मार्च, टोकियो । विदेशिएका नेपालीहरूमा देखिने गरेको मानसिक समस्याबारे जापानको ओसाकामा परामर्श गोष्ठी सम्पन्न भएको छ । जापानमा विगत केही वर्षदेखि नेपाली समुदायको संख्या बढ्दै गएसँगै मानसिक समस्या पनि बढिरहेको परिप्रेक्षमा एनआरएन कान्साईको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा जीवनशैली र मानसिक स्वास्थ्य, विदेशी भूमिमा हुने मानसिक समस्या र यसको निराकरण, तनाव व्यवस्थापनका आधारभूत पक्ष तथा आत्महत्या नियन्त्रणमा हाम्रो भूमिका जस्ता बिबिध बिसयमा मानसिक स्वास्थ्य र आत्महत्या नियन्त्रण सम्बन्धि सामाजिक अभियान चलाउँदै आएका र जापानबासी नेपालीहरुलाई सहयोग र सल्लाह प्रदान गर्दै आएका क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवालीले प्रशिक्षण दिएका थिए । मानसिक स्वास्थ्य र आत्महत्या नियन्त्रण अभियानको निरन्तरताको रुपमा सम्पन्न उक्त्त कार्यक्रमलाइ एनआरएनका सयोजक नरेन्द्र बस्नेत (दिनेश) ले सहजीकरण गरेका थिए |
Photo – Purshottam Lamichane