निन्दनीय एसिड काण्ड अब नदोहरियोस

प्रवेशिका परिक्षाको तयारीमा रहेका अवोध बालिकाहरु प्रति लक्षित एसिड काण्डले यति बेला आम अविभावक वर्गमा चिन्ता छाएको छ | हाम्रा छोरीहरुको सुरक्षित जिउने अधिकारमा फेरी एक पटक प्रश्न चिन्ह लागेको छ | यो अपराधको बारेमा निन्दा गर्न म संग शव्द छैन | उनिहरुले उचित उपचार , न्याय र भविश्यमा उचित सम्मान सहित जिउन पाउनु पर्छ | यो प्रत्याभूति हामीले दिनु पर्छ | आफुलाइ राजनीतिक बिसय बस्तुमा मात्र केन्द्रित गरेका अधिकारकर्मी र बिधार्थी नेता यस्ता सामाजिक समस्यामा नबोल्नुले उनिहरुको बिगतको स्वार्थलाई पुस्टि गरेको छ |

एसिड काण्ड बिगतमा दोहारिएका थुप्रै उदाहरण छन् | भारतमा भएका बिगतका घटनालाई हेर्ने हो भने कतिपय ठाउमा यो कपी क्याट ( नक्कल गर्ने प्रवृति ) घटनाको रुपमा फैलिदै आएको देखिएको छ | जसरि एउटा आत्महत्याको घटनाले अन्य आत्महत्याको घटना बढ्न सक्ने सम्भावना रहन्छ त्यसरी नै एसिड प्रहार जस्ता घटनाहरुले पनि यस्तै घटनाहरु पून: दोहरिने सम्भावना रहन्छ | तसर्थ सरकारले यस्ता घटना निरुत्साहित गर्न खुला रुपमा हुने एसिडको बेचबिखनलाई तुरुंत रोक लगाउनु पर्छ | उचित संयन्त्र विकास गरि अन्य प्रयोजनको हकमा अनुसाशित रुपमा यसको बेचबिखन गरिनुपर्छ | संसार भरि प्रत्यक वर्ष यस्ता घटनाहरु १५०० देखि २००० सम्म हुने गरेको अनुमान यो विषयका बिज्ञहरुको छ | यसबाट पिडित हुने ८० प्रतिशत महिला र ३० प्रतिशत १८ वर्ष मुनिका बालिका हुने गरेको तथ्य रहेको छ | यस्ता घटनाबाट हुने पिडितको शारीरिक र मानशिक आघातलाइ कम गर्न सबैले पहल गर्नु पर्छ |

यस्ता प्रकारका घटनालाई निरुत्साहित गर्न समाज ,अविभावक , शिक्षकहरुले पनि विशेष पहल गर्नु आवश्यक छ | युवा वर्ग यस्ता आपराधिक कार्यमा संलग्न हुनुमा हाम्रो पनि कमजोरी रहन्छ | यस्तो निन्दनीय घटना नदोहोरियोस र हाम्रा छोरीहरु स्वतन्त्रता पुर्वक समाजमा हिड्न सक्ने वातावरण सदा कायम रहोस |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s