चाडपर्बमा बढेका आत्महत्याको बारेमा

चाड पर्ब सबैको लागि रमाइलो हुने पर्ने तर यो पल्टको दसैँ सबैको लागि राम्रो भएन | दशैँको सेरोफेरोमा १८ जना नेपालीले आफ्नो जीवनको अन्त्य गरेका छन् | मोरंग , नुवाकोट , बर्दिया र दांग जिल्लाबाट आएका समाचार अनुसार अधिकांस घटना टिकाको दिन भएका छन् | चाडपर्बको रमाइलोमा हुने आत्महत्याको कारण धेरै हुन सक्छन तर यसले मुख्यतया २ वटा कारणलाई सकेत गर्छ | पहिलो चाडपर्बको भड्किलो माहोलमा गरिबीका कारण आत्महत्या गर्नेको सख्या बढेको देखिन्छ | अर्को कारणमा सामाजिक र पारिवारिक सम्बन्ध को गडबडी , चाडपर्व सम्बन्ध विकास गर्ने समय भएता पनि कमजोर सामाजिक र पारिवारिक सम्बन्ध भएकाहरुले त्यसलाई ब्यबस्थित गर्न नसक्दा चाडपर्बमा हुने एक्लोपनको कारण आत्महत्याको बाटो रोजेको देखिन्छ |चाडपर्वको बेला आत्महत्या बढ्ने घटना नेपालमा मात्र होइन अन्य मुलुक मा पनि देखिन्छ | पश्चिमी मुलुकमा क्रिसमसको बेलामा आत्महत्या बढेको तथ्य विभिन्न अनुसन्धानले देखाएको छ | नेपालमा यस सम्बन्धि छुट्टै अनुसन्धान गरिएको नभएता पनि चाडपर्बको बेलामा हुने यस्ता घटना बढ्नु सबैको लागि चिन्ता को बिसय हो |हाम्रा चाडपर्वहरुको सास्कृतिक पक्ष धेरै बलियो हुदा हुदै पनि आजकल चाड पर्बहरु मानिसको आर्थिक स्तरको मापन गर्ने र प्रदशन गर्ने चाडपर्बको रुपमा बिकाश हुदै गएका छन् | त्यो अत्यन्त दुखद छ | चाडपर्ब भनेका सबैको निम्ति दुख भुलेर खुसि हुने अवसरको रुपमा आउनु पर्छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s