जापानमा नेपाली शरणार्थी : एक विस्लेषण

डा. विजय ज्ञवाली / जानुका खतिवडा

गत हप्ता जापानी सञ्चार माध्यमहरूमा जापानमा बढी रहेको नेपाली शरणार्थी आबेदन सख्याको बारेमा समाचार प्रमुखताका साथ प्रकाशित भए | जापान स्थित योमोरी पत्रिकाले जनाएअनुसार सन् २०१४ मात्रै १ हजार २ सय ९३ जना नेपालीले शरणार्थी हैसियतका लागि आवेदन दिएका थिए । हाल जापानमा लगभग ३८ हजार नेपाली रहेकोमा यहाँका पत्रिकाहरुले दिएको तथ्याकको आधार अनुसार लगभग १५ प्रतिसत नेपालीले शरणार्थीको लागि आबेदन दिएको देखिन्छ | सन् २००७ देखि नेपालीहरूले यसरी आवेदन दिने प्रवृत्ति बढेको हो । हालसम्म झन्डै ५ हजार नेपालीले आवेदन दिएको तथ्याक यहाँका मीडियाहरुले उल्लेख गरेका छन् | तर सरनार्थी हैसियत पाएकाको सख्या भने उल्लेख गरिएको छैन । जापान स्थित नेपाली राजदुताबासले पररास्ट मन्त्रालयलाइ यस सम्बन्धमा ध्यान आकर्षण गरेको कुरा नेपालका केहि पत्रिकाले छापेका छन् | जापानको कानुनी व्यवस्था अनुसार यहाँ शरणार्थी बन्न आवेदन दिएपछि प्रक्रिया टुंगिन लगभग २ वर्ष लाग्छ । आवेदनपछि सुरुको महिना छ महिना लुकेर, अनि पछि पूरा समय काम गर्न पाइन्छ | त्यो समय मा राम्रो काम पाएमा अन्य बिधार्थी भिसा अथवा प्रशिक्षार्थी कामदार भिसामा भन्दा बढी कमाई हुने सम्भावना रहन्छ | त्यहि कमाई अहिले शरणार्थी भिसाको निम्ति आकर्षणको प्रमुख कारण भएको छ | यस बाहेक बिद्यार्थी भिसा विभिन्न कारणले लम्बिन्न नसक्दा बिधार्थीहरुले पनि शरणार्थीमा आबेदन दिने चलन बढेको छ |यसरि जापानमा बढेको नेपाली सरनार्थी समस्या भित्र अन्य बिबिध पक्ष छन् | जसका कारण यो समस्या बढी रहेको छ | जसको बारेमा यो लेखमा बिस्लेसन गर्ने प्रयास गरिएको छ |

१ . जापानमा कामदार लाने प्रक्रिया असफल हुनु

इन्टरनेशनल ट्रेनिङ अपरेसन अर्गनाइजेसन मार्फत प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउन नेपाल र जापानबीच सन् २००३ मा सहमति भएको थियो । जिट्कोमार्फत कामदार पठाउने प्रक्रिया तुलनात्मक रुपमा अन्य मुलुकहरुको भन्दा बढी झन्झटिलो र भिसा आउने प्रक्रिया पनि ढिलो हुने हुदा जिट्कोमार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया सफल हुन सकेको छैन । यो प्रक्रियाबाट जापान आएकाहरु पनि हुने कमाई र कामको प्रकृतिमा सन्तुस्ट हुन नसक्दा आउनेहरु पनि शरणार्थी आबेदन तर्फ़ आकर्षित भएको देखिन्छ | यो प्रक्रिया बाट जापान आएकाहरुको समस्याको बारेमा हाल सम्म कुनै अध्ययन अनुसन्धान भएको छैन | यो प्रक्रियाको असफलता भित्रको मूल कारणको बारेमा जानकारी नहुदा नेपाली श्रम बजारको रुपमा जापान स्थापित हुन सकेको छैन | यदि यो प्रक्रियालाई सफल पार्ने हो भने काम कै लागि शरणार्थी हुनुपर्ने बाध्यताको अन्त्य हुने थियो |

