मानसिक स्वास्थ्यको महत्व र केहि तथ्य

-डा.विजय ज्ञवाली,क्लिनिकल मनोविज्ञ-
यो वर्षको बजेटमा पनि सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेन | बिगतको वर्ष भन्दा कम बजेट यो वर्ष स्वास्थ्य क्षेत्रमा आएको छ |बिगतका वर्षको अनुभवलाई आधार मान्ने हो भने कुल स्वास्थ्य बजेटको १ प्रतिसत पनि मुस्किलले मानसिक स्वास्थ्यको क्षेत्रमा खर्च भएको देखिन्छ | नेपालीको कुल रोगको ११ प्रतिसत समस्या मानशिक स्वास्थ्य सित सम्बन्धित भएता पनि यो क्षेत्रमा हुने बजेट कर्मचारी र अन्य प्रसासनिक कार्यको निम्ति मात्र पुग्ने देखिन्छ | यो अवस्थामा मानशिक स्वास्थ्यको क्षेत्र अझै केहि वर्ष नेपालमा बिकराल रुप देखापर्ने निश्चित देखिन्छ | मानशिक स्वास्थ्य प्रतिको गम्भीरताको अभावमा यसरि मानशिक स्वास्थ्य प्राथमिकतामा नपरेको देखिन्छ | तसर्थ यसको गम्भीरताका केहि आधारलाइ प्रस्तुत गर्ने हेतुले मानशिक स्वास्थ्यको महत्व र केहि तथ्यहरु लाई बुदागत रुपमा प्रस्तुत गरिएको छ |
१ ) सबै को साझा समस्या
विश्व स्वास्थ्य संगठनका अनुसार प्रतेक ५ जना वयस्क र बालबालिका मध्ये १ जनामा कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गरेको छ | यसबाट के पुष्टि हुन्छ भने मानसिक रुपमा समस्या हुने मानिसहरुको संख्या कम छैन | विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हाल विश्वमा ४५० मिलियन मानिसहरु कुनै न कुनै प्रकारको मानशिक र व्यावहारिक असन्तुलन बाट ग्रसित छन् भने केन्द्रिय तथ्यांक बिभागको जनगणना सन् २०११ अनुसार नेपालमा मात्र ३०९९७ जना गम्भीर मानसिक समस्याले ग्रसित छन् | नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र मा काम गर्ने बिज्ञहरुको स्रोत अनुसार कुल जनासंख्याको २ प्रतिसतमा गम्भीर मानशिक समस्या र २० प्रतिसत मा कुनै न कुनै प्रकारको मानशिक रोग भएको कुरा बताईन्छ |
२ ) मानसिक समस्या जनस्वास्थ्य को प्रमुख समस्या हो
मानसिक समस्या वास्तवमा दुर्लभ समस्या नभएर जनस्वास्थ्यको एउटा प्रमुख समस्याको रुपमा देखिएको छ | हाम्रो टोल छिमेकमा यसबाट पिडित व्यक्तिहरु प्रशस्त छन् | विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक ४० सेकेन्डमा १ जना मानिसले आत्महत्या गर्छन | जसको प्रमुख कारण मानसिक समस्या हो | विस्वमा भएका धेरै अनुसन्धानले के देखाउछ भने स्वास्थ्य परिक्षणको लागि आउने ४० प्रतिशत वयस्कमा कुनै न कुनै प्रकारको मानसिक समस्या हुन्छ | यो समस्याको शिकार सबै जाति, वर्ग, धर्मका मानिसहरुलाई हुने भएता पनि खास गरि गरिब, शारीरिक रुपले अशक्त र सिमान्तिकृत वर्गहरुमा बढी देखिने गरेको छ | जसको कारण जनचेतनाको अभाव, गरिबी, असुरक्षा र जीवन प्रतिको निराशा प्रमुख कारक तत्त्वको रुपमा रहेका छन् |
३) मानसिक समस्या र मित्थ्या
हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्ति प्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ | जनचेतनाको कमि या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको लागि उपचारको पहलको सट्टा आफुमा मानसिक समस्या भएको कुरालाई अभिव्यक्त्त गर्ने परम्पराको नै विकाश भएको छैन | मानसिक रोगि प्रति हेरिने नकारात्मक दृष्टिकोण र यस्तो समस्यालाई पुर्व जन्मको पापको संज्ञा दिने हाम्रो जस्तो समाजमा आफुमा मानसिक र व्यवहारिक परिवर्तन हुँदा हुँदै पनि समाजमा अपहेलित हुने डरले लुकाएर राख्नुपर्ने बाध्यता रहेको छ | परिणाम स्वरुप समाज मा मानसिक समस्याको बारेमा गलत मिय्या ब्याप्त रहेको छ |
