नफक्रिदै झरेका कोपिला

सन्दर्भ – बिश्व आत्महत्या रोकथाम दिवस

–प्रवेशिका परीक्षामा अनुतिर्ण भएकै कारण १० जना विधार्थीले आफ़्नो जीवनको अन्त्य गरे | जसमा सबै १७ वर्ष मुनिका थिए |

-विश्व कपको दौरान ब्राजिलको हारलाई कारण बनाई एक जना बालिकाले आत्महत्या गरिन | उनको उमेर…. वर्ष थियो |

-श्रावन पहिलो हप्ता छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका कक्षा ५ मा अध्ययनरत एक १२ वर्षीय बालकले आफू बस्दै आएको घरमै झुन्डिएर आत्महत्या गरेको समाचार प्रकाशित भयो ।

-यो हप्ता मात्र अर्को घटना सार्वजनिक भएको छ| काभ्रे जिल्लामा सामान्य घरायसी विवादलाई आधार बनाएर एक १५ वर्षीय बालिकाले आत्महत्या गरेकी छिन् |

यी पछिल्ला ३ महिनामा सार्वजनिक भएका आत्महत्याका घटना हुन | मानव जीवनको मूल्य कम भइ रहेको हाम्रो समाज र राजनीतिक विषयले मात्र प्राथमिकता पाउने परिपाटी विकशित भएको परिपेक्षमा यी घटनाको गम्भीरतामा कसैको ध्यान गएको देखिदैन | तर लगभग ३ महिना भित्रमा ….जना बालबालिकाको आत्महत्या समाचारले हाम्रो समाज कुन दिशा तिर जादै छ भन्ने कुरामा प्रश्न चिन्ह खडा भएको छ | साधारणतया अधिकांस आत्महत्याका घटनाहरु समाचारमा नआउने हुँदा यो समस्याको वास्तविक गहिराई अझ गम्भीर भएको सहजै अनुमान लगाउन सकिन्छ |आत्महत्या आफैंमा दुखद छ अझ त्यस माथि पनि स – साना बालबालिकाले आफ्नो जीवनको अन्त्य आफैले गर्नु मुटु नै कमाउने दुखद विषय हो | समस्याले डडेलोको रुप लिंदा पनि यसमा कसैको ध्यान नजानु र यो विषयमा कुनै पहल नहुनु आश्चर्यजनक मात्र होइन सम्बन्धित निकायको गैर जिम्मेवारी नै मान्नु पर्छ | वास्तवमा नै यसको गम्भीरतालाई बुझ्ने हो भने यो अत्यधिक सजग हुनु पर्ने अवस्था हो |

अनुसन्धानको अभाव

हामीकहाँ मृत्यु दर्ता गर्ने नियम भएता पनि त्यसलाई पालन गर्ने परिपाटीको अभाव छ | त्यस अर्थमा वर्ष भरि कतिजनाको मृत्यु   आत्महत्याको कारण भयो भन्ने आंकडा कसैसंग छैन | अझ सामाजिक मिथ्याका कारण आत्महत्याको घटनालाई लुकाउने परिपाटी भएकाले उपलव्ध   अपूर्ण छ भन्ने सहज अनुमान लगाउन सकिन्छ | यो अवस्थामा हामी कहाँ बालबालिकाको आत्महत्याको तथ्यांकको अनुमान लगाउन पनि गारो छ | ४ महिनाको हाराहारीमा…………. जना बालबालिकाको आत्महत्याबाट मृत्यु हुँदा पनि यो विषय हाम्रो विचारयोग्य बन्न सकेको छैन | कुनै सरकारी अथवा गैर सरकारी संस्थाको लागि यो एजेन्डा बन्न सकेको छैन |

संसारभरि आत्महत्याका घटनालाई हेर्ने हो भने बालबालिकाको आत्महत्याको प्रमुख कारण स्कूल र घरमा हुने दुर्व्यवहार ( बुल्लिंग ) हो | नेपालमा स्कूलमा हुने रयागिंग र दुर्व्यवहारका कारण हुने आत्महत्याका घटना खासै बाहिर नआएता पनि छिमेकि देश भारतमा यस्ता धेरै घटना सार्वजनिक भएका छन् | २०१३ मा प्रकाशित एउटा अनुसन्धानलाइ आधार बनाउने हो भने   २००५ देखि २००९ सम्ममा नेपाली प्रहरीमा २१७२ जनाले आत्महत्या गरेको घटना ( ४ – २१ उमेर समूह ) दर्ता भएको छ | जसमा उल्लेख भएका कारणहरुमा ३५ % घरेलु हिंसा , २४ % मानशिक हिंसा ,१५.८ % शैक्षिक असफलता र ८.७ असफल प्रेम सम्वन्ध रहेको छ | यो तथ्यांक ५ वर्ष पुरानो भएता पनि यसले हामीलाई बालबालिकाले गर्ने आत्महत्याको कारण अनुमान गर्न सजिलो भएको छ | पत्रपत्रिकामा आएका समाचारलाई आधार बनउने हो भने पछिल्लो समय शैक्षिक असफलताका कारण आत्महत्या गर्ने बालबालिकाको संख्या बढेको हामी अनुमान लगाउन सक्छौं |

समष्टिगत रुपमा आत्महत्याको कारण लाई हेर्ने हो भने आत्महत्या विशेषगरी आफन्तको मृत्यु, एकान्तपन, बिरामी , मानसिक असन्तुलन , असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता, , क्षणिक आवेग र मानशिक नैराश्यता आदिको कारणले उत्पन्न हुन्छन । आत्महत्या गर्ने मानिसको उद्देस्य जीवनको अन्त्य नभएर पीडाबाट मुक्ति हुने गर्छ | बालबालिकामा पनि यिनै कारणले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन |

परीक्षामा फेल हुनु, प्रेममा असफल हुनु हामीले झलक्क देख्दा देखिने कारणमात्र हुन् । ती देखिने कारण उत्पे्ररक मात्र हुन् ।यसका वास्तविक कारण भनेको मानसिक बिचलता नै हो | अधिकांस आत्महत्या योजना पुर्वक गरिएको हुन्छ | बालबालिकाको हकमा पनि त्यो लागु हुन्छ | साथीभाई , आफ्ना शिक्षक शिक्षिका परिवारका सदस्यलाई उनिहरुले कुनै कुनै रुपले संकेत प्रधान गरेका हुन्छन | ती लक्षणको पहिचान गरि उनिहरुका समस्याको निराकरण गर्ने र जीवनको मूल्य बुझाउन सक्ने हो भने आत्महत्या नियन्त्रण गर्न सकिन्छ |

कतिपय देशमा बालबालिका र युवाहरुलाई लक्षित गरि चौबिस घन्टे नि:शुल्क परामर्श सेवा संचालन गरिएको हुन्छ | यो सेवा निकै प्रभावकारी भएको पाईएको छ | नेपालमा पनि त्यस्तो सेवाको सुरुवात हुनु आवश्यक रहेको छ | सरकारी क्षेत्रबाट नै त्यो पहल भएमा यस्तो सेवालाई दिगो रुपमा संचालन गर्न सकिने थियो | यसै गरि बालबालिकासंग प्रत्यक्ष सम्बन्ध हुने शिक्षक शिक्षिकालाई पनि आत्महत्या नियन्त्रण र पहिचान जस्ता विषयमा तालिम दिन सके यसले पनि बालबालिकाको आत्महत्या नियन्त्रणमा ठुलो भूमिका खेल्ने विश्वास गर्न सकिन्छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s