुमिमा बालबालिका : अभिभाबकका चुनौती र समाधान

-डा. विजय ज्ञवाली,क्लिनिकल मनोबिज्ञ ।

बालअधिकारसम्बन्धी महासन्धि सन् १९८९का अनुसार उमेर, परिपक्वता, परिवारको स्थिति, वातावरण, सक्षमता, अनुभव र उनीहरूले पाएका अवसर, सामाजिकीकरणका आधारमा बालबालिकाको परिभाषामा विविधता हुन्छ तर १८ वर्षभन्दा कम उमेरका सबै बालक वा बालिका हुन् । नेपालबाट विभिन्न अवसरको खोजिमा बिदेसिने नेपालीको सख्या दिन प्रति दिन बढी रहेको अवस्था छ | यो क्रम संगै सपरिवारनै बिदेशी भुमिमा बसाई नै सर्ने परिपाटी पनि बढी रहेको छ | यसरी एउटा मुलकको भाषा संस्कृति संस्कार चटक्क छोडेर अर्को मुलकमा जादा हामी बस्यक व्यक्तिले त विभिन्न समस्याको झेल्नु पर्छ भने , आफ़्ना अभिभाबकसंगै नयाँ परिवेशमा आउने बालबालिकाले कस्तो समस्याहरु झेल्नु पर्छ होला ? यो बास्तव मै अभिभाबकको निम्ति बिचारनीय प्रश्न हो । भर्खर जन्मेका बच्चाहरु पूर्ण रुप आमा बुबासंग निर्भर हुने हुदा खासै गारो नहुने भएता पनि अलि अलि बुझेका बाल बालिकामा भने बिबिध समस्या आउन सक्छ । नयाँ भाषा सागुरो परिवेश ब्यस्त आमाबुबा, फरक अनुहार र भाषा भएका साथी,नौलो बिद्यालयको बिच ति बालबालिका महसुस गर्ने तनाब हामी सहज अनुमान गर्न सक्छौ । यसरी नयाँ देशमा आइसकेपछि ति बाल बालिकाले नयाँ परिवेशलाई आत्मसाथ गर्ने समय सम्मको अवस्थालाई ४ चरणमा विभाजित गरेर चर्चा गर्ने प्रयास गरेको छु ।

पहिलो अवस्था

यो अवस्थामा बाल बालिकाहरु केही रमाएका हुन्छन तसर्थ यो अवस्थालाई रमाइलो भाषामा भन्नु पर्दा हनिमुन अवस्था भन्न सकिन्छ । नयाँ देश र परिवेशमा आएको केहि दिन यो अवस्था रहन्छ।
अबलोकन गर्न सकिने कुरा
– बच्चाहरु अलि बढी रमाउछन्।
– आश्चर्यजनक कुरामा पनि स्वाभाविक प्रतिक्रिया दिन्छन् |
-नयाँ भाषा सिक्न आतुरता देखाउछन् |
– उनीहरुको व्यवहारले उनीहरु नयाँ परिबेशमा घुलमिल हुन आतुर भएको भान पर्छ |

दोस्रो अवस्था

यो अवस्थामा पहिलो अवस्थामा भएको उत्साह सबै हराएर जान्छ | बच्चाहरुमा एक प्रकारको बेचैनी अबलोकन गर्न सकिन्छ । उनीहरुमा एक प्रकारको असन्तुलन महसुस गर्न सकिन्छ | यो अवस्था भनेको निरासा र होम सिक भएको अवस्था हो ।

अबलोकन गर्न सकिने कुरा
– उत्साह हिन, पहिला रमाएको कुरामा नरमाउने
– बेचैनी, तनाब, सानो सानो कुरामा रिसाउने
– कति पय अवस्थामा टोलाउने, घर जाने भनेर रुने ,रिसाउने
-आफ्नो वरीपरिको बातावरणमा नरमाउने , भाषामा उत्साह नदेखाउने
-नयाँ भाषा र नियम सिक्न उत्साह नदेखाउने

तेस्रो अवस्था

बालबालिकामा देखिने निराशालाई राम्ररी समाधान गर्न सकियो भने त्यस पछिको अवस्था भनेको सन्तुलित अवस्था हो । यो अवस्थामा बाल बालिकामा नयाँ बाताबरणमा घुलमिल भएको अबलोकन गर्न सकिन्छ।

