जापानमा बढी रहेको आत्महत्या र मानशिक समस्या लाई थोरै भए पनि कम गर्न सकिन्छ कि भनेर प्रतेक शनिबार निसुल्क मानशिक स्वास्थ्य परामर्स टेलिफोन सेवा को सुरुवात गर्न गैरहेको छु |आज नया फोन हातमा परेको छ | छिटै सार्वजनिक गर्ने छु | धेरै नेपालीको मोबाइल Softbank भएकोले त्यसै अनुसार को व्यवस्था गरेको छु | अब केहि प्राबिधिक ब्यबस्थापनका कुरा बाकी भएको छ | आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० देखि अधिकारिक रुप मा सुरु गर्न सकिन्छ कि भन्ने आशामा छु |यो मेरो व्यक्तिगत प्रयास हो | सफल होला अथवा नहोला तर मैले प्रयास गर्नु पर्छ भन्ने सोच साथ अगाडी बढ्ने प्रयास गरेको छु |
यो सेवा धेरै बिद्यार्थी साथीहरुको दुख सुखको साथी बन्न सक्नेछ भन्ने आशामा रहेको छु |
परामर्स सेवाको तयारी
0