अध्यात्म र मानशिक स्वास्थ्य

कुनै पनि व्यक्ति शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ छ भने मात्र एउटा स्वस्थ मानिसको परिभाषा भित्र पर्दछ | स्वस्थ हुनुको अर्थ रोग नहुनु भन्ने होइन | स्वस्थ हुनुको अर्थ शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्थिर र सन्तुलित हुनु हो | मानसिक स्वास्थ्य यसै भित्रको एउटा महत्त्वपूर्ण पक्ष हो | मानसिक रुपमा स्वास्थ्य हुनु भनेको त्यो अवस्था हो ,जुन अवस्थामा मानिस सहज, स्वास्थ्य र सुखी हुन्छ र आफ्नो क्षमताको सहि पहिचान र जीवनमा भै परि आउने समस्याको समाधान गर्न सक्छ | उसले आफ्नो लगायत समाजको उत्पादनमुलक र रचनात्मक कार्य सम्पादनमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्न सक्छ | मानसिक समस्याले व्यक्तिको भावना, संवेदना, विचार र व्यवहारमा परिबर्तन ल्याउछ | जुन परिवर्तनले व्यक्तिको संस्कृतिक विचार र व्यक्त्तित्वमा मात्र होइन कि उसको सम्पूर्ण परिवार र समाजमा नै नकारात्मक असर पर्दछ | यस्ता समस्याहरु सामान्य देखि जटिल प्रकारका सम्म हुन्छन |
अध्यात्म भनेको के हो ?
धार्मिक बन्नु र अध्यात्मिक बन्नु फरक फरक विषय हुन |एउटा नास्तिक धार्मिक कहलिन सक्दैन तर अध्यात्मिक बन्न सक्छ | अध्यात्म केवल मानसिक शक्ति हो, जसले मानसिकतामा अनुसासन आचारसंहिता, शालिनता र शितलताको सिर्जना गर्छ । जसले मानवलाई भौतिक र मानसिक शान्तिको आभास दिलाउन सक्छ । तसर्थ अध्यात्म समाजमा भएको कर्म काण्डको उपज होइन यो त मनिसको मस्तिस्क र मन बाट आर्जित शक्ति हो । त्यसैले अध्यात्म र धर्ममा धेरै फरक छ भन्ने बुझ्नु जरुरी छ |
मनिसले अध्यात्मलाई विभिन्न प्रकारले प्रकट गर्न सक्छ त्यो धर्मको स्वरूप ,भक्तिको स्वरूप अथवा कुनै कर्मको स्वरुपको रुपमा प्रकट हुन सक्छ | अझ भन्ने हो भने मानिसको जीवन शैली , सोचाई , जीवनको बुझाईमा उसको अध्यात्मिक स्वरूप प्रकट हुने गर्छ |अध्यात्म धर्मबाट विकास भएको हो भन्ने मनिसको बुझाई रहदै आएको छ | यसलाई म अर्ध सत्यको रुपमा बुझ्ने गर्छु | धर्म मनिसको विश्वासबाट बिकसित अवाधराणा हो | यो एउटा जीवनको शैली हो | अध्यात्मको स्रोत धर्म बन्न सक्छ | यस बाहेक पनि अध्यात्मको विकास वा स्रोत विभिन्न हुन सक्छन |
1) विभिन्न धार्मिक क्रियाकलाप , पुजा ,आराधना ,प्राथना जन्य क्रियाकलाप
२) सामाजिक वातावरण
३)जीवनमा स्थापित मूल्य मान्यता
४) प्रकृति संगत , मित्र सगत ,समाज सेवा
५)शारीरिक क्रियाकलाप , योग ,ध्यान
६) पारिवारिक वातावरण
७)अन्य सकारात्मक क्रियाकलाप जस्तै पुस्तक,जीवनीको अध्ययन,हजुर बुवा आमाबाट सुन्ने कथाहरु आदि |
८) अध्यात्मका केहि महत्वपूर्ण तत्व दया,माया,करुणा,सहयोगमा विश्वास गर्नु र त्यसलाई अपनाउनु