अबलोकन गर्न सकिने कुरा
– यो अवस्थामा तपाईंको बच्चा आफ्नो पाहुना देशको संस्कृति, मानिस , खाना र भाषासंग अधिक परिचित हुन्छ ।
– बाल बालिकाले नयाँ परिस्थितिमा नयाँ मित्रहरु बनाउँन लाग्छन ।
– तपाईंको बच्चामा घरको सम्झना कम हुदै जान्छ ।
– तपाईंको बच्चालाई पाहुना देशमा बोलिने भाषा बोल्न र सुन्न अझ सहज हुन्छ ।
– बच्चाले पनि नयाँ वातावरणमा अधिक आराम महसुस गर्छ ।

चौथो अवस्था

यो अवस्था सहज अवस्था हो । अभिभावक रुपमा यो अबस्था सबैभन्दा राम्रो अवस्था हो । बाल बालिकाले यो अवस्थामा पाहुना देशमा र आफ्नो जन्म देशमा भएका राम्रो नराम्रो दुवै कुरालाई छुटाउन सक्ने भएकोले अभिभाबकले सन्तोषले सास फेर्न सक्ने अवस्थाको रुपमा यो अवस्थालाई लिन सकिन्छ ।
. यो अवस्थामा बालबालिकाहरु आफ्नो देश र पाहुना देशको भिन्नता तुलना गर्नमा सक्षम हुन्छन ।
. तपाईंको बच्चा आफु एक विदेशी जस्तै महसुस गरेर पाहुना देशलाई आफ्नो दोस्रो घरको रुप लिन सक्षम हुन्छन ।
. पहिला आश्चर्य मानेका कुरालाई उनीहरु यो चरणमा सामान्य घटनाको रुपमा हेर्छन ।
. दुवै देशका सास्कृतिक पक्षलाई समान रुपमा अनुसरण गर्ने क्षमता राखछन् ।

अभिभाबकका चुनौती र समाधानका सम्भावित पहल

बालबालिकालाई नयाँ परिवेशमा स्थापित गराउनु अभिभावकको निम्ति ठुलो चुनौती पूर्ण बिषय हो । अझ आमाबुबा दुवैले काम गर्नु पर्ने परिस्थिति छ भने त्यो अवस्था अझ चुनौती पूर्ण हुन जान्छ । एकतर्फ नयाँ परिवेशमा छोरा छोरी घुलमिल हुन भन्ने चाहना अर्को तर्फ़ आफ्नो देशको सस्कृति भाषा पनि नभुलोस भन्ने चाहना राख्ने अभिभावकको ठुलो संख्या रहेको छ । बालबालिकाहरुले कतिपय अवस्थामा आफ़्ना भावना र समस्याहरु ब्यक्त गर्न सक्दैनन् तसर्थ उनीहरुको मनको आवाज बुझ्न अभिभाबकले तदारुकता देखाउन जरुरी छ ।

– आफ्नो बच्चाहरुले के भन्छन सुन्नुहोस्। उनीहरुको भावना सुनिदिने बुझिदिने गर्नुहोस।
– यो समस्या तपाईको बच्चाको समस्या मात्र नभएर धेरै बच्चामा हुने समस्या भएकोले गाली गर्ने , उनीहरुको बारेमा अरुसित कुरा गर्ने नगर्नु होस्।
– सकारात्मक रहन बच्चालाई प्रोत्साहन दिनुहोस्।
– बिदेशी भुमिमा भएका कतिपय अभिभाबकले आफुले काम गर्नको लागि उक्त समयमा आफ्नो सन्तानलाई डे केयेर सेन्टर अथवा स्कूलमा राख्ने गर्छन । यो स्वभाविक भएता पनि यसरी राख्दा उचित सेन्टर र स्कूलको छनोट गर्नु अत्यन्त आवस्यक हुन्छ । कतिपय अवस्था भाषा र संस्कृति फरक भएकै कारण उनीहरु माथि फरक व्यवहार हुन सक्छ । साथी भाई अथवा स्कूल शिक्षकबाट भएका यस्ता फरक व्यवहारलाई बाल बालिकाले ब्यक्त गर्न गारो हुन सक्छ । यस्ता व्यवहारले बालबालिकाको मानसिक विकासमा अबरोध सिर्जना गर्छ । कतिपय अवस्थामा यसको असर तुरुन्त नदेखिए पनि भबिष्यमा यसले गम्भीर मानसिक बिचलन पनि ल्याउन सक्छ। तसर्थ उनीहरुलाई साथी भाईको व्यवहार स्कूलले गर्ने व्यवहारको बारेमा बेला बेला सोध्नु पर्छ । सम्वन्धित स्कूलबाट पनि जानकारी लिनु पर्छ ।

