भुकम्प पछिको मनोबैज्ञानिक तयारी

डा. विजय ज्ञवाली
क्लिनिकल मनोबिज्ञ
मुलुक यतिबेला अकल्पनीय पिडामा डुबेको छ | १० वर्ष लामो युद्दले दिएको मनोवैज्ञानिक त्रासको अन्त्य हुँदा नहुँदै मुलुकमा आएको विशाल भुकम्पका कारण हामी सबै स्तव्ध भएका छौं | अहिले सम्म झन्डै ८००० जनाको ज्यान लिएको यो भुकम्पले गर्ने मनोबैज्ञानिक क्षतिको तत्काल अनुमान लगाउन गार्हो भएता पनि निश्चित रुपमा यसले पार्ने मनोबैज्ञानिक क्षति कम हुने छैन | तसर्थ हामीले अब उद्दार र राहतका कार्यक्रमलाइ अगाडी बढाउदै मनोबैज्ञानिक रुपमा हुने क्षतिलाइ कम गर्न तयारी गर्ने समय आएको छ |
भुकम्प लगाएत अन्य विपत्तिले मानिसको जीवनमा सिर्जना गर्ने त्रास ,डर ,चिन्ता, पिडा निरासा आदि जस्ता संवेदनालाइ सन्तुलित र नियन्त्रण गर्न सकिएन भने यो लामो मनोबैज्ञानिक समस्याको रुपमा बढेर जान्छ | तसर्थ यस्ता मानवीय संवेदनालाइ सन्तुलित गर्नु अन्त्यन्त आवश्यक हुन्छ | भुकम्प पश्चात कतिपय व्यक्तिलाई बारम्बार भुकम्प आएको जस्तो महसुस हुने , झस्किने , तर्सिने ,टोलाउने जस्ता लक्षणहरु अनियन्त्रित हुने जस्ता समस्या देखिन सक्छन | कतिपय अवस्थामा यी भन्दा गम्भीर लक्षण पनि देखिन सक्छन | यस्ता लक्षणहरु अल्पकालीन अथवा दिर्घकालीन दुवै हुन सक्छन | बालबालिकाहरु थप जोखिममा पर्ने वर्गमा पर्दछन् | शारीरिक रुपमा केहि भएको छैन भनि उनिहरुको उचित मनोबैज्ञानिक पुनर्स्थापना गरिएन भने उनि हरुमा यसले पछि सम्म गहिरो असर पार्ने सम्भावना रहन्छ |
अझ भूकम्पमा आफन्त गुमाएका , शारीरिक असक्तता सिर्जना भएका अन्त्यन्त जटिल परिस्थितिमा उद्दार गरिएका व्यक्तिलाइ विशेष ध्यान दिनु पर्ने हुन् सक्छ | यो लेखमा प्रारम्भिक रुपमा हामीले हाम्रो परिवार र आफुलाई हुने मनोबैज्ञानिक क्षतिलाइ कम गर्न कसरि सक्छौ भन्ने बारेमा केहि बुंदामा प्रष्ट पर्न खोजिएको छ |

१. सकारात्मक सोच र सहज जीवनशैली
भुकप्पले उथुल पुथुल पारेको हाम्रो जीवनलाइ सहज र नियमित जीवनमा ल्याउने प्रयास गर्नुपर्छ | नियमित जीवन शैलीका आधारभूत पक्षलाई पहिला जस्तै संचालन गर्ने प्रयास गर्नुपर्छ | शारीरिक रुप सक्षम हुनु हुन्छ भने उद्दार तथा राहत कार्य कार्यक्रम , रक्तदान अन्य सामाजिक अध्यात्मिक कार्यमा आफुलाई संलग्न गर्न सक्नु हुन्छ | अहिलेको परिस्थितिमा बुझ्नु पर्ने भनेको तपाईंका अहिलेका समस्याहरु अस्थाई हुन |समयले तपाईका समस्यालाई कम गर्दै लाने छ | त्यसको निम्ति तपाईं आशावादी हुनु जरुरि छ | सकभर एक्लो नबस्नुस | तपाईं जस्तै समस्या परेका व्यक्ति र परिवार सित संबाद गर्नु होस् | समूहमा बस्ने आफ्ना विचार राख्ने र अरुका विचार सुन्ने गर्नुहोस | समूहमा गर्ने सामाजिक काममा लाग्नु होस् | टोलको सरसफाई , भत्किएका कोठा मिलाउने जस्ता कार्यमा एकले अर्कोलाइ सहयोग गर्नु होस् | समूहमा चिया खाने , अध्यात्मिक कार्य गर्ने जस्ता क्रियाकलाप गर्ने गर्नुहोस् | आफन्त साथी भाइसित अनुभव आदान प्रदान गर्ने ,भविश्यप्रति आशावादी हुने आधारहरु तयार गर्नु पर्छ |

