बिपत्ति पछि बढेका आत्महत्याको संकेत

डा. विजय ज्ञवाली

क्लिनिकल मनोविज्ञ

नेपालमा गएको महाबिनासकारी भुकम्प पछि नेपाल प्रहरीले बाहिर ल्याएको तथ्याकमा भुकम्प अघिका २ महिना भन्दा भुकम्प पछिका २ महिनामा काठमाडौँ भित्र आत्महत्या गर्नेको सख्या बढेको देखिएको छ | लगभग ४१  प्रतिसतको हाराहारीमा बढेको आत्महत्याको दरले यति बेला कतै भुकम्पले भन्दा यसको प्रभावले धेरैको ज्यान लिने त होइन भन्ने चिन्ता प्रकट भएको छ | भुकम्प पछिको २ महिनाकै आधारमा भुकम्पले हाम्रो समाजलाइ कस्तो असर गर्छ भन्नु हतार भएता पनि यसले हाम्रो समाजको आगामी दिनको एउटा अनुमानको आधार भने तयार गरेको छ |

प्रारम्भिक तथ्याकले के देखाऊछ ?

साधारणतय भुकम्प लगाएतका अन्य बिपत्तिले हाम्रो समाजलाई परेको असरलाइ अध्ययन गर्नको निम्ति कम्तिमा बिप्पति पछिको तिन महिना आवश्यक पर्दछ | भुकम्प पछि देखिएका मानशिक असर अस्थाई र स्थाई दुवै हुन सक्छन | अस्थाई असरहरु स्वाभाविक पनि हुन्छन जुन समय संगै हराएर जानछन् | नेपालमा हालसम्म नेपाल प्रहरी ल्याएको यो तथ्याक बाहेक अन्य यो बिसय सित सम्बधित अनुसन्धात्मक तथ्यहरु बाहिर आएका छैन | केहि इजराली समूहले गरेका प्रारम्भिक अनुसन्धान र मैले व्यक्तिगत रुपमा दोलखा र काठमाडौँमा सकलन गरेका प्रारम्भिक अनुसन्धानको आधारमा मेरो विचारमा कम्तिमा भुकम्प पिडित जनसख्याको लगभग २० देखि ३० प्रतिसत जनसख्या कुनै न कुनै मानशिक समस्याबाट पिडित हुने प्रारम्भिक अनुमान लगाउन सकिन्छ | हैटी,जापान र ताइवान जस्ता मुलुकमा भएका महाबिपत्तिका बखत प्रारम्भिक रुपमा सकलन गरिएका तथ्याकले त्यो प्रतिसत १०-१५ अनुमान गरिएको थियो | तसर्थ अन्य मुलुकको तुलनामा नेपालमा पिडितको सख्या बढी हुने देखिन्छ |

आत्महत्या कै हालको तथ्याकलाइ हेर्ने हो भने पनि नेपालको प्रारम्भिक तथ्याक केहि फरक किसिमको आएको छ | जापानको कोबेमा १९९५ मा गएको गएको भुकम्प पछि र अमेरिकाको सेप्टेम्बर ११ हमला पछिको तथ्याक हेर्ने हो भने तुरुन्तै आत्महत्या बढेको देखिदैन | |जापानमा २०११ मा गएको भुकम्प पश्चात त्यहाँको अति प्रभावित क्षेत्र मध्येको सेन्दाई सहरको तथ्याक हेर्ने हो भने सुरुका महिनामा त्यहाँको आत्महत्या दर घटेको देखिन्छ | जबकि नेपालको हकमा सुरुको महिनामा नै आत्महत्या बढेको देखिन्छ | जापान र ताइवानमा गरिएका अनुसन्धानले भुकम्प पश्चात २ वर्ष पछि बिस्तारै आत्महत्याको दर बढेको देखिन्छ | हालको बर्समा जापानको सेन्दाई सहरको पुरुस आत्महत्या दर जापानको रास्टिय आत्महत्या दर भन्दा निकै उच्च पाइएको छ | बिज्ञहरु ४ वर्ष अघि गएको भुकम्प लाइ त्यसको कारणको रुपमा बिस्लेसन गर्छन |

भुकम्पले आत्महत्या बढेको होला ?

