जापानको ओसाकामा मानसिक समस्याबारे गोष्ठी हुने

ओसाका । रोजगारी तथा अध्ययनको शिलशिलामा विदेशिएका नेपालीहरूमा देखिने गरेको मानसिक समस्याबारे जापानको ओसाकामा परामर्श गोष्ठी हुने भएको छ । जापानमा विगत केही वर्षदेखि नेपाली समुदायको संख्या बढ्दै गएसँगै मानसिक समस्या पनि बढिरहेको भन्दै परामर्श गोष्ठी गर्न लागिएको एनआरएन कान्साईले जनाएको छ ।जापानमा नेपालीहरुको संख्या बढ्ने क्रमसँगै नेपालीहरू विविध सामाजिक कार्यको सुरुवात र एक आपसमा हातेमालो गर्दै आएका छन् । व्यस्त जीवनशैली, विविध सामाजिक पृष्ठभूमि र अन्य विविध समस्याका कारण विदेशिएका नेपालीहरूमा विभिन्न प्रकारका मानसिक समस्या बढ्दै गरेको बताइएको छ ।मानसिक समस्याकै कारणा जापानमा भएका नेपालीहरुद्वारा आत्महत्याका घटना हुने गरेका छन् । सोही समस्यालाई मध्यनजर गर्दै कान्साईबासी नेपालीहरुको हितलाई ध्यानमा राख्दै बिदेशी भूमिमा हुने मानसिक समस्या र यसको निराकरणको लागि ओसाकामा एक दिने गोष्ठीको आयोजना गर्न लागिएको एनआरएन कान्साईले जनाएको छ ।
कार्यक्रममा जीवनशैली र मानसिक स्वास्थ्य, विदेशी भूमिमा हुने मानसिक समस्या र यसको निराकरण, तनाव व्यवस्थापनका आधारभूत पक्ष तथा आत्महत्या नियन्त्रण र हाम्रो भूमिका विषयमा छलफल हुनेछ ।कार्यक्रममा नेपालीहरुको मानसिक स्वास्थ्य र यसको महत्त्वलाई नियाल्दै विदेशी भूमिमा हुने मानसिक समस्या र यसको निराकरण सम्बन्धि अन्तरास्ट्रिय रुपमा सामाजिक अभियान चलाउँदै आएका र जापानबासी नेपालीहरुलाई सहयोग र सल्लाह प्रदान गर्दै आएका क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवालीले प्रशिक्षण दिने जनाइको छ । नि:शुल्क सहभागिताको प्रशिक्षण कार्यक्रम भएको र सिट सिमित भएकोले भन्दै यथासिघ्र सम्पर्क गर्न अग्रह गरिएको छ ।

सूचनाः
ओसाकामा मानसिक समस्याबारेको गोष्ठीमा सहभागिताके लागि सम्पर्क
सम्पर्क व्यक्ति:- नरेन्द्र बस्नेत (दिनेश)०९०-९१६९-८५५०
टिकाराम कंडेल ०९०-६६०७-२२९८ रमेशबाबु घिमिरे ०८०-५३०४-४४३६
मिति २०१५-०३- २३ तारिख, सोमबार
समय :-१५:३० बजेबाट
स्थान :-मिनातो कुमिन् सेन्टर बेन्तेंचो Jr Loopline र Subway Chuo Line बेन्तेंचो इस्टेसन बाट ५ मिनेट
news source – See more at: http://tokyonepal.com/2015/02/15/118413.html#sthash.RWH84o71.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s