आत्महत्या घटना पछिका पिडा

डा. विजय ज्ञवाली

गत हप्ता बिस्व स्वास्थ्य सगठनको प्रतिबेदन सार्वजनिक भएको छ | उक्त प्रतिबेदन अनुसार सन् २०१२ मा ५५७२ जना नेपालीले आफ़्नो जीवन आफैले अन्त्य गरेका छन् | जस मध्ये ३१०४ जना पुरुष र २४६८ जना महिला रहेका छ | जस अनुसार प्रतेक दिन १५ जना नेपालीले आफ़्नो जीवनको अन्त्य गर्दा रहेछन | यो सख्या पक्कै पनि सानो सख्या होइन | आत्महत्या अघि र पछि का धेरै का कथा र व्यथा हुन्छन | यसरि जीवन लाई अन्त्य गरि जानेहरुको परिवार र आफ़्ना मान्छे को पिडा अझं मर्म पूर्ण हुन्छन | यो प्रतिबेदनलाई आधार बनाउने हो भने प्रतेक दिन १५ वटा परिवारले यो पिडाको अनुभूति गर्दो रहेछ |यो कुराले पुस्टि गर्छ आत्महत्या एउटा परिवारको समस्या नभएर सिग्गो समाज को समस्या हो |

किन ?

परिवारको सदस्य अथवा आफ़्नो नजिकको मनिसले आफ़्नो जीवन को अन्त्य गर्दा सबै भन्दा पहिला मन मा प्रस्न उब्जिन्छ किन ? यसको उत्तर यदि हामी ले खोज्ने प्रयास गरेउ भने यो जटिल प्रस्न होइन | प्रतेक घटना ले उत्तर छोडेर गएका हुन्छन | कारण भित्र केहि जटिलता पक्कै पनि हुन्छन तर अस्पस्ट हुदैनन | यसका सम्भावित उत्तर हरु निम्न अनुसार हुन सक्छन |

-मानशिक समस्या हुन सक्छ |

-जीवन मा केहि निश्चित कुरा को तनाब

-केहि जिर्ण रोग , पिडा

-असफलता , पारिबारिक समस्या आदि |

को दोषी ?

कति पय अवस्था मा यस्ता घटना पश्चात परिवार का सदस्यमा को दोषी ? भन्ने प्रस्न मन मा उब्जिन सक्छ | अतिरन्जित र सम्भावित कुरा मनमा लिएर आफु लाई दोषी ठान्ने हरु पनि हुन्छन | तर यो प्रवृति एकदम गलत हो | आत्महत्या मा कोहि दोषी हुदैन | यो एकदम व्यक्तिगत रुप मन भित्र उब्जेको अन्तर्दन्दको परिणाम हो | कतिपय अवस्था मा ति अन्तर द्वन्द लाई परिवार र साथीभाई ले पहिचान गरि उसलाई राम्रो मार्गदर्शन दिन सक्छन अथवा बिज्ञको सल्लाह लिन अभिप्रेरित गर्न सक्छन | आत्महत्याको लागि कसैलाई दोषी ठान्नु एकदम गलत हो |

घटना पछिको पिडा

आफ्ना प्रियजनले छोडेर जाँदा हुने पीडा अन्त्यन्त स्वभाविक हुन्छ | अझ हाम्रो जस्तो आत्महत्याको बारेमा भ्रम रहेको समाजमा त झन् यो झन् अप्ठारो अवस्था हो | यस्तो अवस्थाबाट बाहिर निस्कन केहि समय लाग्छ | ती अवस्थामा परिवार साथीभाई र उस्तै समस्या भोगेका परिवारको सहयोग अत्यन्त महत्वपूर्ण रहन्छ | कतिपय अवस्थामा जीवनको अन्त्य गर्ने व्यक्ति कठोर पीडाबाट पिडित भएको अवस्था हो भने परिवारको सदस्यले घटनालाई उसको मुक्तिको रुप पनि लिने गर्छन | यसलाई पनि सामान्य प्रतिक्रियाको रुप लिन सकिन्छ | यदि परिवारका कुनै सदस्य पीडाबाट बढी नै पिडित भएको अवस्था छ भने त्यो अवस्थामा मनोविज्ञको सहायता लिनु आवश्यक हुन आउँछ |

कतिपय अवस्थामा विभिन्न गलत मिथ्या र भ्रमका कारण आत्महत्यालाई समाजका केहि व्यक्तिले सम्पूर्ण परिवारको असफलताको रुपमा लिने गर्छन | त्यस्ता व्यक्तिबाट परिवारलाई विभिन्न कुरा गरेर अनावश्यक तनाव दिन सक्छन त्यो अवस्थामा परिवारका सदस्यले एक अर्कालाई साथ दिने गर्नु पर्छ | आत्महत्याको घटना परिवारको असफलताको प्रतीक होइन | कतिपय अवस्थामा परिवारको प्रयासका बाबजुत पनि अप्रिय घटना घट्न सक्छन | यसलाई कायरता मान्नेहरु पनि छन् | त्यो पनि एकदम गलत हो | आत्महत्या पीडा मुक्त जीवन जिउने प्रयासमा गरिएको गलत रोजाई मात्र हो | जीवनको माया नभएर गरिने क्रियाकलाप नभएर पीडाको मुक्तिको लागि रोजिएको एउटा उपाय मात्र हो |

आत्महत्या नियन्त्रण गर्ने पहलमा पिडितको भूमिका

संसारभरि आफ्ना प्रियजनले आत्महत्या कै कारण जीवन गुमाए पछि उनिहरुको सम्झनामा खोलिएका अभियानहरुले राम्रो काम गरेका छन् | नेपालमा यो समस्याबाट पिडित परिवारहरुको संख्या बढी रहेको छ | यो अवस्थामा समान पीडा भएका परिवारलाई एकिकृत गरेर आमहत्या नियन्त्रणको अभियानमा सरिक हुन सकिन्छ | समान पीडा भएका व्यक्ति एक ठाउँमा जम्मा भएर आफु संग भएका समस्याहरुलाई बाँड्न सकिन्छ | यसैगरी आफ्नो समस्याबाट तपाईले कसरि मुक्ति पाउनु भयो भनेर विभिन्न मीडिया मार्फत आफ़्ना विचारलाई अगाडी ल्याएर आत्महत्या नियन्त्रणको अभियानमा सरिक हुन सकिन्छ |

नेपालमा बढी रहेको आत्महत्या सबै परिवारको साझा समस्या हो | यस्ता घटना घट्न नदिन सबैले प्रयास गर्नु पर्छ | यदी घटी हालेमा पिडित परिवार,साथीभाई र समाजले यो अवस्थालाई शक्तिमा रुपान्तरण गरेर आत्महत्या रहित समाज निर्माणमा पहल गर्नु आवश्यक छ |

( लेखक क्लिनिकल मनोविज्ञ हुनुहुन्छ , उहाँले भर्खर मात्र जापानमा नेपालीहरुमा बढ़दो आत्महत्या प्रवृतिलाई नियन्त्रण अभियान स्वरुप मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान सचांलन गर्नु भएको छ |)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s