आमा बन्नु चाहना कि सामाजिक दबाब

केहि समय पहिले एक महिलाले छोरो जन्मिएको र अस्पतालमा एक स्वास्थ्यकर्मीले तातो बनाउन लगेपछि फिर्ता नै गरिनन भन्दै हारगुहार गरेपछि पाटन अस्पताल विवादमा आयो | सम्भवत मध्यम वर्गीय नेपालीको लागि प्रसुति सेवामा राम्रो नाम कमाएको पाटन अस्पतालको घटनाले सबैलाई स्तव्ध बनायो | समाचार आउने वित्तिकै धेरै मान्छे अस्पताल पुगे | केही टेलीभिजन र अन्य मिडियाले समेत पाटन अस्पतालबाट नवजात शिशु हराएको समाचारलाई प्रमुखताका साथ सम्प्रेषण गरे ।तर, प्रहरी टोली र अस्पताल प्रशासनले छानविन गर्दा श्रेष्ठले जन्माउँदै नजन्माएको बच्चा हराएको भन्दै आरोप लगाएको रहस्य खुल्यो | छानबिनको क्रममा ति महिलाको पाठेघर सानो भएकोले गर्भधारण गर्न नसक्ने भनेर केहि क्लिनिकले दिएको रिपोर्ट पनि बाहिर आयो | आपसी समझदारिमा यो घटनालाई पाटन अस्पतालले अन्तरिक रुपमा नै मिलायो | कतिपयले ति महिलालाई त्यतिकै छोडेको कारण पाटन अस्पतालको सामाजिक संजाल मार्फत आलोचना पनि गरे |
ति महिलाले किन त्यस्तो गरिन होला ?
यो घटनालाई २ किसिमले हेर्न सकिन्छ | पहिलो यो पूर्ण रुपमा ठगि हो | तर यसको कुनै आधार भेटिदैन | उनले बच्चा लिएर बेच्ने अथवा अरु केहि गर्ने आधार नदेखिएकोले यो घटनालाई ठगिको रुपमा मात्र लिन सकिदैन | घटनालाई अर्को किसिमले हेर्ने हो भने यो विशुद्द सामाजिक र मनोबैज्ञानिक समस्या हो |गर्भवती हुनु महिलाको निम्ति एउटा खुसीको पल हो र केहि फरक अनुभूतिको पल पनि हो | तर कतिपय अवस्थामा महिलाहरु आफु गर्भवती नभएता पनि गर्भवती भएको महसुस गर्छन | यो भ्रम पूर्ण गर्भवती अवस्था(False pregnency) लाई क्लिनिकल भाषामा सिउड़ो साइसिस्(Pseudocyesis) भनिन्छ | यो अवस्थाको गम्भीर स्वरूप दुर्लव भएता पनि साधारण भ्रम भने लगभग ३० हजार जना मध्ये १ देखि ६ जना सम्मलाई हुने कुरा विभिन्न अनुसन्धानले देखाएको छ | यो समस्या सधै महिलालाई मात्र हुन्छ भन्ने होइन यो समस्या पुरुषलाई पनि हुन सक्छ | विश्वमा धेरै पुरुषहरुले यहि समस्याका कारण आफु गर्भवती भएको भनि हंगामा खडा गरेका छन् |आफ़्नो श्रीमती अथवा पार्टनर गर्भवती भएको अवस्थामा पुरुषले पनि त्यस्तै लक्षण देख्नु यो प्रक्रिया लाई सिंड्रोम क्लाउभाड़े सिंड्रोम (clauvade syndrome )भनिन्छ | यसमा महिलालाई जस्तै बिहान वाकवाकी लाग्ने ,शारीरिक तौल बढ्ने , पेट दुख्ने लगाएत केहि मनोबैज्ञानिक लक्षण निराशा ,अनिद्रा,तनाब जस्ता लक्षण देखिन्छन | यी दुवै अवस्थाको खास कारण थाहा नभएता पनि दुवै समस्या मनोविज्ञान संग सम्बन्धित छन् |पाटन घटनाको बारेमा जति पनि कुराहरु बाहिर आएका छन् ति पक्षको विश्लेषण गर्ने हो भने ति महिला पनि Pseudocyesis बाट पिडित भएको अन्दाज लगाउन सकिन्छ |

