खोइ हाम्रो गोपनियता ?

डा. विजय ज्ञवाली

– केहि समयअघि एउटा गैर सरकारी संस्थामा आश्रीत हिंसा पिडित बालबालिका कोरियामा एउटा खेल कार्यक्रममा गएको समाचार नेपालका पत्रपत्रिकामा छापियो | समाचारमा ती बालबालिकाको फोटो पनि छापियो | यौनजन्य हिंसा पीडित पनि भनिएका ती बालबालिकालाई त्यसरी सार्वजनिक गर्नु ठीक या बेठीक भन्ने कुरा कसैले सोचेन | त्यो क्रममा उक्त कार्यक्रममा भाग लिने एक जना बालिकाको बारेमा सेतोपाटीमा लेख छापियो | सामुहिक बलात्कारको शिकार भएकी बालिकाले प्रबेशिका परीक्षा पास भएको खुसिमा लेखिएको लेखमा उक्त बालिकाको फोटो पनि राखिएको थियो | | खुसीको समाचार छाप्ने कसैले पनि सोचेन यसरी फोटो समेत छाप्दा भविश्यमा उनलाई कति असर गर्ला | अत्यन्त राम्रो काम गरेकी समाजसेविले लेखेको उक्त लेख राम्रो उदेस्यले लेखिएको भएता पनि उक्त लेखले ती बालिकाको गोपनियतालाई सम्मान गर्न सकेन |

– केहि हप्ता अगाडी एक जना प्रसिद्ध राजनीतिक व्यक्तिको घरमा दुइ नाबालकले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भयो | सुरुमा सुनुयोजित मानिएको उक्त घटना पछि आत्महत्या प्रयासको घटनाको रुपमा आयो | आत्महत्याको प्रयास गरेको घटनालाई नेपालका सबै प्रमुख मिडियाले प्राथमिकतामा राखे | त्यो क्रममा नेपालीका केहि अग्रणी अनलाइन पोर्टलले उनिहरुको फोटो समेत राखेर ब्रेकिङ्ग समाचार बनाए | आत्महत्या प्रयास जस्तो गम्भीर विषयमा उनीहरुको गोपनीयताको सम्मान गरिएन | यसरी उनीहरुको परिचय र फोटो समेत बाहिर आउँदा उनीहरुलाई समाजमा पुनर्स्थापना हुन कति असहज भयो होला |

-काभ्रे जिल्लामा भर्खर मात्र आफनै बाबु र हजुरबुबाबाट बलात्कृत बालिकाको घटना सार्वजनिक भयो | उक्त घटनाको बारेमा यहि भांद्र १४ मा कान्तिपुरले एउटा फिचर छापेको छ | पिडितको अनुहार छोपिएको उक्त फिचरमा ठेगाना, बाबुको नाम र अन्य पारिवारिक सूचना खोलिएको छ | फोटो छाप्दा गोपनीयता रक्षा हुन्छ भन्नेले पूर्ण ठेगाना र अन्य पारिवारिक विवरणले पनि परिचय खुल्छ भन्ने कुरामा होस् नगरेको पाइयो |यति गम्भीर विषय अन्य पत्र पत्रिकामा ठेगाना, पारिवारिक विवरण, स्कूलको जानकारी लगाएत विवरण प्रष्ट खुल्ने गरि लेखिएको छ |

यी माथि दिएका केहि उधाहरण मात्र हुन | यस्ता समाचार यहाँ दिनहुँ आउछन जसमा पिडितको गोपनीयतालाई सम्मान गरिएको हुँदैन |मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १२ ले व्यक्तिको सम्मान, ख्याती, निजको आवास, परिवार तथा पत्राचारको गोपनीयताको अधिकारलाई सुनिश्चितता प्रदान गरेको छ । त्यसैगरी राजनितिक अधिकारको अन्तराष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १७, वाल अधिकार सम्बन्धी महासन्धी १९८९ को धारा १६ ले पनि गोपनियताको अधिकारलाई व्यक्तिको अधिकारको रुपमा लिएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २८ ले कानूनले तोकिएको अवस्थामा वाहेक व्यक्तिको जीउ, आवास, सम्पति, लिखित, तथ्यांक पत्राचार, चरित्र सम्बन्धी गोपनीयताको हक अतिक्रमण नहुने गरी प्रत्येक नागरिकलाई गोपनीयताको हक प्रदान गरेको छ ।

