बिदेशी भुमिमा आत्महत्या : गम्भीर समस्या

आत्महत्या नेपाली समाजको लागि अब नौलो बिषय भएन | उचित तथ्याकको अभाबमा आत्महत्याको वास्तविक गहिराही थाहा नभएता पनि प्रतेक दिन जसो पत्र पत्रिकामा आउने समाचारको आधारमा भन्ने हो भने यो समस्या अब नेपालीको जन स्वास्थ्य भित्रको गम्भीर समस्या भै सकेको सहज अनुमान लगाउन सकिन्छ | गत महिना बिश्व स्वास्थ्य सगठनको प्रतिबेदन सार्वजनिक भएको छ | उक्त प्रतिबेदन अनुसार सन् २०१२ मा ५५७२ जना नेपालीले आफ़्नो जीवन आफैले अन्त्य गरेका छन् | जस मध्ये ३१०४ जना पुरुष र २४६८ जना महिला रहेका छन | जस अनुसार प्रतेक दिन १५ जना नेपालीले आफ़्नो जीवनको अन्त्य गर्दा रहेछन | जनसख्यालाइ आधारमा आत्महत्या दर लाई हेर्ने हो भने आत्महत्या धेरै गर्ने देश मध्ये नेपाल आठौ स्थानमा पर्दछ | मृत्यु दर्ताको तथ्याक अबधिक गर्ने नियमको कडाईको अभाबमा यो सक्ख्या अझ बढी हुने अनुमान सहज रुपमा लगाउन सकिन्छ |

नेपालीहरुको आत्महत्याको एउटा फरक पाटोको चर्चा यो लेखमा गर्न खोजिदै छ | बैदेशिक रोजगार परबर्तन केन्द्रको तथ्याकका अनुसार बिदेशी भुमिमा हुने नेपालीको मृत्युको कारणमा आत्महत्या प्रमुख कारणमा पर्छ | पछिल्लो आर्थिक वर्षमा बिदेशी भुमिमा नेपाली कामदार ८८० जनाको मृत्यु भएकोमा ९१ जनाले आत्महत्या गरेका थिए जुन अघिल्लो वर्ष भन्दा १६ प्रतिशत बढी हो | पछिल्लो ७ वर्ष मा ३३७ जना नेपालीले बिदेशी भुमिमा आत्महत्या गरेका छन् जसको ५० प्रतिसत भन्दा बढीले पछिल्लो २ वर्षमा आत्महत्या गरेका छन् | बिदेशी भुमिमा कामदारको रुपमा जाने महिलाहरु सख्या पुरुसको तुलनामा निकै कम छ | त्यस अर्थमा बिदेशी भुमिमा हुने महिला कामदारको मिर्तु सख्या गत रुपमा पुरुषको तुलनामा कम देखिन्छ |वैदेशिक रोजगार विभागले गरेको ‘रोजगारीका लागि श्रम आप्रवासनको स्थिति प्रतिवेदन’मा पछिल्लो ६ आर्थिक वर्षमा ७९ महिलाको मृत्यु भएकोमा २६ जनाले आत्महत्या गरेको उल्लेख छ । जुन लगभग ३० प्रतिसत हुन आउछ | बिदेशी भुमिमा हुने आत्महत्याको १० प्रतिसत महिलाहरुको आत्महत्या हुने रहेछ |पछिल्लो माथि प्रसुत तथ्याकमा कामदारको सख्या मात्र उल्लेख छ | बिधार्थी र अन्य प्रयोजनको लागि बिदेश गइ जीवन अन्त्य गर्नेको शख्या यसमा उल्लेख छैन | लगभग ३५ हजारको सख्यामा नेपाली बसोबास गर्ने जापानमा पछिल्लो समय आत्महत्या का घटना बढी रहेका छन् | यी त उधाहरण मात्र हुन | उचित रोजगार र जीवनको खोजिमा बिदेसिने नेपालीहरुको आत्महत्याको समाचार आजकल लगातार रुपमा सुनिन थालेको छ | तर यसको रोकथामको कुनै पहल भएको देखिदैन | देशको अर्थिक मेरुदण्डको प्रमुख आधार बनेको रेमिटान्स भित्राउने लाखौ नेपालीको जन स्वास्थ्यको एउटा गम्भीर पाटोमा कसैको ध्यान गएको देखिदैन |

किन हुन्छ बिदेशी भुमिमा आत्महत्या ?

केहि नेपालीको लागि बिदेशी भुमि रहर होला तर अधिकांस नेपालीको लागि यो एउटा बाध्यता हो | उचित रोजगार र अवसरको खोजिमा बिदेश आउने नेपालीको पछाडी उसको पारिबारिक बिछोड र सामाजिक सुन्नता त साथै हुन्छ | त्यसमाथि आर्थिक रुपमा नि उ पिरोलिएको हुन्छ | अधिकांस नेपाली खोजेको र रिण लिएको पैसामा विदेश भित्रिएको हुन्छन | त्यस बाहेक पनि नया बाताबरण ,भाषा ,सस्कृति ,ब्यस्त जीवन जस्ता समस्या उनिहरुको जिबनमा एकै पटक आइपर्छ | बिदेशको जीवन आफुले सोचे जस्तो हुदैन | आफुले सोचे जस्तो र विदेशको जीवनमा मेल नखादा जीवनमा नैरास्य बढेर जान्छ | जसका कारण उनीहरुमा तनाब ,चिन्ता ,अनिद्रा,अरुचि ,पाचन समस्या जस्ता समस्याको सुरुवात हुन्छ | जुन समस्या लामो समय सम्म रहदा उनीहरुमा विभिन्न मानसिक समस्याको सुरुवात हुन्छ | अन्त्यमा उचित मार्ग दर्शन ,परामर्स र उपचार को अभावमा उनीहरु ले आत्मा हत्या जस्तो बाटो रोजेको देखिन्छ |

कसरी नियन्त्रण गर्न सकिएला ?

