बिदेशी भुमि र अल्कोहोलिजम

डा. विजय ज्ञवाली
बिदेशी भुमिको जीवन भन्न साथ यस संग जोडिएर आउने स्वतन्त्र जीवन पनि प्रमुख रुपमा पर्दछ | परिवारबाट टाढा हुदाको सुन्यता ,थकित जीवन र त्यो बेलामा प्रयोग गर्न पाउने स्वतन्त्रताका कारण धेरै मानिसहरु बिदेशी भुमिमा पुगे पछि मादक पदार्थको दुर्ब्यसनीमा परिणत हुने गरेका छन् | बिदेशी भुमिमा लागु पदार्थको अत्याधिक सेवनका कारण स्वास्थ्य नाजुक भइ अस्पताल पुग्ने ,सम्पति गुमाउनेको सख्यामात्र नभएर मृतुको मुखमा पुग्नेको सख्या धेरै रहेको छ |बिदेशी भुमिमा हुने आकस्मिक निधनको एउटा प्रमुख कारण मदिराको अध्याधिक प्रयोग पनि हो | यस बाहेक यसबाट विभिन्न प्रकारको मनोसामाजिक समस्या बाट पिडित हुनेको सख्या पनि उल्लेखनिय रहेको छ | बिशेस गरि खाडी मुलुकका कामदार बीच कमसल प्रकारको रक्सिको प्रयोगका कारण विभिन्न समस्या उत्पन्न भएको देखिन्छ |देश अनुसार प्रयोग गर्ने मादक पदार्थ र लागु पदार्थको फरक फरक भएता पनि बिसेस गरि रक्सिको अत्याधिक प्रयोगका कारण उत्पन्न हुने समस्या बढी भएका कारण यो लेखमा अल्कोहोलिजमको बारेमा चर्चा गरिने छ |

के को अल्कोहोलिजम ?
अल्कोहोलिजम त्यो अवस्था हो जुन अवस्थामा व्यक्तिले रक्सिको प्रयोग माथिको आफ़्नो मानसिक नियन्त्रण लाइ गुमाउछ र पूर्णतया रक्सिलाइ आफ़्नो जीवन समर्पित गर्छ | यसको असर सरिरिक र मानशिक दुवै हुने गर्छ |
– रक्सिको मात्रा निर्धारणमा आफ़्नो नियन्त्रण गुमाउनु
– अत्याधिक तल तलको महसुस गर्नु
-लुकाएर वा एक्लै रक्सिको सेवन थाल्नु
-रक्सि नखादा वाकवाकी लाग्नू ,काम्ने पसिना आउने जस्ता लक्षण देखिनु
– आफ़्नो कुरा बिर्सनु ,कहिले कहिँ गर्नु पर्ने काम, कर्त्तव्य सबै बिर्सेर भाव सुन्य हुनु
-निर्धारित समयमा रक्सि नभई नहुने हुनु , त्यो समयमा प्राप्त नभए तनाब ,रिसको महसुस गर्नु , हिंसक व्यवहार बढ्ने
– रक्सिको कारण घर परिवार ,समाज ,जागिर जस्ता ठाउमा समस्या देखिनु
-गाडी सौचालय जस्ता ठाउमा पनि रक्शिको प्रयोग थाल्नु
-रक्सि बाहेक अरु कुरामा रुचि नहुनु आदि

कुन अवस्थामा बिज्ञको सहयोग लिने ?
कतिपय व्यक्तिहरु आफुले कति खाएको भन्ने कुरा जानकारी राख्दैनन् र अधिकांस अबस्थामा धेरै नखाने गरेको भन्ने ठानछन् | तसर्थ साधारणतय कुन अवस्थामा बिज्ञको सल्लाह लिने बारेमा तल केहि बुदामा प्रस्तुत गरिएको छ |

– तपाईले पुरुषको हकमा दिनको ५ पेग र महिलाको हकमा ४ पेग लिनु हुन्छ भने
– तपाईलाइ बिहान देखि नै रक्सिको तलतल लाग्छ र लिनुहुन्छ भने
– तपाईलाइ रक्सि खाए पछि पश्चाताप महसुस हुन्छ भने
– तपाईको परिवार साथीभाई र समाजले तपाईको रक्सि खाने बानीको बारेमा आलोचना गर्छ भने तपाई बिज्ञको सल्लाहमा जानु जरुरि छ |

(रक्सिको खाने मात्रालाइ साधारण रुपमा पेग भनिन्छ | जसअनुसार १ पेग भनेको ३५५ मि. लि.बियर (५%अल्कोहोल ),२६० मि. लि.माल्टा बियर ( ७ %अल्कोहोल ),१४८ वाइन (१२ % अल्कोहोल ),४४ विस्किलाइ भनिन्छ |)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s