नेपारूजिन सुगोइ

डा. विजय ज्ञवाली

सन् २०११ मार्च ११ मा जापानमा गएको महाभुकम्प र त्यस पछि आएको सुनामीले गर्दा १५८९१ जनाले जीवन गुमाए ,६१५२ जना घाइते भए अनि २५८४ अझै हराई रहेका छन् | टेलिभिजनमा उक्त दृश्य हेरेकाहरुको निम्ति त्यो कुनै एनिमेशन फिल्मको दृश्य जस्तो लाग्थ्यो | ज्यान गुमाउनेहरु त गइ हाले तर बाच्ने आफन्तहरुको निम्ति यो घटनाले थुप्रै चोट दिएर गयो | जापानमै क्लिनिकल मनोविज्ञान पढ्ने बिधार्थी भएकाले मैले पनि ति पिडितहरुको मनलाई सुन्ने मौका पाए | अन्य जापानी साथी सित सेन्दाई पुगेको मैले भुकम्पको बेला आणविक भट्टीमा काम गरेकाहरुको अनुभव सुन्ने मौका पाएँ | आणविक क्षेत्रमा कामदार सप्लाई गर्ने कम्पनिका कामदारहरु लाई मैले ६ महिना पछि भेट्दा पनि हतास देखिन्थे | हामीले १ वर्ष सम्म प्रत्यक महिना गएर सामुहिक परामर्श दिने काम गर्यौं | कम्पनिको पूर्व सर्त अनुसार त्यहाँको अध्ययनको रिजल्ट बाहिर चर्चा गर्न नपाइने थियो | हामीले आफ़्नो इथिस्कलाइ पालन गर्न चुकेनौं | त्यसपछि पनि टोक्योमा मैले जापानको भुकम्प र सुनामी पिडितका परिवारलाई परामर्श दिने मौका पाएँ | त्यसमध्ये एकजनाको अध्ययनलाइ मैले पोर्चुगलमा भएको मनोविज्ञान सित सम्बधित सम्मेलनमा पनि प्रस्तुत गरें |

सन् २०१५ अप्रिल २६ मा नेपालमा गएको महाभुकम्प पश्चात मेरो इमेल र फोनमा धेरै मेसेज आए | त्यस मध्ये मेरो फोनमा आएको मेसेज विजय सेन्सेइ ,नेपारू दाईजुबु देसका ? ले मलाई पुरानो यादमा पुर्यायो | उनि थिइन , मेरो साथी किमुरा जसले जापानको भुकम्पमा आफ़्नो परिवार र सबै घरबार गुमाएकी थिइन | आमासंगको वियोगले मानशिक रुपमा सारै कमजोर भएकी उनलाई हाम्रो समूहले लगभग ३ वर्ष अगाडी परामर्श गरेको थियो | उनको प्रश्नले उनिसंग फेरी भेट्ने मेरो चाहनालाइ जागृत गर्यो | जापानको भुकम्पले आफ़्नो सबै गुमाएर , उच्च डिप्रेसनमा पुगेकी उनि अहिले जापानमै विश्वविद्यालयमा पढाउँछिन |नेपालमा पनि अहिले उनले जस्तै पिडा भोग्ने धेरै छन् उनिले कसरी त्यो पीडा बिर्सिन र नयाँ जीवन सुरु गरिन म फेरी सुन्न चाहन्थें |

उनी निर्धारित समयमा पुगिन | नेपारूजिन सुगोइ ( नेपालीहरु कति गज़बका ) उनले कुराको सुरुवात गरिन | जापानका धेरै मिडियाले नेपालीको धैर्यधारण गर्न सक्ने क्षमताको प्रशंसाको प्रसंग उनले पनि उल्लेख गरिन | यत्रो बिपतमा पनि कति राम्रो एकता ,आपसी सदभाव नेपालीहरु जापानी जस्तै हुने रहेछन | उनको प्रशंसाले फुरुङ्ग परें | हामी ती प्रसङ्गमा गयौं जति बेला मैले उनीलाई बिरामीको रुपमा भेटेको थिएँ |