मनोबैज्ञानिक र सामाजिक प्रभाव

गोपनीयता भन्ने विषयमा कानुन र पत्रकारिता भित्र एउटा छुट्टै अध्याय होला , म त्यो विषयको ज्ञाता नभएकोले त्यसमा प्रवेश गरिन | मनोविज्ञान मेरो विषय भएकोले त्यहि सेरोफेरोमा बसेर चर्चा गर्न गइरहेको छु |

बिनिता ( नाम परिबर्तन ) कक्षा ६ कि बिद्यार्थी हुन | उनको पढाई राम्रो थियो | एक दिन उनको घरमा एउटा अप्रिय घटना घट्न गयो | उनकी आमाले घरायसी समस्याका कारण आफ़्नो जीवनको अन्त्य गरिन | जुन समाचार छिमेकिको भनाइलाई आधार बनाएर एक पत्रकारले आमाको आत्महत्या कारण परिवारको बिचल्ली भनेर समाचार बनाई दिए | परिचय खुलाई छापिएको उक्त समाचारले गर्दा बिनिताप्रति समाजका व्यक्तिले अस्वाभाविक स्नेह प्रकट गर्न थाले | स्कूलमा साथीले फरक दृष्टिकोणले हेर्न थाले | सानो बजारमा भएको उक्त घटनाका कारण उनी बजारमा हिड्दा उनलाई सबैले भिड जम्मा गरेर हेर्न थाले|घटनाको ३ महिना पछि स्वास्थ्य शिविर संचालनको क्रममा उनका बुबा मार्फत उनीसंग भेट हुँदा उनिमा केहि मनो-स्वास्थ्य समस्याका केहि लक्षण देखा परिसकेका थिए र उनी स्कूल जान छोडेको ४५ दिन भएको थियो | केहि दिनको लागि गएका हामीबाट उनको उपचार सम्भव नदेखिए पछि उनलाई बाल मनोबिज्ञको परामर्शको लागि रिफर गरिएको थियो | हेर्दा अन्त्यन्त सामान्य लाग्ने लगभग ५ वर्ष अघिको यो घटनाले समाचार अथवा लेखमा पिडितको गोपनीयता संरक्षण नहुँदा कस्तो परिस्थितिको सिर्जना हुन्छ भन्ने कुरा प्रष्ट पार्छ |

यौन हिंसा ,बलात्कार , चारित्रिक हिंसा , आत्महत्या प्रयास जस्ता विषयमा व्यक्तिको गोपनीयतालाई सम्मान नगरी लेखिने लेख, समाचारले पिडित र उसको परिवारलाई पार्ने मनोवैज्ञानिक र सामाजिक असर दीर्घकालीन हुन्छ | अझ हाम्रो जस्तो समाज, जहाँ अपराधी भन्दा पिडितले बढी मानसिक र सामाजिक दबाब र घृणाले प्रताडित हुनु पर्ने अवस्था छ त्यहाँ सम्बन्धित निकायले सामाजिक उत्तरदायित्व बहन नगरि दिंदा पीडा झन् बढेर जान्छ |कतिपय अवस्थामा घटना अनुसार तस्विर सहित समाचार लेख्दा पिडितको पक्षमा राम्रो जनमत खडा हुन सक्छ तर यसले दीर्घकालीन रुपमा पिडितलाई समाजमा पूनर्स्थापित हुन धेरै गार्हो हुन सक्छ |बालबालिकाको विषयमा अझ गम्भीरता अपनाउनु पर्ने हुन्छ | बालबालिकाहरुलाई कुन कुरामा गोपनीयता कायम हुनुपर्छ भन्ने कुरामा जानकारी हुदैनन् | उनीहरुको गोपनीयताको रक्षा गर्नु अभिभाबक र समाजको कर्तब्य हो |यो बिसयको गम्भीरता सबैले बुझ्नु अत्यन्त आबश्यक छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s