आत्महत्या नियन्त्रण हाम्रो साझा सरोकार

नेपाल यति बेला एक सफल निर्देशकको आत्महत्या भनिएको घटनाले तरंगित भएको छ | विशेष गरि एउटा सफल निर्देशकको रुपमा युवापुस्ता माझ ख्याती कमाएका युवा निर्देशकको अन्त्यले चर्चा पाउनु स्वाभाविक हो | तर पनि यससंग जोडिएको संवेदनशीलतालाइ मध्येनज़र नगरी उनको कर्म भन्दा मृत्युबरणको गलत शैलीलाई प्राथमिकता दिंदा यसले समाजलाइ गलत बाटोमा लैजान सक्छ | उनका हजारौ प्रशंसक छन् जसले उनको कार्यलाइ आदर्श मानेका छन् ती प्रशंसकहरुको बिचमा उनको आत्महत्याको समाचारले गलत मार्ग तिर डोराउने सम्भावना हुन्छ | नेपालमा यस्ता घटना निकै कम भएता पनि विश्वमा यसका धेरै उधाहरण छन् | आत्महत्या बिज्ञानका अनुसन्धानकर्ता डा. सिमोन स्ट्यकले गरेको एक अनुसन्धान अनुसार चर्चित व्यक्तिको आत्महत्याको कारण १४ प्रतिशत सम्म आत्महत्या बढेको पाइएको छ | तसर्थ यस्ता घटनाहरुको समाचार सम्प्रेसनमा मिडियाको विशेष भूमिका रहन्छ अझ नेपाल पत्रकार महासंघले नै यस्ता विषयवस्तु सम्बन्धि समाचारको आचार संहिता लागु   गर्नु पर्ने देखिन्छ |

आत्महत्याको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने २०१२ मा भएका आत्महत्याको ७५ प्रतिसत भाग हाम्रो जस्तो विकाश्वन्मुख देशमा भएको छ | तसर्थ हामी आत्महत्याको उच्च जोखिम क्षेत्रमा छौं | प्रत्येक दिन सरदर १५ जनाले आत्महत्या गर्ने हाम्रो मुलुकमा यो समस्या कुन रुपमा हाम्रो छिमेक र घर सम्म आइपुग्छ भन्न सकिदैन | तसर्थ यो समस्या हाम्रो साझा समस्या हो |

के हुन सक्छ कारण ?

आत्महत्याको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने २०१२ मा भएका आत्महत्याको ७५ प्रतिसत भाग हाम्रो जस्तो विकाश्वन्मुख देशमा भएको छ | तसर्थ हामी आत्महत्याको उच्च जोखिम क्षेत्रमा छौं | प्रत्येक दिन सरदर १५ जनाले आत्महत्या गर्ने हाम्रो मुलुकमा यो समस्या हामी सबैको साझा समस्या हो | आत्महत्याको कारण जति सरल देखिन्छ त्यति सरल हुदैन | यो अन्त्यन्त जटिल प्रक्रियाको उपज हो | जसमा एउटा मात्र कारणले भूमिका खेलको हुन्छ भन्न सकिदैन | हाल सम्म यो क्षेत्रमा जति अध्ययन र अनुसन्धान भएका छन् ति सबैको निचोड अनुसार यो एउटा मानव मनोविज्ञान भित्रको जटिल अन्तर्द्वन्दको उपज हो | यस अर्थमा मानशिक समस्या नै आत्महत्याको प्रमुख कारण हो | जसमा अन्य सामाजिक , आर्थिक , पारिवारिक समस्याले   उत्तप्रेरक भूमिका निर्वाह गरि रहेका हुन्छन | नेपालमा आत्महत्याको कारणको बारेमा धेरै अध्ययन हुन नसकेता पनि जति अध्ययन भएका छन् त्यसको आधारमा भन्ने हो भने समय मा उपचार हुन नसकेको मानशिक समस्यालाइ आत्महत्याको प्रमुख कारण मान्न सकिन्छ | यस बाहेक जिर्ण रोग, आफन्तको मृत्यु, बढ्दो एकल जीवन , बैदेशिक रोजगारका सामाजिक असर , असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता, धार्मिक भावना, क्षणिक आवेग,दाइजो प्रथा जस्ता पक्षलाइ नेपालमा हुने आत्महत्याका कारणको रुप लिन सकिन्छ | पछिल्ला वर्षमा सामाजिक र राजनीतिक अन्योलता कारण बढेको डिप्रेसनको कारण अबका केहि वर्ष नेपालमा आत्महत्या अझ बढ्न सक्ने अनुमान लगाउन सकिन्छ |

आत्महत्याका पूर्व सकेत

प्रत्येक आत्महत्याका घटना क्षणिक आवेगमा आएर गरेको जस्तो देखिएता पनि ,यो आत्महत्याको बारेमा ब्याप्त भ्रम मात्र हो |अधिकांस आत्महत्याहरु योजना बद्ध रुपमा भएका हुन्छन | एक अध्ययन अनुसार आत्महत्याका घटनामा ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् ।उनिहरुले आफ्नो समाज परिवार साथीभाई संग ती   संकेत कुनै न कुनै मध्यमबाट प्रस्तुत गरेका हुन्छन | आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै उसको खुसि हुने   इच्छासमेत गाँसिएको हुन्छ । आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नुपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् । सहानुभूतिको आशा गरिरहेका हुन्छन् । उनीहरुको यो इच्छालाई बुझन सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ । मनको कुरा बुझ्न सकियो भने बचाउन सकिन्छ । आत्महत्या गर्नेको उदेस्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पीडाको अन्त्य गर्नु हो | पीडा अन्त्यको लागि उसले त्यो बाटो रोजेको हुन्छ | यदि उसले आफ्नो पीडा कसैलाई सुनाउने वातावरणको सिर्जना गर्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ | तसर्थ आत्महत्या गर्न चाहने व्यक्तिले गरेको संकेत बुझ्न सकियो र त्यसलाई गम्भीरता पुर्वक लिन सकियो भने आत्महत्या नियन्त्रण गर्न सकिन्छ |

