भूकम्पपछि उपत्यकामा आत्महत्या गर्नेको सङ्ख्या बढेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
फागुनमा २६ मात्रै आत्महत्याको घटना भएकोमा भूकम्प गएको महिना वैशाखमा ३६ र जेठमा ३१ आत्महत्याका घटना घटेका छन् । तीन महिनामा आत्महत्या गर्ने ६७ मध्ये पुरुष ५३ र महिला १४ रहेका छन् ।
आत्महत्या गर्नेमध्ये झुण्डीएर ४८, विष सेवन १७, भिरबाट हामफालेर दुई रहेका छन् । भूकम्पका कारण मानसिक सन्तुलनमा खराबी आएर सात जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमध्ये अधिकांश साधारण लेखपढ भएका व्यक्ति छन् । रासस