बिरानो ठाउँमा धन कमाउन आएँ तर पैसा भन्दा मैले आफु एक्लो पाएँ …..

-डा.विजय  ज्ञवाली /जानुका खतिवडा ज्ञवाली

‘बिरानो ठाउँमा धन कमाउन आएँ तर पैसा भन्दा मैले आफु एक्लो पाएँ ” …..

“आमा मलाई यो जिन्दगि भारि भो” …..

केहि महिनाको अन्तरालमा जापान र कोरियामा भएका नेपालीको आत्महत्यामा आफ्नो जीवनको अन्त्य गर्नु पूर्व लेखिएका यी सुसाइड नोटका अंशहरुले बिदेशी भुमिमा भएका आम नेपालीको मनोदसालाई उजागर गर्छ | | बैदेशिक रोजगार प्रवर्दन केन्द्रको तथ्यांकका अनुसार बिदेशी भुमिमा हुने नेपालीको मृत्युको कारणमा आत्महत्या प्रमुख कारणमा पर्छ | पछिल्लो आर्थिक वर्षमा बिदेशी भुमिमा नेपाली कामदार मध्य ८८० जनाको मृत्यु भएकोमा ९१ जनाले आत्महत्या गरेका थिए जुन अघिल्लो वर्ष भन्दा १६ प्रतिशत बढी हो | पछिल्लो ७ वर्षमा ३३७ जना नेपालीले बिदेशी भुमिमा आत्महत्या गरेका छन् जसको ५० प्रतिशत भन्दा बढीले पछिल्लो २ वर्षमा आत्महत्या गरेका छन् | बिदेशी भुमिमा कामदारको रुपमा जाने महिलाहरुको संख्या पुरुषको तुलनामा निकै कम छ | त्यस अर्थमा बिदेशी भुमिमा हुने महिला कामदारको मृत्यु संख्या पुरुषको तुलनामा कम देखिन्छ |वैदेशिक रोजगार विभागले गरेको ‘रोजगारीका लागि श्रम आप्रवासनको स्थिति प्रतिवेदनमा पछिल्लो ६ आर्थिक वर्षमा ७९ महिलाको मृत्यु भएकोमा २६ जनाले आत्महत्या गरेको उल्लेख छ । जुन लगभग ३० प्रतिशत हुन आउँछ | बिदेशी भुमिमा हुने आत्महत्याको १० प्रतिसत महिलाहरुको आत्महत्या हुने रहेछ |पछिल्लो माथि प्रस्तुत तथ्यांकमा कामदारको संख्या मात्र उल्लेख छ | विद्यार्थी र अन्य प्रयोजनको लागि बिदेश गइ जीवन अन्त्य गर्नेको संख्या यसमा उल्लेख छैन | लगभग ३७ हजारको संख्यामा नेपाली बसोबास गर्ने जापानमा पछिल्लो समय आत्महत्याका घटना बढी रहेका छन् | पछिल्लो ३ वर्षमा जापानमा आत्महत्या गर्ने नेपालीको संख्या १ दर्जन पुगेको छ | कोरियामा सन् २००७ यता २८ जना नेपालीले आत्महत्या गरेको उल्लेख छ | यी त उधाहरण मात्र हुन | उचित रोजगार र पर्याप्त जीवनशैलीको खोजिमा बिदेसिने नेपालीहरुको आत्महत्याको समाचार आजकल लगातार रुपमा सुनिन थालेको छ | तर यसको रोकथामको कुनै पहल भएको देखिदैन | देशको आर्थिक मेरुदण्डको प्रमुख आधार बनेको रेमिटान्स भित्राउने लाखौं नेपालीको जन स्वास्थ्यको एउटा गम्भीर पाटोमा कसैको ध्यान गएको देखिदैन |

किन हुन्छ बिदेशी भुमिमा आत्महत्या ?

