हिडेन ट्रेजर-स्यानिटरी प्याड

डा.विजय ज्ञवाली,क्लिनिकल मनोविज्ञ

यो पटकको नेपाल यात्रामा मैले सबैसंग सोधेको समान प्रश्न थियो “भुकम्पले तपाईको जीवनमा कस्तो असर गर्यो ?” राजधानीमा बस्दा होस् या सिन्धुपाल्चोकमा पुग्दा होस् मैले यो प्रश्न पटक पटक दोहोर्याई तेर्यै सोधेको थिएँ | मैले कसैसंग अनपेक्षित उत्तरको आशामा भन्दा पनि मानिसको भुकम्प प्रतिको दृष्टिकोण बुझ्नको निम्ति यो प्रश्न सोधेको थिएँ | भुकम्पले हाम्रो जीवनमा सानो ठुलो असर गरेको छ | यो दुखद बिपत्ति पश्चात समाजमा केहि परिबर्तन देखा पर्छन | कति पय प्रत्यक्ष देखिनछन् कतिपय देखिदैनन | त्यस्तै भुकम्प पछिको सामान्य जीवन शैली परिबर्तनको बारेमा खोज्ने क्रममा मैले भेटेको एउटा परिबर्तनले मलाई आश्चर्यमा पार्यो | हेर्दा सामान्य लाग्ने विषय भए पनि गम्भीर भाव बोकेको एउटा उत्तरले मलाई धेरै पछि यो छोटो ब्लग लेख्न प्रेरित गरेको छ | भुकम्प पछिको जीवन शैलीको बारेमा छलफल गर्ने क्रममा केहि किशोरीहरुले भुकम्प पछि राहतको रुपमा प्राप्त भनेको स्यानिटरी प्याडले कसरि उनिहरुको जीवनलाइ परिबर्तन गर्यो भन्ने विचारलाइ मैले सारंसमा उनिहरुकै बोलिमा प्रस्तुत गर्ने प्रयास गरेको छु |

“मैले प्लास्टिकमा बेरिएको पोको पाउँदा अरु नै कुरा रहेछ भन्ने सोचेकी थिएँ | भित्र खोलेर हेर्दा बल्ल थाहा पाए त्यो स्यानिटरी प्याड रहेछ | टेलीभिजनको बिज्ञापनमा देखिएको कुरा भएकोले म यसको बारेमा जानकारी राख्दथे | पसलमा राखेको पनि देखेकी छु तर किन्न भने किनेको छैन | कति पर्छ पनि थाहा छैन | भुकम्प पछि हामीले पाएको राहतमा मेरो निम्तिको सबैभन्दा महत्व पूर्ण कुरा भएको छ | प्रत्येक महिनाको महिनावारी मेरो निम्ति अत्यन्त पीडा दायक हुन्छ | महिनाबारी हुनु अघि देखि मेरो दिमागमा आउने एउटै हो ,अब सफा कपडाको टालो कता खोज्ने ? सायद हाम्रो समाजमा छोरीले आफ्नो बुबा दाईभाई र परिवारसंग लुकाउने थोरै कुराहरुमा पर्छ , कपडाको टालो | प्रयोग अघि सफा कपडा पाउन गार्हो प्रयोग पछि लुकाउन गार्हो | महिना ३० दिनको हुन्छ ,सम्भवत महिनाको १० दिन मेरो यस्तै कुराको सोचमा बित्छ | स्कूलमा हुँदा होस् या घर टोल छिमेकमा प्रत्येक पटक म कतै टाटो लागेको छ कि भनेर आफु बसेको ठाउँ फर्केर हेर्ने गर्छु | कहिले काहीं अरु न उठी उठ्ने हिम्मत पनि हुदैन | यहि समस्याको लागि धेरै पटक स्कूल छोडेको छु तर म संग अर्को दिन स्कूल छोड्नुको कारण हुदैन | धेरै पटक टाउको दुखेर आइन भनेर झुट बोलेकी छु , एक पटक त टिचरले तेरो धेरै टाउको दुख्ने रहेछ | राम्रो अस्पताल गएर देखाऊ पनि भन्नु भयो | एक पटक गाउँमा स्वास्थ्य शिविर हुँदा आउनु भएको डाक्टरलाइ महिनावारी दुख्ने समस्या र रगत बढी जाने समस्या सुनाएकी थिएँ | उहाँले किशोरीलाइ यस्तो समस्या धेरैलाइ हुने गर्छ भन्नु भयो | उहाँको कुरा ठिकै होला तर मेरो समस्या समाधान भएन |

