भिड भित्र नायकको खोजि

हजारौ नायकहरुको सेवा पाइरहेको नेपाली जनसमुदाय अझै पनि एउटा नायकको खोजिमा रहेको छ | जसले नेपालको बिकाश लाई मूलदिशा प्रदान गर्न सकोस | स साना घटना होस् या पछिल्लो शोकको घडीमा जम्मा भएको बिशाल जन सागर होस् यी सबै भिडको मनोविज्ञान हेर्ने हो भने नेपाली समाज नायकको खोजि रहेको प्रस्ट रुपमा बुझन सकिन्छ | चरी हत्या काण्डमा अस्पताल अगाडी जम्मा भएको उग्र भिड , मोदीको दर्सनको लागि जम्मा भएको भिड र नायक को भाव पूर्ण बिदाईको लागि जम्मा भएको जन सागर उद्देस्य फरक फरक भएता पनि यी सबैमा एउटा समानता छ | यी सबै नेपाली हुन र यी सबै कुनै पात्रमा नायक खोजि रहेका छन् |
पछिल्लो समयमा थुप्रै राम्रा कुराको बिकाश भएको नेपालमा अझै पनि अपेक्षा गरिए अनुसारको सुधार हुनसकेको छैन | राजनीतिक र सामाजिक नैरस्येताका बिच हाम्रा साझा समस्या एक मुस्ठले बुझी दिने पात्रको अभाव महसुस भएको धेरै भै सकेको छ | नायक कै खोजिमा थुप्रै राजनीतिक प्रयोग गरेका नेपाली जनता अझै पनि यस्तो साझा नायक को खोजिमा छन् | जो सबै नेपालीको नायक होस् र विभिन्न रुपमा विभाजित भएको समाज लाई एउटै मालामा बुन्न सकोस |
माओबादी जनयुद्दको समयमा प्रचण्ड हाम्रो लागि एउटा अलौकिक पात्र थिए | उनका बारेमा बिबिध चर्चा हुने गर्थे , तत्कालिन अवस्थामा कतिपयले त उनलाई काल्पनिक पात्रको रुपमा प्रस्तुत गर्थे | बर्सौ देखि बिबिध समस्याको जडले ग्रशित हाम्रो समाजले उनलाई नायक रुपमा कल्पना गरेको थियो | उनि रामायणका हनुमान जस्तै प्रतित हुन्थे जो हाम्रो लागि संजीवनी बुटी लिएर आउदै छन् | उनि प्रति को विश्वास स्वरूप पहिलो पटकनै निर्बाचन मार्फत उनि यस्तो ठाउमा पुगे नेपाली राजनीतिको कुनै पनि फैसला उनको अनुपस्थितिमा सम्भव थिएन | तर आशा अनुसारको नायकीपन उनमा देखिएन | आफ्नै पार्टी , परिवार र आफ्नै अनियन्त्रित बोलि व्यवहारका कारण उनको अलौकिकता बुच्चो साबित भयो | उनको निम्ति जम्मा भएको भिड अहिले पातलो भएको छ |
त्यसपछि नेपाली राजनीतिमा बाबुराम भट्टराई , गगन थापा , रामकुमारी झाक्री जस्ता पात्र माथि नेपालीहरुले नायकको खोजि गरे | अर्थमत्रि हुदा केहि सुधार को कार्य मार्फत राम्रो सुरुवात गरेका बाबुरामले प्रधानमत्री हुदा नेपाली गाडी छाडेर भिडलाई आकर्षण त गरे तर पछि ति सबै मिडिया बाजी साबित भयो | आजकल नयाशक्ति को कुरा गर्ने बाबुराम धेरैको लागि जोकको पात्र साबित भैसके | यी बाहेक पनि नेपालीले ज्ञानेन्द्र शाह , माधव नेपाल , शेर बहादुर देउवा ,झलनाथ जस्ता पात्र लाई पटक पटक नायक हुने मौका प्रदान गरेको छ तर सबै नायक हुन विफल भएका छन् |
त्यस पछि केहि पात्र आए जो कर्म का कारण नायक भए जसमा गोकर्ण बिस्ट ,रमेश खरेल र डा. गोविन्द के .सी जस्ता पात्र पर्दछन् | यी पात्रले गरे के हुदैन भनेर प्रमाणित गरेर देखाए | छोटो समयमै बिस्टले गरेको कार्य र डा . केसीको साहसिक अनसनले गर्दा नायक साबित भए | आफ़्नो काम जिम्मेबारी सफलता पुर्बक नगर्ने परिपाटीको दर्सक भएका हामी नेपालीको लागि दिएको काम इमान्दारी पुर्बक गर्ने खरेल नायक साबित भए |नेपाली परिदृस्य भित्र यस्ता पात्र हरु पनि छन् जो सदाबहार नायक सिद्द भएका छन् | जसमा डा. उपेन्द्र देवकोटा , डा . भगवान कोइराला , अनुराधा कोइराला , पुस्पा बस्नेत , दिलशोभा , कबिबर माधव प्रसाद घिमिरे , सत्यमोहन जोशी, डा . रुइत ,महाबिर पुन , मह जोडी आदि पर्दछन् | यी बाहेक पनि यहाँ हजारौ अन्य नायक छन् जो बिना स्वार्थ देश सेवामा लागेका छन् | यहाँ उल्लेख गरिएका पात्रहरु त मिडिया मार्फत बाहिर आइसकेका छन् | ति बाहेक पनि अरु धेरै नायकहरु छन् जो मिडिया भन्दा टाढा बसेर मुलुकको सेवामा जुटेका छन् |
हामीलाई अहिले सर्बमान्य नायक चाहिएको छ | जो एमाले , कांग्रेस माओबादी अथवा राजाबादीको मात्र नभएर सबै नेपालीको होस् | नायक श्रीकृष्ण श्रेष्ठको सम्मानमा जम्मा भएको भिडले त्यहि सग्केत गर्छ | उनि कुनै पक्ष बिसेषका थिएनन् सबैका थिए | आशा गरौ नेपाली राजनीतिमा त्यस्तै नायकको जन्म होस् जसको फोटो घरमा राख्दा प्रतेक नेपालीले गर्व महसुस गरोस |
साभार -नेपाल संदेश .कम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s