अध्यात्म र मानशिक स्वास्थ्य

religionAndSpiritualityDiagram

अध्यात्मले मनिसलाई मानसिक रुपमा स्वास्थ्य राख्न विशेष भूमिका खेल्छ | अध्यात्मले मानसिक स्वास्थ्य निवारण गर्न मात्र होइन ,मानशिक रुपमा स्वास्थ्य हुन पनि सहयोग गर्छ |जीवनमा आइपर्ने विविध समस्या निराकरण गर्न अध्यात्मिक भावनाले सहयोग गर्छ |यसमा भएको सकारात्मक शक्तिनै यसको सबैभन्दा बलियो पक्ष हो | मनोविज्ञान भित्रका महत्वपूर्ण सिद्दान्तका प्रतिपादक फ्रायेड र कार्लोस जंगले मनोविज्ञान र अध्यात्मको अन्तर सम्बन्धलाई धेरै पहिले ब्याख्या गरिसकेका छन् | अहिले पनि साइको थेरापीमा विभिन्न पद्धती संगै अद्यात्मिक ध्यान बिधि माइन्डफुलनेसको प्रयोग विभिन्न मनोबैज्ञानिक समस्याको लागि प्रभाबकारी मानिएको छ |अध्यात्मिक विकासले मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक असरलाई निम्न अनुसार बुँदागत गर्न सकिन्छ |
– आत्म – नियंत्रण, आत्म सम्मान र आत्मविश्वासको विकास
– सम्बधमा सुधार र विकास
– पारिवारिक , सामाजिक , अध्यात्मिक र धार्मिक भावनाको विकास
– धार्मिक शक्ति र अध्यामिक शक्ति प्रति लगाव र विश्वास
– रोग र समस्याको निराकरणमा सकारात्मक परिणाम ( दुख ,पिडा ,निराशा बाट छिटो निरोगिताको लागि सकारात्मक प्रभाव )
– कुलत जन्य समस्याबाट टाढा राख्न सहयोग

मानसिक स्वास्थ्यको लागि अध्यात्मको अभ्यास
हामीले हाम्रो जीवनमा अध्यात्मलाई विभिन्न किसिमले अगाल्न सक्छौ | यसको निम्ति कुनै धर्म विशेष शरण लिनु पर्छ भन्ने छैन | यसको लागि विशेष लुगा लगाउनु पर्छ अथवा लामो कपाल दारी पाल्नु पर्छ भन्ने पनि छैन |यो एउटा अनुभूति हो, जसले तपाईलाई खुसि हुन सहयोग गर्छ | अध्यमिक जीवनशैली भित्र ति कार्य पर्छन जसमा तपाईको खुसी जोडिएको हुन्छ | यस भित्र जीवनका स- साना क्रियाकलाप पनि पर्छन जसले जीवनमा सहजताको अनुभूति गराउछ | अध्यात्मको अभ्यासको निश्चित बिधि बिधान नभएता पनि निश्चित अनुसासनमा बसेर यसको अभ्यास गर्नु जरुरि छ | यसलाई विभिन्न प्रकारले अभ्यास गर्न सकिन्छ | मेरो ब्यक्तिगत अनुभवको आधारमा यहाँ यसलाई ३ चरणमा प्रस्टाउने प्रयास गरेको छु |

प्रथम चरण – मौन समय ( ध्यान , साधना ,प्राथना को समय ) – प्रतेक दिन केहि समय मौन बस्नु होस् | आँखा बन्द गरेर स्वासप्रस्वासमा केन्द्रित हुनु होस् | यो कार्य बसेर सुतेर जसरि गर्न पनि सकिन्छ | समय अनुसार साधना गर्नु होस् | कुनै विशेष पुजा गर्नु पर्छ भन्ने छैन | सकारात्मक भावना मनमा लिएर साधना गर्न सक्नु हुन्छ | गीत सुन्ने ,भजन सुन्ने ,प्रबचन भाषण सुन्नु पनि साधनाको एउटा स्वरूप हो |
दोस्रो चरण – स्रोतको खोजि (संगत,अध्यात्मिक अध्ययन) असल र मन मिल्ने साथी सित कुरा गर्नु,अरुको कुरा ध्यान दिएर सुन्नु,पुस्तकको अध्ययन गर्नुलाई अध्यात्मको स्रोतको रुपमा लिन सकिन्छ | प्रकृतिका रमाइला पक्षको अध्ययन बाट पनि बिबिध ज्ञान लिन सकिन्छ |
तेस्रो चरण – सहयोगी भावनाको विकास ( सामाजिक कर्म , नैतिक कार्य ) – अध्यात्मले कर्म गर्न सिकाउछ | तपाईले गर्ने साना ठुला सबै कामलाई तपाईले अध्यात्मको स्वरूपमा लिन सक्नु हुन्छ | नैतिकता पुर्वक , सकारात्मक र सामुहिक भावनाले गरिने सबै काम अध्यात्मिक कर्ममा पर्दछन् |

Spiritual-Health

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s