सर्बप्रथम आफ्नो मातृभूमि , समाज र परिवारलाइ चटक्क छोडेर बिरानो मुलुकमा आउनु आफैमा मनोबैज्ञानिक एक्लोपनको सुरुवात हो | एकाध नेपाली बाहेक अधिकांस नेपालीको लागि यो एउटा बाध्यता हो | उचित रोजगार र अवसरको खोजिमा बिदेश आउने नेपालीको पछाडी उसको पारिवारिक बिछोड र सामाजिक सून्यताको अतिरिक्त आर्थिक रुपमा पनि उ पिरोलिएको हुन्छ | अधिकांस नेपाली खोजेको र ऋण लिएको पैसामा विदेश भित्रिएको हुन्छन | त्यस बाहेक पनि नयाँ वातावरण ,भाषा ,सस्कृति ,व्यस्त जीवनशैली जस्ता समस्या उनिहरुको जीवनमा एकै पटक आइपर्छ | विदेशको जीवन आफुले सोचे जस्तो हुदैन | आफुले सोचे जस्तो र विदेशको जीवनमा मेल नखाँदा जीवनमा नैरास्य बढेर जान्छ | कतिपय अवस्थामा परिवार र साथीभाई संगको संचारमा समस्याको स्थिति आउँछ | जसका कारण तनाव ,चिन्ता ,अनिद्रा,अरुचि ,पाचन समस्या जस्ता समस्याको सुरुवात हुन्छ | जुन समस्या लामो समय सम्म रहंदा   विभिन्न मानसिक समस्याको सुरुवात हुन्छ | अन्त्यमा उचित मार्ग दर्शन ,परामर्श र उपचारको अभावमा उनीहरुले आत्महत्या जस्तो बाटो रोजेको देखिन्छ |मानसिक र सामाजिक रुपमा अतालिएको बेला उचित सहयोग नपाउनु नै बिदेशी भुमिमा हुने आत्महत्यको प्रमुख कारण हो |

कसरी नियन्त्रण गर्न सकिएला ?

बिदेशी भुमिमा हुने आत्महत्या नियन्त्रणको लागि सबैको पहल आवस्यक छ | झन्डै ३० लाखको हाराहारीमा बिदेशिएका नेपालीको यो समस्याको नियन्त्रण गर्ने प्रयासमा प्रवासमा रहेका हरेक आधिकारिक पक्षले भूमिका खेल्नु पर्ने देखिन्छ | विदेश आउनु पूर्व जसरि उचित सिप सिकेर आउँदा सजिलो हुन्छ , त्यसरी नै बिदेशी भुमिमा आउन सक्ने विभिन्न मानसिक र सामाजिक समस्याको उचित तालिम र तयारी गरेर आउन सकियो भने यसबाट बिदेशी भुमिमा हुन सक्ने आत्महत्या नियन्त्रण गर्न ठुलो सहयोग पुग्न सक्छ | जसको निम्ति यससंग सम्बन्धित संघ संस्था   अथवा सरकारी क्षेत्रले उचित मापदण्ड सहितको कोर्स अथवा ट्रेनिंगको विकास गर्न सकिन्छ | जाने मुलुकको भाषा, रहन सहन, संस्कृतिको   पुरा जानकरी लिएर मात्र विदेश जाने वातावरण बनाउनु आवस्यक देखिन्छ | परदेशी जीवन भित्रको तयारी, मानसिक र सामाजिक तयारीको बारेमा राम्रो तयारी गरेर मात्र विदेश जाने अवस्था निर्माणमा सरकारले महत्वपूर्ण भूमिका खेल्न सक्छ | देशको आर्थिक विकासमा आधार बनेका नेपालीले यसरि बढ्दो रुपमा आत्महत्या गर्नु दुखद पाटो हो | यसको नियन्त्रणमा सबै गम्भीर हुनु पर्ने देखिन्छ | सम्वन्धित   विज्ञहरुले यस विषयमा   उचित अनुगमन र अध्ययन गर्नु आवस्यक छ | समन्धित देशमा भएका आत्महत्या रोकथामको क्षेत्रमा काम गर्ने संघ संगठन जानकारी दिएर उनीहरुलाई पनि बिदेशिएकाका नेपालीको आत्महत्या नियन्त्रणमा सामेल गर्न सकियो भने यो समस्यालाई उचित रुपमा सम्बोधन   गर्न सकिनेछ | कतिपय मुलुकमा भाषा र इन्सुरेन्सको अभाबमा नेपालीहरुले राम्रो स्वास्थ्य सुबिधा पाइरहेको हुदैन तसर्थ राजदुतावासहरुले ति मुलुकमा रहेका सामाजीक संस्था सित मिलेर घुम्ती स्वास्थ्य शिविरको आयोजना गर्न सक्छन | गैर आवाशीय संस्थाहरुले पनि यसको निम्ति पहल गर्न सक्छन | यसै गरि आजकल अधिकांस मुलुकबाट   बिधुतिय पत्र पत्रिका निस्कने गर्छन ति साइटहरुमा आत्महत्या नियन्त्रण ,मानसिक समस्याको जानकारी मुलक लेख र सामग्री राखेर जनचेतना फैलाउन सकिन्छ |