बिदेशी भुमिमा हुने आत्महत्या नियन्त्रणको लागि सबैको पहल को आबस्यक छ | झन्डै ३० लाखको हाराहारीमा बिदेशिएका नेपालीको यो समस्याको नियन्त्रण गर्ने प्रयासमा निम्न अनुसार कदम चल्नु पर्ने देखिन्छ |

विदेश आउनु पुर्ब को मानसिक र सामाजिक तयारी

बिदेश आउनु पूर्व जसरि उचित सिप सिकेर आउदा सजिलो हुन्छ | त्यसरी नै बिदेशी भुमिमा आउन सक्ने विभिन्न मानसिक र सामाजिक समस्याको उचित तालिम र तयारी गरेर आउन सकियो भने यसबाट बिदेशी भुमिमा हुन सक्ने आत्महत्या नियन्त्रण गर्न ठुलो सहयोग पुग्न सक्छ | जसको निम्ति यस सित सम्बन्धित सघ सस्था अथवा सरकारी क्षेत्रले उचित मापदण्ड सहितको कोर्स अथवा ट्रेनिंगको विकास गर्न सकिन्छ | जाने मुलुकको भाषा रहन सहन सस्कृतिको पुरा जानकरी लिएर मात्र विदेश जाने बाताबरण बनाउनु आबस्यक देखिन्छ |

परदेशी जीवन भित्रको तयारी मानसिक र सामाजिक तयारी

विदेश गइ सके पछि पारिबारिक बिछोडको पिडा ,आफ्नो समाज प्रतिको माया ,विभिन्न आर्थिक र सास्कृतिक पक्षका कारण पर्न सक्ने असरको बारेमा आफुले पनि बिसेस तयारी गर्नु आबस्यक छ | यसै गरि समन्धित देश मा रहेको दुताबासले पनि नेपालीलाई पर्न सक्ने मानसिक असरको बारेमा जानकारी दिन साथै मानसिक परामर्स उपलब्ध हुने ठाउँको जानकारीहरु उपलब्ध गराउनु पर्छ | एक्लो भएको जीवन बिरानो ठाउँमा कहिलेकाही निरस हुनु स्वभाबिक भएता पनि यदि बारम्बार आत्महत्या गरु जस्तो विचार आउछ भने त्यो अवस्थामा केहि कदम आफैले पनि चल्नु पर्छ |

– सक भर एक्लै नबस्ने ,परिवार र साथीहरुको निरन्तर सम्पर्कमा बस्ने |

– सकभर मन मिल्ने साथी सित बस्नु उचित हुन्छ |

-तपाई बिर्धार्थी हो भने तपाईको स्कुल अथवा बिस्वबिध्यालय मा परामर्स केन्द्र हुन सकछन त्यहाँ बाट उचित परामर्स लिने |

– आफुलाई लागेका कुरा अरुलाई खुलस्त भन्नु होस् | एक्लो अवस्थामा सोसिअल साइटहरुको सहारा लिने बाहिर घुम्न जाने खुला बाताबरणमा बस्ने गर्नुहोस |

– सकभर छिटो मनोविज्ञको सम्पर्कमा जाने | अधिकांस मुलुक मा फ्री टेलिफोन परामर्स केन्द्र हुनछन त्यहाँ बाट सल्लाह लिन सकिन्छ |

उचित अनुगमन र बाताबरणको विकास

देशको आर्थिक बिकासमा आधार बनेका नेपालीले यसरि बढ्दो रुपमा आत्महत्या गर्नु दुखत पाटो हो | यसको नियन्त्रणमा सबै गम्भीर हुनु पर्ने देखिन्छ | समन्धित विज्ञहरुले यस बिसयमा उचित अनुगमन र अध्ययन गर्नु आबस्यक छ | समन्धित देशमा भएका आत्महत्या रोकथामको क्षेत्रमा काम गर्ने सङ्ग सगठनलाई यो बिसयको जानकारी दिएर उनीहरुलाई पनि बिदेशिएकाका नेपालीको आत्महत्या नियन्त्रणमा सामेल गर्न सकियो भने यो समस्यालाई उचित रुपमा सम्बोदन   गर्न सकिनेछ | यसै गरि आजकल अधिकांस मुलुकबाट   बिधुतिय पत्र पत्रिका निस्कने गर्छन ति साइटहरुमा आत्महत्या नियन्त्रण ,मानसिक समस्याको जानकारी मुलक लेख र सामग्री राखेर जनचेतना फैलाउन सकिन्छ |

आत्महत्या कुनै अपराध होइन | यसको बारेमा खुलस्त कुरा र छलफल हुनु आबस्यक छ | मानसिक रोग बिसेसज्ञ अथवा परामर्स दाताको सहयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ |

(लेखक मनोबिज्ञ, साथै जापानमा रहेका नेपाली को लागि निशुल्क मनोबैज्ञानिक परामर्स सेवा को सयोजक )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s