-बालबालिका आफु रहेको देशको भाषा बोलोस् भन्ने चाहना सबै अभिभाबकलाई हुन्छ। तर कतिपय अभिभाबकहरु आफु घरमा नेपाली भाषा बोल्ने तर छोरा छोरी चाही अग्रेजी मात्र बोल्ने होस् अथवा जापानी भाषा मात्र बोल्ने भनेर गर्व गरेको पनि देखिएको छ । तर यसो गर्दा बालबालिकाले आफुलाई घर भित्र नै अप्ठारो स्थितिमा पाउँछन । तसर्थ अभिभाबकले बाल बालिकाले बुझ्ने भाषा नै प्रयोग गर्नु पर्छ । अथवा स्कूलमा अन्य भाषा बोल्ने गरेर घरमा नेपाली भाषाको प्रयोग गर्नु उत्तम हुन्छ ।

– माथि उल्लेख गरेको तेस्रो चरणमा जादा बाल बालिकाहरु आफुबसी रहेको देशको रहन सहनमा रमाउने हुन्छन । यसो हुँदा कतिपय अवस्थामा उनीहरु र अभिभाबक बिचमा साँस्कृतिक फरक देखा पर्न जान्छ । जुन नेपाली सँस्कृतिबाट आएका अभिभाबकको निम्ति चिन्ताको बिषय हुन पुग्छ । तसर्थ उनीहरुलाई आफ़्नो जन्म देशको सांस्कृतिक महत्व बारेमा तालिम दिनु उत्तम हुन्छ ।

कुन अवस्थामा मनोबिज्ञको सहयोग लिने

– साथी भाईबाट पिडित भएको अवस्था
-बिछौनामा पिसाब फेर्ने
-डराउने सपना देखेर रुने,सुत्न नसक्ने
– खान अरुचि
– स्कूल जान नमान्ने अथवा स्कूल जादा ज्वरो आउने घरमा हुँदा ठिक हुने अवस्था
– आफु जस्तै उमेरका साथी अनुसार मानसिक बिकाश नभएको अवस्था
– घरबाट बाहिर निस्कन नमान्ने ,सामाजिक जीवन मन नपराउने
– बढी रिसाउने कराउने
– कतिपय बालबालिका घरमा हुँदा बढी बोल्ने तर स्कूल अथवा बाहिर जादा नबोल्ने स्वभावका हुन्छ यो अवस्थामा पनि बिज्ञको सहयोग लिन सकिन्छ ।
– यसै गरि परिवारको विचार कारण सबन्ध बिच्छेदको निर्णय गरेका अभिभाबकले त्यसबाट बालबालिकालाई असर नपरोस भने बिज्ञको सहयोग लिनु राम्रो हुन्छ।

अभिभावकले आफ्नो सिद्दान्त र विचारलाई सन्तान सामु प्रस्ट रुपमा राख्नुपर्छ । हरेक अभिभावकका जीवन प्रति आफ्नो निजि विचार हुन्छन जसको जानकारी सन्तानलाई हुनु जरुरी छ । तर आफ्ना सिद्दान्त र विचारको पूर्तिको लागि सन्तानलाई अनावश्यक दबाब सिर्जना गर्नु हुदैन । आफ्नो सिद्दान्त र बिचारलाई मेरो सन्तानले अनुसरण गरोस भन्ने चाहना प्रतेक अभिभावक मा हुनेगर्छ । ति चाहनाहरु सन्तानको सामु असावधानी पुर्वक प्रस्तुत गर्दा परिवारमा द्वन्दको सिर्जना हुन सक्छ । तसर्थ ति पक्षमा सावधानी अपनाई उचित बातावरणको सिर्जना गरि आफ्नो सिद्दान्त र विचारलाई आफ्नो सन्तान सामु प्रस्ट रुपमा राख्नु पर्छ साना नानीहरुको लागि हजुर बुबा आमाले सुनाउने दन्त्य कथा र अध्यात्मिक कथा मार्फत प्रदान गरिने शिक्षा निकै महत्वपूर्ण हुन्छ सकारात्मक विचारले भरिएका कथाहरुले उनीहरु सकारात्मक मार्गदर्शन गर्दछन अभिभावक र सन्तान बिचको सम्बन्ध पूर्ण रुपमा माया र प्रेममा अडिएको छ माया र प्रेम मार्फत यो सम्बन्धलाई मजबुत बनाउन सकिन्छ | यदि प्रयास गर्दा पनि सुधार गर्न नसकिएको अवस्थामा मनोविज्ञको सल्लाह र सुझाव लिनु आवश्यक हुन आउँछ।

postpartum_blues

प्रतिक्रिया सुझाब* bijay1019@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s