२ . बिधार्थी भिसा भित्रका समस्या

जापानको बिधार्थी भिसा अन्य बिकशित देशको भिसा भन्दा तुलनात्मक रुपमा सजिलो रहेको छ | कुनै पनि भाषा परीक्षा अनिबार्य नगरिएको र कागजी प्रक्रियामा पनि खासै कडाई नगरेको कारण लगभग १० देखि १२ लाख खर्च गरेको भरमा जापान आउन सकिने भएकोले पछिल्लो समय जापान आउने बिधार्थीको सख्या बढेको छ | जापानले यसरि बिधार्थी भिसा सजिलो बनाउनुमा जापानको आफ्नै स्वार्थले पनि काम गरेको छ | जापानको जनसंख्यामा आइरहेको गिरावटका कारण यतिबेला जापानमा काम गर्ने उमेरका व्यक्तिको सख्यामा कमि आएको छ | बूढाबुढीको सख्या बढ्दै जानु बश्यकको सख्या घटेका कारण जापानको लागि बिधार्थी भिसामा आउने २० देखि ३० वर्षका बिधार्थी भनेको प्रयोग गर्न सजिलो कामदार साबित भएका छन् | जो हप्ताको कम्तिमा २८ घण्टा काम नि गर्छन र कमाएको पैसाको ठुलो हिस्सा जापानकै प्राबिधिक स्कूल अथवा बिस्व बिद्यालयमा बुझाउछन् |

यसरि बिधार्थी भिसामा आउने बिधार्थी मध्ये पछिल्लो वर्षमा शरणार्थीको आबेदन दिने बिधार्थीको सख्या बढेको छ | जसको कारण भनेको तोकिएको समय भन्दा बढी काम गर्नु र काम अनुसारको कर नतिर्नु प्रमुख रहेको छ | जापानले बिधार्थीको लागि प्रति हप्ता २८ घण्टा काम गर्न अनुमति दिन्छ | प्रति घण्टा २८ घण्टा काम गर्ने बिधार्थीले लगभग ९० हजार देखि १.१ लाख सम्म कमाऊछ | १० देखि १२ लाख खर्च गरेर आएको बिधार्थीले अर्को वर्षको भिसा लम्बाउनको निम्ति यहाँको बिद्यालयलाई कम्ति मा वर्षको ६ -९ लाख बुझाउनु पर्छ | टोक्योमा बस्ने एउटा बिधार्थीले दुख गरेर बस्दा नि निम्नतम मासिक ६५ हजार आफ्नो जीवनयापनमा खर्च गर्नुपर्छ | यस कारण यहाँका अधिकांस बिधार्थी कानुनले तोके भन्दा बढी काम गर्न बाध्य हुन्छन | यहाँको अध्यागमन बिभागले कहिले कहिँ भिसा लम्बाउने क्रममा कडा गरिदिनछन् जसको मारमा बिधार्थी पर्ने गर्छन | बिधार्थी भिसा यसरि लम्बिन नसक्दा नेपालको ऋण, नेपाल फर्केर बिरोजगर हुने डर र थोरै भएनी कमाएर फर्किने चाहनाका कारण उनि हरु शरणार्थीको लागि आबेदन दिन बाध्य हुन्छन |

३ . असफल कुटनीति

जापानमा पछिल्लो २ वर्षलाई हेर्ने हो भने यहाँ लगभग प्रतेक महिना नेपाल सरकारका उच्च पदाधिकारीको भ्रमण हुने गरेको छ | रास्टपतिको स्वास्थ्य उपचारबाट सुरु भएको क्रम पछिल्लो महिना सम्म अर्थमन्त्री र श्रम मन्त्रिको भ्रमणसम्म आइपुग्दा सम्म विधिगत रुपमा कुनै पनि भ्रमणमा यहाँको स्थानिय नेपालीको समस्याले प्रवेश पाएको थिएन | पछिल्लो शरणार्थी आबेदनको सम्बन्धमा भने जापान स्वयमको पनि चासो रहेको हुदा श्रम मन्त्रिको भ्रमणमा केहि कामदारको बिसयमा छलफल भएको जानकारी छ | बिगत लामो समय देखि नेपाल राजदुताबासको फोन नउठ्ने समस्याका कारण पटक पटक राजदुताबासको आलोचना हुने गरेको छ | फोन नउठ्ने समस्याको बारेमा राजदुताबाससंग तर्क सगत उत्तर पनि छ | बिगतमा १० हजार नेपाली हुदा पनि यहाँको राजदुताबासको कर्मचारी सख्या ३ थिए | अहिले ४० हजार नेपाली पुग्दा र एम. आर. पी. को चटारो हुदा नि यहाँको कर्मचारीको सख्या ३ नै रहेको छ | अब ति ३ जना कर्मचारीले दैनिक प्रसासनिक काम गर्ने कि ? मन्त्रिको भ्रमण तालिका मिलाउने कि ?एम. आर. पी. को चटारो समाल्ने कि फोनमा नेपाली को गुनासो सुन्ने ? यी सबै कुरा सुन्द्दा फोन नउठ्ने समस्या तर्क संगत लागे पनि बिगत २ वर्ष देखि समस्या समाधान नहुनु बिडम्बना पूर्ण छ | अब दैनिक कार्य गर्न कर्मचारी नपुग्ने बेलामा देशको पर्यटन बिकाशको गतिबिधि , बिद्यार्थीका समस्या समाधान , नेपाली कामदारका समस्या समाधान जस्ता बिसयमा राजदुताबासको भूमिका अपेक्षा गर्नु भनेको दिवा स्वप्न देख्नु बराबर नै भएको छ |