आफैले के गर्न सकिन्छ ?

विदेश गइसके पछि पारिवारिक बिछोडको पीडा ,आफ्नो समाज प्रतिको माया ,विभिन्न आर्थिक र संस्कृतिक   पक्षका कारण पर्न सक्ने असरको बारेमा आफुले पनि विशेष तयारी गर्नु आवस्यक छ | नयाँ परिवेशको जानकारी नहुँदा थुप्रै अप्ठारो स्थितिको सामना गर्नु पर्ने हुन्छ | एक्लो भएको जीवन बिरानो ठाउँमा कहिलेकाही निरास हुनु स्वाभाविक भएता पनि यदि बारम्बार आत्महत्या गरूँ जस्तो विचार आउँछ भने त्यो अवस्थामा देहाय वमोजिम कदम आफैले पनि चल्नु सकिन्छ |

– सक भर एक्लै नबस्ने ,परिवार र साथीहरुको निरन्तर सम्पर्कमा बस्ने |

-आत्महत्यालाइ सहज बनाउने सामग्री जस्तै डोरी ,चक्कु विभिन्न औषधि आदि आफ्नो कोठामा नराख्ने

– सकभर सामाजिक गतिबिधिहरुमा आफुलाइ समाबेश गराउने प्रयास गर्नु पर्छ |मन र विचार मिल्ने साथीहरु सित निरन्तर सम्पर्कमा बस्ने गर्नु पर्छ |

-तपाई विधार्थी हो भने तपाईको स्कुल अथवा विश्वविद्यालयमा परामर्श केन्द्र हुन सक्छन त्यहाँ बाट उचित परामर्श लिने |

– आफुलाई लागेका कुरा अरुलाई खुलस्त भन्नु होस् | एक्लो अवस्थामा सोसिअल साइटहरुको सहारा लिने बाहिर घुम्न जाने खुला वातावरणमा बस्ने गर्नुहोस |

– आफ़्ना रुचिका विषयलाइ सधै खाली समयमा प्राथमिकतामा राख्नु पर्छ | कविता लेख्ने , घुम्ने, फोटो ग्राफी जस्ता कुरा सहयोगी सिद्ध हुन सक्छन |

– ध्यान र ब्यायामले तपाईको निराशालाइ कम गर्न मद्त गर्छ | ध्यान र ब्यायामका साधारण विधि यु टुब जस्ता माध्यमबाट पनि सिक्न सकिन्छ |

– सकभर छिटो मनोविज्ञको सम्पर्कमा जाने | अधिकांस मुलुकमा फ्री टेलिफोन परामर्श केन्द्र हुने हुँदा त्यहाँबाट सल्लाह लिन सकिन्छ |

आत्महत्या कुनै अपराध होइन | यसको बारेमा खुलस्त कुरा र छलफल हुनु आवस्यक छ | मानसिक रोग विशेषज्ञ अथवा परामर्श दाताको सहयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ |

(लेखक क्लिनिकल मनोविज्ञ हुन् उनले जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान सञ्चालन गरिरहेका छन्।लेखिका खतिवडा जापान मै समाजसेवा बिसयमा बिध्याबारिधि गर्दैछिन् )

mentalhealth

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s