समलिंगी पहिचान र मनोबिज्ञान

-डा.विजय ज्ञवाली,क्लिनिकल मनोविज्ञ-

विश्व प्रसिद्ध कम्पनि एप्पलका प्रमुखले आफु समलिंगी भएको घोषणा गर्दा विश्वले त्यसमा स्वाभाविक प्रतिक्रिया दर्सायो | त्यहि क्रममा नेपालमा २ वटा घटना सार्वजनिक भए जसमा एकजना प्रसिद्ध होटेलका प्रमुख समलिंगी यौन हिंसा गरेको कारण समातिए भने अर्को घटना एक जना प्रसिद्ध सेलिब्रेटीको आत्महत्या भनिएको घटनामा उनि समलिंगी हुनुलाई अप्रत्यक्ष रुपमा घटनाको सम्भावित कारणको रुपमा विश्लेषण गरियो | पुरुषले पुरुषलाई र महिलाले महिलालाई मन पराएर सेक्स पार्टनरका रूपमा चयन गर्ने ब्यक्ती लाई सम वा तेस्रोलिंगी भनेर बुझ्ने गरिएको छ । पछिल्लो समयमा समलिंगी/तेस्रोलिंगीलाई एलजिबिटी-लेस्बियन महिला समलिंगी, गे-पुरुष समलिंगी, बाइसेक्सुअल-उभयलिंगी सम्बन्ध, ट्रान्सजेन्डर-बहुलिंगी सम्बन्ध भनिन थालिएको छ ।कानुनी रुपमा अझै केहि अप्ठारा भएता पनि पछिल्ला केहि वर्षमा सर्बोच्च अदालतले गरेका समलिंगी अधिकार सम्बन्धि ब्याख्या र प्रगतिलाइ हेर्ने हो भने विश्वका अन्य मुलुकको तुलनामा नेपाल समलिंगी हरुको निम्ति स्वर्ग नै मान्दा हुन्छ | तर पछिल्ला यी दुइ घटनाले   नेपालको समलिंगी समुदायले भोग्नु परेको सामाजिक मनोबैज्ञानिक पक्षको फरक पाटोलाइ दर्शाउने प्रयास गर्दैछ |

लैंगिक पहिचानको व्यवस्थापन र मनोविज्ञान

समलिंगी सम्बन्धको बारेमा सबैभन्दा बुझ्नु पर्ने कुरा के भने यो एउटा प्राकृतिक रुपमा जन्मजात आउने यौन गुण हो | कोहि बन्न चाहेर समलिंगी बन्ने अथवा छोड्न चाहेर छोड्ने भन्ने विषय होइन | प्राकृतिक रुपमा आउने यो गुण कुनै रोग होइन न त कुनै मनोबैज्ञानिक बिचलन नै हो | नितान्त प्राकृतिक रुपमा देखिने यो गुण भएका व्यक्तिले स्वाभाविक रुपमा जिउन पाउनु पर्छ भन्ने मुद्दा नै अहिले यो विषयको प्रमुख मुद्दा हो | प्रारम्भिक दिनमा यसलाई रोगको रुपमा लिने समुदाय ठुलो थियो | सन् १९७३ डिसेम्बर १५ मै अमेरिकी मनोरोग चिकित्सा संघले पुरुषले पुरुष र महिलाले महिलालाई आफ्नो यौनसाथीका रूपमा चयन गर्न सक्छ भनेर घोषणा गर्दा यो विषयको मनोबैज्ञानिक पक्षले ठुलो चर्चा पाएको थियो | विश्व स्वास्थ्य संगठन र अमेरिकी मनोरोग चिकित्सा संघले समलिंगी सम्बधलाई मानसिक विकृतिको सूचीबाट हटाएर स्वाभाविक यौन सम्बन्ध र प्राकृतिक मानि सकेको छ | तर पनि केहि परम्परागत सोच , ज्ञान एवं संस्कारबाट प्रेरित व्यक्तिहरूले पुरानो मान्यतालाई छाड्न सकेका छैनन्। कतिपयले अझै यसलाई रोग र मानशिक विचलनको रुपमा ब्याख्या गरेको पाइन्छ | जुन एकदम गलत सोच हो |

एलजिबिटी आफैमा समस्या नभएता पनि यसको कारण भने विविध मानशिक र सामाजिक समस्या उत्पन्न हुन सक्छ | आफ्नो लैंगिक पहिचानलाई समयमा पहिचान गर्न नसक्दा अथवा पहिचानलाई समयमा स्थापित गर्न नसक्दा एलजिबिटीका व्यक्तिले भोग्ने मानसिक समस्या र तनावलाई यो समस्याको रुपमा लिन सकिन्छ / यस बाहेक पनि एलजिबिटीको बारेमा समाजमा व्याप्त भ्रमका कारण विभिन्न सामाजिक समस्या र नीति नियम र कानुनको अभावमा उनीहरुले भोग्ने तनावलाई मानसिक समस्याका रुपमा लिन सकिन्छ | यसै गरि एलजिबिटी   पहिचान स्थापनाको क्रममा गर्ने ट्रन्सप्लाण्ट र हर्मोन उपचारका क्रममा उनीहरुले मानसिक तनावको अवस्थाबाट ग्रसित हुनु पर्ने हुन्छ |