४ ) बिचौलियाको सक्रियता

शरणार्थीको सम्बधमा कडा नीति लिने गरेको जापानको सधै आलोचना हुनेगर्छ | जसकारण पछिल्लो केहि वर्ष जापानले शरणार्थी आवेदक को बारेमा केहि खुकुलो नीति लिएको थियो | जसको फाइदा केहि नेपाली बिचौलियाले लिन पाए | नेपालबाट नै शरणार्थीमा आबेदन दिने तयारीका साथ जापान भित्रिने नेपालीको सख्या बढेयो | यता थोरै तलब मा काम गर्न बाध्य प्रशिसार्थी कामदार र भिसाका समस्या भएका बिधार्थी हरु सित रकम असुलेर शरणार्थी हुन प्रेरित गर्ने नेपाली बिचौलियाहरु सक्रिय भए | काम खोजिदिने लगाएतका काम गरिदिने बिचौलिया कारण जापानमा नेपाली शरणार्थी आवेदक बढेर गए | यो क्रम अझै जारी छ | यो क्रमलाई रोक्न एन. आर .एन जस्ता सस्थाहरुले समन्धित निकाय सित पहल गर्न आबशेक थियो | बिसेष गरि कामदारको समस्यामा नेपालबाट आउने सरकारी पदाधिकारी मार्फत दबाब सिर्जना गर्ने , बिधार्थीहरुको निम्ति अवसरको निम्ति पहल गर्ने काम एन .आर .एन जापान मार्फत हुन सक्ने थियो तर प्राय निस्क्रिय भूमिकामा रहेको एन .आर .एन जापान बाट कुनै अपेक्षा गर्न सकिएन |

के गर्न सकिएला ?

जापान प्रसस्त अवसर भएको देश हो | यो अवसर लाइ सदुपयोग गर्न सके नेपाली को लागि यो राम्रो श्रम बजारको रुपमा बिकाश हुन सक्छ | अलि अलि काम गर्छु अनि पढ्छु भन्ने मध्यम बर्गीय बिधार्थीको लागि पनि जापानमा थुप्रै अवसर उपलब्ध हुन सक्छ | अझ यहाँको राजदुताबासले नेपाली बिधार्थीको अन्य कतिपय देशले गरे जस्तै करको दायेरामा केहि सहुलियतको लागि पहल गर्ने , विभिन्न निजि सरोकार केन्द्र सित छलफल गरि छात्रवृतिको अवसरलाई बढाउने काम गर्न सक्छ | कामदारको सुबिधाको बारेमा सरकारी पक्षबाट नै पहल हुनु जरुरि छ | पूर्ण कालिन कामदारको बारेमा जापान सरकारले नै आस्वासन दिइ सकेको अवस्थामा यस भित्रको अवसरको बारेमा अध्ययन अनुसन्धान हुनु जरुरि छ | जापान अध्ययन , काम र ब्यबसायको निम्ति अत्यन्त धेरै अवसर भएको मुलुक हो |

Untitled

(लेखक क्लिनिकल मनोविज्ञ हुन् उनले जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान सञ्चालन गरिरहेका छन्।लेखिका खतिवडा जापान मै समाजसेवा बिसयमा बिध्याबारिधि गर्दैछिन् )

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s