भुकम्पका पिडितहरुको अनुहारमा केहि दिनपछि मन्द मुस्कान देखिन थाल्नेछ | वास्तवमा त्यो मुस्कान खुसि होइन त्यो अन्योलता हो | मानिस जब के गर्ने कसो गर्ने भन्ने अवस्थामा पुग्छ त्यति बेला उसको अनुहारमा मन्द मुस्कान देखापर्छ | धेरै मान्छेहरु त्यो मुस्कानको भ्रममा पर्छन | जापानको भुकम्पबाट मैले सिकेको कुरा यहि हो | मैले यसो भन्दा किमुराले थपिन केहि महिना प्रशस्त स्वयमसेवक हुन्छन ठुलै चहल पहल हुन्छ एक्लो महसुस नहुने रहेछ | वास्तविक एक्लोपन त १ वर्ष पछिको महसुस हुने रहेछ | जापानमा महाप्रलय गएको ४ वर्ष भयो, मनोवैज्ञानिक असर त बल्ल पो देखिन थालेको छ | मैले पनि खुब पीडा महसुस गरे | त्यतिबेला सुनामीमा परेको घर अझै जान सकेकी छैन | सरकारले विकिरण युक्त क्षेत्र भएकोले बस्न योग्य छैन भनेको छ | सबै हेर्न गए म सकिन | बेच्ने भए स्थानीय सरकारले किन्ने प्रस्ताव आएको छ तर बेच्न पनि मनले मान्दैन |

त्यसो भए यो पिडाको अन्त्य छैन हो ? पीडा स्थाई हुन्छन हो ?

हुदैनन् ( उनले आँखा चिम्लिन ) पीडाहरु स्थाई नहुने रहेछन | तर एक्लै पार लगाउन गारो हुने रहेछ | समाज र सामाजिक परिवेशको भूमिका ठुलो हुने रहेछ | मेरो बुहारी पर्नेले पुन बिबाह गरिन ,सर्वस्व गुमाए पछिको उनको साहस मलाई सारै राम्रो लाग्यो | समाजमा बस्ने र सामाजिक परिवेशमा घुलमिल हुने हो भने पीडा कम भएर जाने रहेछ | तर यादहरु चाहिं स्थाई हुने रहेछन | मैले सधै मेरो आफन्तलाइ मन मनै आरिगातो (धन्यवाद ) भन्ने गरेको छु | नेपालको भुकम्पले पनि थुप्रै परिवारलाइ तनाव दिएको छ | अबका केहि वर्ष यी तनावहरुले पछ्याउने छन् | समाज र देशले उनीहरुको पीडा कम गर्न प्रयास गर्नु पर्छ | मेहनत गर्नु पर्छ | सबै भन्दा ठुलो कुरा आफ़्नो अमुल्य जीवनको लागि सबैलाइ धन्यवाद भन्नु पर्छ |सबैको जिम्मेबारी बढेको छ |कसैको कम कसैको बढी भन्ने छैन | सबैको जिम्मेबारी बराबर छ | यो बिपतबाट मुक्ति पाउन सबैले कर्म गर्नु पर्छ |

कुराकानी को क्रममा उनले पटक पटक नेपारू जिन सुगोइ भन्ने सब्द भनि रहिन | मलाई पनि त्यस्तो लागि रहेयो | अरु देश भएको भए कति लुटपाट ,आतंक मचिने थियो होला | मेरो देशबासि कति असल ,कति शान्त मनमा गर्वको अनुभूति भयो |

बास्तवमै नेपारू जिन सुगोइ |

Frist Published- Pahilopost.com

2 Comments

  1. विजय जी हजुरको लेख सत्य तथ्य परक मात्र नभएर भाषा शैलीगत हिसाबले पनि निकै सुन्दर छ । यहाँको कलम नरोकियोस् —!!!

Leave a Reply to Rajendra Poudel Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s