पछिल्ला अनुसन्धानले एलजिबिटीका मानसिक समस्याहरुमा डिप्रेसन, तनाव, र सामाजिक एक्लोपनलाई मुख्य रुपमा लिएको छ | नेपालमा यस सम्वन्धि अनुसन्धान गहन रुपमा नभएता पनि अन्य मुलुकको अनुसन्धानलाई हेर्ने हो भने अन्य वस्यक समूह भन्दा एलजिबिटी वस्यक समुहमा आत्महत्याको दर झन्डै ४ गुणा बढी रहेको पाइन्छ | सामाजिक तिरस्कार, पारिवारिक असहयोग, स्कुल र विश्वविद्यालयमा हुने मानसिक हिंसाका कारण उत्पन्न हुने मानसिक समस्याहरुलाई यसको प्रमुख कारण मानिएको छ |

समाधानका पक्ष

कानुनी र नीतिगत मुद्दामा समलिंगी समाजले पूर्ण अधिकार र न्याय पाउन बाँकि भएता पनि मूल रुपमा समलिंगी समुदायको अहिलेको प्रमुख चुनौती भनेको समलिंगी प्रति समाजमा रहेको भ्रम हो | जब सम्म हाम्रो समाजले उनीहरुलाई सहस्र रुपमा स्वीकार गर्न सक्दैन तव सम्म समलिंगी समाज प्रति मनोवैज्ञानिक र सामाजिक न्याय हुन सक्दैन | अहिले नेपालमा भै रहेका कतिपय परिदृश्य उदेक लाग्दा छन् / समलिंगी जनचेतनाको नाममा गाइजात्रा निकाल्ने ,बिकिनी कन्टेस्ट ,ब्युटी कन्टेस्ट गर्ने जस्ता गतिविधिले यो समलिंगी समाजलाई झन् समाजबाट टाढा राखेको अनुभूति भैरहेको छ | समलिंगी समाजलाई एउटा छुट्टै समाजका रुपमा विकास गर्ने क्रममा उनीहरुलाइ मजाकको पात्र बनाइएको छ | यो छुट्टै समाज नभएर हाम्रा परिवार भित्रका सदस्य हुन् भन्ने धारणाको विकास हुनु अन्त्यन्त आवस्यक छ | जसको निम्ति उनिहरुलाइ समाजबाट टाढा राखेर होइन समाज कै अभिन्न पक्षको रुपमा प्रस्तुत गरिनु पर्छ |

व्यवहारको पहिचानको बारेमा कतिपय अवस्थामा समलिंगी स्वयम नै स्पस्ट नहुन सक्छन | जुन अवस्थामा उनीहरुले आफुलाई समाज र परिवारबाट टाढा राख्ने प्रयाश गर्न सक्छन | अथवा उनीहरुको पहिचान प्रष्ट रुपमा परिवार र समाजको अगाडी खुल्न नसक्ने अवस्थाका कारण उनीहरु एक्लो बन्न जान्छन | त्यो अवस्थामा उनीहरुको समाज ,परिवार र स्कुलले बिशेष भूमिका खेल्नु पर्ने हुन्छ | उसको लैंगिक पहिचानको स्थापनामा राज्य ,परिवार, समाज र स्कुलले सहयोग गर्नु पर्छ | अझै पनि हाम्रो समाजमा धेरै एलजिबिटीका व्यक्तिहरु आफ्नो पहिचान लुकाएर बसेका छन् | जसको कारण उनिहरु एक्लो भएका छन् ,खुलेर आफ्नो पहिचान सहित बाहिर आउने स्थितिको सिर्जना भै नसकेको अवस्था छ | तसर्थ यस्ता व्यक्तिहरुको समस्यालाई स्वीकार गरेर उनीहरुलाई पनि उक्त समुदायको सदस्यको रुपमा सहस्र स्वीकार गर्ने समाजको आवस्यकता छ | लैंगिक पहिचानको स्थापनाको क्रममा एलजिबिटी समुदायका व्यक्तिहरु कठिन मानशिक र सामाजिक समस्याबाट गुज्रिनु पर्ने अवस्था आउन सक्ने सम्भावना हुनाले त्यो अवस्थामा उनिहरुलाई मनोबिज्ञ, परिवार, समाज र साथीभाईको जरुरि पर्दा आफ्नो तर्फ़बाट हौसला र सहयोग प्रदान गर्ने काम गर्न सक्यो भने उनीहरुको समस्याको निराकरण हुने विस्वास गर्न सकिन्छ |

LGBT

 (लेखक क्लिनिकल मनोविज्ञ हुन् उनले जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान अन्तर्गत निशुल्क टेलिफोन परामर्स सेवा सञ्चालन गरिरहेका छन् )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s