अर्कोतिर, परिवारका सदस्य मध्ये कोहीलाई मानसिक वा व्यवहारिक परिवर्तन आएको पहिचान भएमा उसलाई अस्पताल र विशेषज्ञको परामर्शको लागि पहल गर्ने बानीको थालनी भएको कमै पाउन सकिञ्छ | बरु उक्त बिरामीलाई उल्टै गाली गलौज गर्ने, अपशब्द हरु प्रयोग गर्ने र ऊ माथि हिनताबोध पैदा गर्ने काम गरिन्छ | जसको कारण बिरामीको रोग संग लड्ने क्षमतामा कमी आउनुको साथै आफु परिवार प्रति भार र बोझ भएको भान हुन्छ | अन्तत्त्वगत्वा आत्माहत्याको बाटो रोजी परिवारलाई सहजता प्रदान गर्ने सोचको विकाश हुन थाल्छ | बिरामी प्रति माया र सद्भाव व्यक्त गरि हौसला प्रदान गर्ने हो भने यस्ता समस्याहरु केहि हद सम्म कम हुन्छन | नेपाल को परिपेक्ष्य मा मानसिक समस्याको बारेमा रहेको गलत बुझाई र मित्य्या प्रमुख चुनौती को रुप मा रहेको छ |

४ ) मानसिक समस्या मानिसको अशक्तताको कारण हो
हुन त समाजमा अशक्तता भन्ने कुरा शारीरिक समस्याका कारण मात्र हुने गर्दछ भन्ने मिथ्या रहेको छ| तर वास्तवमा त्यो गलत धारणा हो | मानसिक समस्याले मानिसलाई आफ्ना दैनिक क्रियाकलापमा मात्र होइन बौद्दिक र सामाजिक रुपमा पनि अशक्त बनाउँछ |
मानसिकसमस्या भएको व्यक्तिमा बौद्धिक अंगहरुको साथै शारीरिक अंगहरुको परिचालन र कार्यमा पनि ह्रास आउन थाल्छ, किनकि मानसिक समस्या देखा परेको मानिसमा अल्छिपन, थकान, शरीर को दुखाई आदिले काम गर्ने क्षमता र जाँगरमा कमि आउने हुन्छ | जब मानसिक अंगहरुले स्वत स्फुर्त रुपमा कार्य गर्न छोडछन्, तब व्यक्तिमा आफुले केहि गर्न नसक्ने, र आफु समाज र परिवारको लागि बोझ हुन लागेको सोचाई उत्पन्न हुने कारणले कुनै काम प्रति लगाव हुदैन | जसको कारण उक्त व्यक्तिको काम , स्कुल, पारिवारिक सम्वन्ध आदिमा परिवर्तन आउन थाल्छ |
५ ) मानसिक स्वास्थ्य को क्षेत्र मा भएको जनशक्तिको कमि
अधिकांस बिकाशउन्मुख देशको निम्ति मानसिक स्वास्थ्य र यस संग सम्बन्धित जनचेतना एउटा ठुलो चुनौती बन्दै आएको छ | हाम्रो देशमा पनि पर्याप्त मानसिक स्वास्थ्य संग सम्बन्धित जनशक्तिको अभाव रहेको छ | सिमित रुपमा रहेका जनशक्ति पनि सहरी क्षेत्र मा केन्द्रित हुदा ग्रामिण क्षेत्र मा मानसिक स्वास्थ्य सेवा सुन्यको अवस्थामा रहेको छ | नेपालमा मानशिक स्वास्थ्य को क्षेत्र कति जनशक्ति छ भन्ने बारेमा पछिल्लो समय मा कुनै आकडा नभएता पनि सन् २००७ मा बिस्व स्वास्थ्य सगठनले प्रकाशित गरेको रिपोर्ट अनुसार नेपाल मा ४० जना मनोचिकित्सक र ६० जना मनोबिज्ञ र क्लिनिकल मनोबिज्ञ रहेको उल्लेख छ | यो सहख्या केहि बढेको भएता पनि धेरै जनसक्ति विदेश पलायन भएको ले अझै पनि उल्लेखनिय फरक नभएको अनुमान गर्न सकिन्छ |
६ ) मानसिक समस्याको उपचार तुलनात्मक रुपमा सस्तो र सहज हुन्छ
मानसिक उपचार प्रणालीका कतिपय बिधिहरु निकै सस्तो र प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ | कठिन मानसिक समस्याको उपचार सस्तो र सहज तरिकाबाट दक्ष जनशक्तिले गर्न सक्छन |जसरि क्यान्सर मुटुरोग जस्ता रोगको उपचार प्रणाली महँगो र कठिन मानिन्छ, तुलनात्मक रुपमा मानसिक समस्या सस्तो र सहज तरिकाले विकाश गर्न सकिन्छ |
साभार : nepaljapan.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s