भारतीय किसानको आत्महत्यामा बृदि : २०१४ मा एक हजार एक सय नौजना किसानले आत्महत्या

नरेन्द्र मोदीले सत्ता सम्हालेको भारतमा आत्महत्या गर्ने किसान झनै बढेका छन् । सन् २०१३ तुलनामा सन् २०१४ मा भारतीय किसानको आत्महत्या दर २६ प्रतिशतले बढेको हो ।

भारतभर सन् २०१४ मा एक हजार एक सय नौजना किसानले आत्माहत्या गरेको जानकारी भारतीय कृषि राज्यमन्त्री मोहनभाइ कुन्दरियाले मंगलबार बसेको त्यहाँको लोकसभाको बैठकमा जानकारी गराएका हुन् ।

लोकसभामा सांसदहरुको प्रश्नको लिखित उत्तर दिँदै मन्त्री मोहनभाइले महाराष्ट्रमा मात्रै नौ सय ८६ जना कृषकले सन् २०१४ मा आत्महत्या गरेको जानकारी दिए ।

त्यसैगरी तेलंगनामा ८४ जना र झारखण्डमा २९ जना कृषकले आत्महत्या गरेका छन् । मन्त्री मोहनभाइले लोकसभामा दिएको जानकारी अनुसार सन् २०१३ मा आठ सय ७९ किसानले आत्महत्या गरेका घटना सार्वजनिक भएका थिए ।

सन् २०१२ मा एक हजार ४६ जना किसानले आत्महत्या गरेको जानकारी राज्य सरकारबाट आएको मोहनभाइको भनाइ थियो ।

लोकसभामा गराइएको जानकारी अनुसार त्यहाँका किसानले आत्महत्या गर्ने मुख्य कारणमा बाली नष्ट हुनु, खडेरी, सामाजिक तथा आर्थिक कारण र निजी कारण पनि रहेका छन् ।
Source -annapurnapost

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s