भुकम्प पछि देश विदेशबाट धेरै सहयोग आयो | घरमा चामल तेल दाल सबै सहयोगको रुपमा पाइयो | कति आवश्यक थिए कतिपय थिएन | त्यहि बिचमा हामीले पाएको स्यानिटरी प्याडले हाम्रो जीवन परिवर्तन गरेको जस्तो लागेको छ | टेलीभिजनमा देखिएको सबै विज्ञापन सत्य नहोलान तर यो चाहिं सत्य जस्तो लागेको छ | हामी विज्ञापनमा जस्तै नाच्ने ,उप्फ्रिन सक्ने भएका छौं | यो भुकम्प पछि हामीले प्राप्त गरेको खजाना भएको छ |”

लेखकको तर्फ बाट ,

हामी कहाँ कति यस्ता किशोरीहरु होलान | जो अझै पनि यो समस्याबाट जुधिरहेका होलान | भूकम्प पछि म केहि ग्रामिण क्षेत्रमा जाँदा पसलहरु हेर्थें तर अधिकांस पसलमा स्यानिटरी प्याड बेच्न राखेको हुदैन थियो | बिक्रि नहुने भए पछि राख्ने कुरा भएन | हामीले अझै पनि यसलाई आवश्यकताको रुपमा राखेका छैनौं | अर्थात् अझै पनि धेरै किशोरीहरु सफा कपडाको टालो खोज्ने र लुकाउने क्रममा छन् | शहरी क्षेत्रमा पनि कतिपय किशोरी घरबाट प्याड किन्न को निम्ति पैसा माग्दैनन पकेट खर्चको लागि प्राप्त हुने पैसा नै प्याड किन्न प्रयोग गर्छन | महिलाहरु मात्र जुध्नु पर्ने यो समस्याको बारेमा हामी बुबा, दाइ भाई साथै श्रीमान पनि अझै अनभिज्ञ छौं | सफा कपडाको प्रयोग नगर्दा र दैनिक सरसफाईको अभावमा हुने इन्फेक्सनको बारेमा कयौं अनविज्ञ छन् | साथै महिनावारीको समयमा आराम र पौष्टिक आहारको जरुरत पर्ने भएता पनि यस तर्फ़ ध्यान दिनुको सट्टा नकारात्मक सोचले हेर्ने र व्यवहार गर्ने गरिन्छ | छाउपडी प्रथा अझै ब्याप्त रहेको हाम्रो समाजमा छिटै परिवर्तन होला भन्ने आशा राख्नु गार्हो छ | तर कम्तिमा हामीले हाम्रो परिवारबाट यो कुराको सुरुवात गर्यो भन्ने एउटा महिलाले पुरा महिना सहज तरिकाले बाँच्ने अवस्था सिर्जना हुने थियो |

भुकम्पको राहतको रुपमा केहि किशोरीले प्राप्त गरेको स्यानिटरी प्याडले उनीहरुको जीवनमा ल्याएको खुसिलाइ दिगो राख्ने हो भने उनिहरुका प्रतेक समस्यालाइ बुझ्न सक्ने परिवार र समाज निर्माण हुनु जरुरि छ |

1 Comment

  1. हाम्रो समाजले बुझ्न नसकेको र हामीले बुझाउन पनि नसकेको एउटा तीतो यथार्थ हो । यसमा गरिबी एउटा कारण होला तर त्यो भन्दा बढी सकारात्मक सोंचको कमी नै हो । यस्ता सामान्य लाग्ने तर अत्यन्त महत्वपूर्ण विषयलाई ब्लगमा मात्र होइन गाउँ घर तिरका लोकल पत्रपत्रिका र रेडियो हरूमा पनि प्रकाशित गर्नु पर्यो । विजय जी धन्यवाद —

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s