यो समस्या विभिन्न कारणले आमा बन्न नसक्दा . लगातार गर्भ खेर जाँदा , आमा बन्ने चाहना अत्यधिक हुँदा , समय भन्दा छिटो महिनाबारी बन्द हुँदाको परिणाम स्वरूप देखा पर्छ | आमा बन्ने अत्यधिक चाहनाका कारण पेट बढ्ने , छाती बढेको महसुस हुने , तल्लो पेटमा बच्चा चलेको जस्तो महसुस गर्ने हुन्छ | कतिपय अवस्थामा ब्रेनले ति संदेशलाई गलत विश्लेषण गर्दा इस्त्रोजिन र प्रो ल्याकटिन हर्मोन उत्त्पन्न भै गर्भवती अवस्थानै जस्तो लक्षणहरु प्रकट हुन सक्छन | जसको फल स्वरूप तौल बढ्ने , स्तन बढ्ने, महिनाबारी बिग्रिने ,वाकवाकी लाग्ने जस्ता लक्षण पनि देखा पर्छन |
यो समस्यालाई गरिबी , बच्चा अवस्थामा भएको यौन दुर्व्यबहार ,शिक्षा र चेतनाको अभाव , पारिबारिक समस्या जस्ता कुराले वढाउन सहयोग गर्छ | हाम्रो समाजमा सन्तान हुनैपर्ने दबाब महिला माथि पर्ने गरेको छ | कुनै कारणवस सन्तान नहुने हरु प्रति समाजले गर्ने व्यवहार राम्रो देखिदैन | पुरुष भन्दा महिला माथि पर्ने दबाब बढी छ | अझ सन्तान नभएको अवस्थामा अर्को बिबाह गर्न पाउने कानुनी छुट अझ बढी निन्दनीय छ | कतिपय ठाउँमा सन्तान नभएको महिलालाई अपसकुनको कुरा लिएर सास्कृतिक र सामाजिक अबहेलना गर्ने परिपाटी पनि रहेको छ | यी यावत कुराले महिलाहरु प्रति मानशिक दबाब पर्ने गरेको छ | जसको कारण पाटन अस्पतालमा भएको जस्तो घटना हुन जाने विश्लेषण गर्न सकिन्छ |
यो घटनाको कारण पाटन अस्पतालको प्रतिष्ठामा शंका उत्पन्न भएता पनि आखिरमा सत्य बाहिर आएको छ | पाटन अस्पतालले मानवीयता प्रकट गर्दै ति महिलालाई माफी दिएको छ | तर यो समस्याको अन्त्य भने भएको छैन यसले हाम्रो समाज भित्रको एउटा पाटोको बारेमा बहसको सुरुवात गरेको छ | विभिन्न कारणले आमा हुन नसकेका महिला प्रति अझै पनि हाम्रो समाजले राम्रो नज़रले हेर्दैन | महिला माथि बच्चा पाउनै पर्ने दबाबको सिर्जना गरिएको छ | पुरुषहरु बाट पनि बच्चा नहुने अवस्था हुन सक्छ तर सधै दोष महिला लिनु पर्ने अवस्थाको सिर्जना हामीले गरेको छौ | यो अवस्था हुन आउनुमा राज्य पक्षको पनि कमजोरी देखिनछ | सन्तान नभएका अथवा सन्तानले नहेरेका जेष्ठ नागरिकलाई सामाजिक रुपमा संरक्षण गर्न सरकार असफल छ | जसका कारण बुढेसकालको सामाजिक सुरक्षाको निम्ति पनि बच्चा जन्माउनु पर्ने दबाब महिला माथि पर्ने गरेको छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s