२. वर्तमानलाइ स्वीकार गर्ने
वर्तमान परिस्थितीलाइ जस्ताको त्यस्तै स्वीकार गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । भविष्यको अत्त्यधिक चिन्ताले तपाईंलाई बिचलित पार्न सक्छ । भुकम्पबाट भएको क्षति अपुरणीय छ तर त्यसलाई एक एक स्वीकार गर्दै जानु नै अहेलेको निम्ति उत्तम हुन्छ । कतिपय अवस्थामा कतिपय व्यक्ति भुकप्पबाट भएको मानवीय क्षतिको निम्ति आफुलाइ दोषी ठान्छन |यो प्राकृतिक विपत्तिमा कसैको दोष हुदैनन् यसमा कोहि दोषी हुदैनन् | तसर्थ यसमा पश्चाताप र आत्मालोचनाको भन्दा पनि तत्काल गुज्रिरहेको अवस्था लाई के गर्न सकिन्छ भन्ने कुरा प्रति ध्यान दिनु जरुरि हुन्छ | भुकप्पबाट भएको क्षतिमा तपाईको कुनै दोष छैन | अहिलेको परिस्थितिमा बुझ्नु पर्ने भनेको तपाईका अहिलेका समस्याहरु अस्थाई हुन |

३. संचार माध्यमको सन्तुलित प्रयोग
भुकम्प पश्चात सोसियल साइट र मिडियाहरु सक्रिय हुन्छन । यसमा सधै सकारात्मक समाचार आउछ भन्ने हुदैन कतिपय मिडिया नकारात्मक र अत्यन्त बिचलित पार्ने किसिमका समाचार आउँछन् । तसर्थ तपाईं र तपाईंका परिवारका सदस्य कमजोर मानाशिकतामा हुनुहुन्छ भने त्यस्ता साइट र मीडियाबाट केहि समय टाढा बस्दा उचित हुन सक्छ । आवश्यक सूचनाको लागि विश्वासिलो संचार माध्यम छान्न सक्नु हुन्छ । पारिवारिक सदस्यको बिचमा सकारात्मक र आशावादी समाचारलाइ प्रोत्साहन दिनु होस् । बालबालिकालाइ भुकम्पको बारेमा जानकारी र पुन आएको खण्डमा के गर्ने भन्ने जानकारी दिनु होस् ।यस्तो अवस्थामा धेरै व्यक्तिहरु सत्यको खोजि भन्दा भावनामा आएर बोल्ने र निर्यण गर्ने हुन्छन जसको कारण समाज सजिलै बिचलित हुन सक्ने हुदा , भावनामा आधारित समाचारलाइ अहिलेलाइ कमजोर मानशिक अवस्था हुनेहरुले बन्द गर्दा नै उत्तम हुन्छ |

भुकम्पले गरेको भौतिक र शारीरिक क्षति पहिलो प्राथमिकतामा परे पनि यसले गरेको मनोबैज्ञानिक क्षति प्रति पनि तपाई सजक हुनु आवस्यक छ | तपाईको परिवार , समाज अथवा तपाईलाई त्यस्तो समस्या देखिएको छ भने मनोबिज्ञको सल्लाह लिनु उचित हुन्छ | बालबालिकाको हकमा कुनै पनि लक्षण नदेखिए पनि सम्भव छ भने एक पटक मनोबिज्ञ सित परामर्समा जानु उपयुक्त हुन्छ |

bijay1019@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s