जीवन भन्दा प्यारो ब्राजिल! खेल प्रेम र मनोविज्ञान

-डा. विजय ज्ञवाली –
क्लिनिकल मनोविज्ञ
खेलले समाजलाई जोड्ने काम गर्ने भन्ने उदाहरण हामीले केही महिना पहिले नेपाली क्रिकेटले पाएको सफलता र त्यसले नेपाली जगतमा ल्याएको सकारात्मक उत्साहलाई हेरेर सजिलै बुझ्न सक्छौं। खेल समाजमा ऐक्यवद्धता ल्याउने स्रोत मात्र होइन यसले समाजलाई विभाजन पनि गर्छ भन्ने कुराको उदाहरण पछिल्लो विश्वकप फुटबललाई लिन सकिन्छ।
खेल एउटा युद्ध जस्तै हो जसमा हार र जीत हुन्छ र जहाँ बम बारुदको सट्टा बल र गोलले महत्त्व राख्छ तर फरक यति मात्र हो कि युद्ध जस्तो विध्वम्सात्मक परिदृश्य खेलमा हुँदैन। खेलले समाजमा पनि ठूलो प्रभाव पार्छ कि कोशौं टाढा रहेर पनि यसका फ्यानहरु अर्को देश र उक्त देशका खेलाडीसँग कुनै साइनो नभएको देशको निम्ति मरिहत्ते गर्न सक्छन्।

प्रशंसकहरुको इतिहासमा एकरुपता नभएता पनि सम्भवत यो त्यति बेलादेखि सुरु भएको हुनु पर्छ जति बेला मानिसहरु झुण्ड झुण्डमा बस्ने गर्दथे। एक जना राजा अथवा नाइके हुने गर्थ्यो जसको छनौट खेलबाट नै हुन्थ्यो। खेलमा जित्ने राजा र उसका प्रशंसकहरु प्रजा हुने गर्दथे। हाम्रो नेपाल कै इतिहास हेर्ने हो भने पनि गोर्खाको लीग लीगे दौड जितेर राजा हुने र बाकी प्रशंसकहरु प्रजा हुने परिपाटी थियो। अहिले फरक यति मात्र छ कि पहिलेका खेलाडी द्रव्य शाहहरु हुन्थे भने अहिले मेस्सी, थोमस मुलर र नेमारहरु छन्।
फ्यान मनोविज्ञानको क्षेत्रमा केहि अनुसन्धानपनि भएका छन्। सन् १९९८ मा फ्रोस्बरी स्टेट युनिभर्सिटी (Frosbury State University) का प्रोफेसर पल बर्नहर्ट (Paul Bernhardt) ले गरेको अनुसन्धान अनुसार आफुले समर्थन गरेको टिम वा समुहले जितेको खण्डमा पुरुष फ्यानहरुको टेस्टोस्टेरोन हर्मोन २० प्रतिशत बढेको र हार्दा २० प्रतिशत घटेको कुरा उल्लेख गरेका छन्। यसै गरि इन्डियाना युनिभर्सिटी ( Indiana University ) का अर्का प्रोफेसर एडवार्ड हार्ट (Edward Hirt ) ले गरेको अनुसन्धान ले जीतको खुशियालीमा फ्यान हरुको आत्मविश्वास बढेको, मानसिक र शारीरिक परिक्षणमा राम्रो नतिजा आएको तर हार्दा त्यसको विपरित पाइएको उल्लेख गरेका छन्।
विश्वकपको सुरुवात संगै नेपालमा पनि प्रशंसक हरुले आफ्नो टिमको समर्थनमा जुलुस निकाल्ने, पूजा पाठ गर्ने, आफुले समर्थन गरेको टिमको जर्सी लगाउने जस्ता रमाइला परिदृश्यहरु देखा परे। अझ सामाजिक मिडियामा समर्थक र बिरोधिहरुको मोर्चा नै देखा पर्यो।
यस्तै केहि रमाइला घटनाहरु पत्रपत्रिकामा आइरहेका बखत ब्राजिलको हारका कारण एकजना १५ वर्षीय बालिकाले आत्महत्या गरेको दुखद घटना सार्वजनिक भएको छ। हाम्रो लागि कुनै बिशेष साइनो नभएको ब्राजिलले हार्दैमा एक बालिकाले आत्महत्या गर्नु भनेको दुखद साथै अनौठो घटना भयतापनि फ्यान मनोविज्ञानको क्षत्रमा यो नयाँ घटना होइन। फ्यान मनोविज्ञान भित्र यस्ता धेरै उदाहरणहरु पाइन्छन जसमा खेल र अन्य क्षेत्रका फ्यानहरुले पीडामा आफ्नो जीवन अन्त्य गर्ने गरेका छन्।
मनोविज्ञानको आधारमा भन्ने हो भने यो अवस्था भनेको आशा र त्यसको परिणाममा संयोजन नहुँदाको नतिजा हो। फ्यानहरु आफुले समर्थन गर्ने देश र खेलाडी प्रति अतिनै धेरै विश्वास र भरोसा गर्छन। कतिपय अवस्थामा यो नियन्त्रण भन्दा बाहिर पुग्छ र उनीहरुले खास गरि हारको परिणामलाई स्वीकार गर्न सक्दैनन्। जसको फलस्वरूप अप्रिय घटना घट्न जान्छ। सुनसरीमा भएको आत्महत्याको घटनामा ब्राजिलले हार्नु एउटा कारण भए पनि आमहत्याको निम्ति प्रेरित गर्ने अझ धेरै कारणहरु हुन सक्छन्।
समूहमा खेल हेर्दा आफुले समर्थन गरेको टिम हार्दा साथी भाईले बोल्ने अप्रिय बोलि बचनलाई पचाउन नसक्ने संबेदनशिल मनोवृति भएका व्यक्तिले क्षणिक आवेगमा आएर अप्रिय निर्णय गर्ने सम्भावना रहन्छ | पत्रपत्रिका मा आएको समाचार लाई आधार मान्ने हो भने सुनसरीमा भएको फूटबल प्रेमी को आत्महत्या त्यसैको कारणबाट भएको देखिन्छ | १५ वर्षीय बालिकाको आत्महत्या संग अर्को गम्भीर प्रश्न हाम्रो सामु खडा भएको छ। स- साना घटनामा आत्महत्या गर्ने परिपाटी हाम्रो समाजमा बढी रहेको छ। जसलाई रोक्न समाजमा हरेका पक्षले सशक्त भूमिका निर्वाह गर्नु जरुरि छ। यसरी आत्महत्यालाई प्रेरित गर्ने कारणहरु हाम्रो वरिपरि नै हुन सक्छन जसको पहिचान गर्ने जिम्मा तपाईं र हाम्रो साझा विषय हो।
original published at-http://www.mysansar.com/2014/07/13623/”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s