मानसिक स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

जापानमा विगत केहि वर्ष देखि नेपाली समुदायको संख्या बढ्दै गएको कुरा सर्वविदितै छ | पछिल्ला दिनमा जापानबासी हामी नेपालीहरुमा पनि केहि समस्या देखिन थालेको छ | व्यस्त जीवनशैली, विविधता र अन्य विविध समस्याका कारण विभिन्न प्रकारका मानसिक समस्या बढ्दै गरेको अनुभूति सबैले गर्दै आएका छौं |यसै क्रममा जापानमा भएका नेपालीहरुद्वारा आफ़्नो जीवनको अन्त्य गरेका घटना पनि बढ्दै गएको कुरामा हामी अनभिज्ञ छैनौं | यहि क्रमलाई मध्ये नज़र गर्दै बिदेशी भुमिमा मानसिक स्वास्थ्य निराकरणको लागि अभियान अन्तर्गत   मातृभूमिका लागि युवा अभियान ,जापान शाखाले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मानशिक स्वास्थ्य अन्तरक्रिया कार्यक्रम गरेको छ | महामहिम डा. मदन कुमार भट्टराईको प्रमुख आतिथ्यमा सपन्न उक्त कार्यक्रममा मनोबिज्ञ डा . विजय ज्ञवालीले आफ़्नो विशेष प्रस्तुति मार्फत मानशिक स्वास्थ्यका विविध पक्षको बारेमा जानकारी दिएका थिए | झन्डै २ घण्टा लामो आफ़्नो प्रस्तुति दिएका डा . ज्ञवालीले केहि भिडिओको प्रयोग र विभिन्न रमाइला अनुभवका साथमा रोचक ढंगले प्रस्तुति दिएका थिए | कार्यक्रम संस्थाका अध्यक्ष सुजन पन्तको सभापतित्त्वमा सम्पन्न भएको थियो | समारोहमा ट्रेनको लिगमा खसेकी जापानी महिलालाइ साहसिक उद्दार गरि नेपालीहरुको गरिमा बढाएका साहसी नेपाली अनुजराज कार्कीलाइ सम्मान गरिएको थियो | साथै संस्थाका उपाध्यक्ष धर्मराज सेडाई स्वागत भाषण गरेका भने बिष्णु भण्डारी र संगीता अधिकारीले संस्थाको प्रगति विवरण पेश गरेका थिए | कार्यक्रममा एनआरएन आइसिसिका सदस्य भुषण घिमिरे र पूर्व सदस्य किरणबिक्रम थापाले आफ़्नो भनाइ राखेका थिए |कार्यक्रम मुक्तिबाबु सुबेदी र संगीता अधिकारीले संचालन गर्नु भएको थियो |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s