कोरिया भाषा परीक्षामा ५८ हजारभन्दा बढीले २४ अमेरिकी डलरवापतको रकम तिरेर आवेदन भरेका थिए। जुन लगभग १४ करोड १० लाख ४८ हजार रुपैयाँ हुने रहेछ । तर पास भए जम्मा ३ हजार ६६३ जना। पास भएका सबै कोरिया जाने ग्यारेन्टी छैन | १४ करोडको लगानी हुदा नि ३००० हजारको जागिरको ठेगान छैन |
सरकारले सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ६ सय ६३ उत्तीर्ण भएका छन्। औद्योगिक क्षेत्रका लागि २ हजार ७ सय ६८ अर्थात ९ प्रतिशत परीक्षार्थी र कृषि क्षेत्रको लागि ८ सय ९५ अर्थात ३.२ प्रतिशत जना पास भएका छन्।उत्तिर्ण हुनेमा पुरुष ३ हजार ४ सय ६३ रहेका छन् भने २ सय महिला रहेका छन्। रोजगारका लागि पाँचौँ भाषा परीक्षामा ६२ हजार ५ सय १४ जनाले आवेदन फारम भरेका थिए। अघिल्लो वर्ष भाषा परीक्षामा ७ सय १५ महिलासहित ८ हजार ५१ जना उत्तीर्ण भएका थिए।
यत्रो लगानी हुदा पनि पास भएका सबै कोरिया जान पाउने चाही होइनन | पुन उनीहरु ले अर्को सिप परीक्षा पनि पास गर्नु पर्छ | १४ करोड लगानी को लागि सानो रकम होइन यदि राज्य ले यो लगानी उचित ठाउमा प्रयोग गरेको भए सायद ति युवा ले नेपाल मै राम्रो काम पाउने थिए कि ?
( फोटो साभार =पहिलो पोस्ट )