नेपालमा भुकम्प आउनु अघि देखि नै हाम्रो ठुलो जनसख्या मनोसामाजिक समस्या बाट पिडित छ | दश वर्ष लामो माओबादी जनयुद्द ,अस्थिर राजनीतिक बाताबरण र त्यसबाट उत्तपन्न गरिबी ,बेरोजगारी जस्ता समस्याबाट उत्पन्न भएका विभिन्न मनोसामाजिक समस्याबाट हामी पिडित छौ | आत्महत्या हाम्रो भुकम्प पछि मात्र बढेको समस्या होइन प्रतेक दिन नेपाल भरि १२ जनाले आत्महत्या गर्ने प्रहरीको तथ्याक छ | त्यस मध्ये पनि काठमाडौँ ,दोलखा जस्ता भूकम्प पिडित जिल्लामा पहिले देखि नै आमहत्या दर बढी रहेको छ | भुकम्प पछि समस्या थप बढेको छ | समयमा नै राहत बितरण लगाएतका कुरामा निरासा देखिनु त्यसमा आतिरिक्त पारिबारिक र अन्य सामाजिक समस्यामा थप समस्या थपिनुले मानिसको निराशा बढेर गएको छ | अहिलेको राजनीतिक बाताबरण ,आर्थिक विकास र बिपत्तिलाइ हेर्ने हो भने मेरो विचारमा पछिल्लो दसकमा यो वर्ष नेपालीको लागि सबै भन्दा बढी निरासाबादी समय हो | तसर्थ त्यसको प्रतिक्रिया स्वरूप आत्महत्याका घटना बढेर गएका छन् |

मानसिक स्वास्थ्यको क्षेत्रमा अहिलेको मूल समस्या भनेको अप्रयाप्त जनसक्ति र स्रोत हो | सिमित रुपमा रहेका केहि सस्थाले राम्रो काम गरेता पनि हाल नेपालको भुकम्प प्रभावित क्षेत्रमा मनो सामाजिक परामर्स भनेर संचालित कतिपय कार्यक्रम मानसिक स्वास्थ्यको वास्तविक कार्यक्रम नै होइनन | अत्यन्त संबेदनशिल स्वास्थ्यको क्षेत्र भएता पनि मनोसामाजिक कार्यक्रम भनेर प्रचार गरिएका कार्यक्रमको निगरानी गर्ने निकाय नहुदा मनोरंजन मुलक कार्यक्रमलाइ नै मनोबैज्ञानिक परामर्स भनेर प्रचार गर्ने शैली एकदमै खतरनाक रुपमा बढेको छ | जसले गर्दा वास्तविक रुपमा मानसिक स्वास्थ्यको समस्या हुनेको पहिचान नै नहुने र राम्रो परामर्स नपाउने परिस्थिति सिर्जना भएको छ | अनुगमन बिनाका यस्ता कार्यक्रमले आगामी दिनमा समस्या ल्याउने निश्चित छ | तसर्थ यो बिसयमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ | बिगतका वर्षमा चाडपर्बको समय सुरु भए संगै नेपालमा आत्महत्याको घटना बढेर गएको देखिन्छ | तसर्थ भुकम्प पश्चात पहिलो पटक सुरु हुन थालेको चाडपर्बको समय हाम्रा लागि कठिन हुने संकेत देखा परेको छ | पहिले देखि नै मानसिक समस्या भएका , भुकम्प पश्चात फरक व्यवहार देखाएका ,भुकम्पले ठुलो क्षति भएका , पहिले आत्महत्याका असफल प्रयास गरेकाहरु भुकम्प पश्चात आत्महत्याको जोखिममा हुने हुदा उनिहरुको निगरानी गरि आवश्यक परेमा मनोबिज्ञको सहयोग लिन सकिन्छ |

सम्पर्क – bijay1019@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s