आत्महत्या नियन्त्रणको क्षेत्रमा हाम्रो समस्या

नेपालमा आत्महत्या नियन्त्रणमा सबै भन्दा ठुलो समस्या भएको तथ्यांकको अभाव हो | नेपालमा भएको तथ्यांक अहेले पूर्ण रुपमा नेपाल प्रहरीको तथ्यांकमा निर्भर छ | नेपालमा मृत्यु दर्ता आवधिक गर्ने नियम भएता पनि यो पूर्ण रुपमा लागु हुन सकेको छैन तसर्थ प्रहरीमा आइपुग्ने आत्महत्याका घटना बाहेकका घटना तथ्यांकमा समावेश हुन सकेको छैन | आत्महत्याको प्रयासका घटनाको बारेमा हामी संग कुनै तथ्यांक नै छैन | साधारणतया पूर्ण आत्महत्या गर्नेको संख्या भन्दा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुना बढी हुने अनुमान लगाउने गरिन्छ | ठोस आधारको अभावमा यसको गम्भीरताको मापन भनेको पत्र पत्रिकामा छापिने समाचार मात्र हुन | अर्को समस्या भनेको सरकारी कार्ययोजनाको अभाव हो | कुल बजेटको मुस्किलले ७ प्रतिसत प्राप्त हुने स्वास्थ्य बजेटमा मानशिक स्वास्थ्यमा प्राप्त हुने बजेट भनेको सम्वन्धित कर्मचारीको तलब र प्रशासनिक खर्च मात्र हो | कुनै पनि अनुसन्धान सरकारी तर्फबाट हुन सकेको छैन | भएका केहि सिमित नीति नियम भनेका कागजी उपलब्धिमा सिमित छन् |

मानसिक रोगको बारेमा जनमानसमा रहेको मिथ्यालाइ अर्को समस्याको रुपमा लिन सकिन्छ | पढेलेखेका व्यक्ति समेतले आत्महत्यालाई व्यक्तिगत कायरताको रुपमा लिने गरेको देखिएको छ | आत्महत्या भनेको एउटा मनोरोग हो यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा जनमत छैन | सामान्य ठेस लाग्दा हतारिएर अस्पताल पुग्ने व्यक्ति वर्षौं तनाब र दु :खि हुदा मनोविज्ञ सित पुग्दैन | नत उसलाई उसका साथी र परिवारले मनोविज्ञ सित जान सल्लाह दिन्छन | मानसिक रोग गरिबीको कारणले लाग्छ भन्ने परिपाटी रहेको छ | सामाजिक र आर्थिक रुपमा सम्पन्न हुनेलाई मानसिक रुपमा खुसि र स्वास्थ्य मान्नेको संख्या ठुलो छ | मेरो अनुभवमा नेपालमा बढेको आत्महत्या गरिबीसंग सम्बन्धित छैन | यो नितान्त हाम्रो सामाजिक मनोविज्ञान संग सम्बन्धित छ | समाज रुपान्तरणको उत्सर्गमा भएको हाम्रो समाजले यो क्षेत्रमा थप सचेतना नदेखाए अबका वर्षमा आत्महत्याको दृष्टिकोणले अझ घातक साबित हुने छन् |

अर्को मूल समस्या भनेको ग्रामिण क्षेत्रमा मानसिक स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव हो | जुन वास्तवमा हाम्रो स्वास्थ्य क्षेत्र कै समस्या हो | यो समस्यालाइ तत्काल सम्बोधन गर्ने हो भने अहिले ग्रामिण क्षेत्रको स्वास्थ्य धानेका ग्रामिण स्वास्थ्य कार्यकर्तालाइ परामर्स दाताको रुपमा परिचालित गर्नु पर्ने देखिन्छ | जसरि सुरक्षित मातृत्वको क्षेत्रमा उनिहरुको योगदान छ त्यसरी नै उचित तालिम प्रदान गर्ने हो भने आत्महत्या नियन्त्रणमा ठुलो सफलता हासिल गर्न सकिने देखिन्छ |

आत्महत्या नियन्त्रण गर्न सकिने समस्या हो | यसमा बाट पिडित हुन सक्ने व्यक्ति को पहिचान गर्नु हाम्रो प्रमुख चुनौती हो | त्यस्ता व्यक्ति हाम्रो समाज मा छन् भने उनि हरु को पहिचान गरि उनि हरु लाई मनोबिज्ञ सम्म पुराउने प्रयास गरौ | समाज , परिवार र आवश्यकता अनुसारको परामर्स उपचारले हामी आत्महत्यालाई रोकथाम गर्न सक्छौ |

साभार – पहिलो पोस्ट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s