डा. विजय ज्ञवाली
यो ब्लगको सुरुवातमा पाठक संग यो कुरा प्रस्ट पार्न चाहन्छु | म पत्रकार होइन तसर्थ यो ब्लगका बिसय बस्तु एउटा आम पाठकको अपेक्षा सित जोडिएका कुरा हुन् | आज भन्दा १३ वर्ष अगाडी रत्न राज्य क्याम्पसमा पत्रकारिता बिसय पढेर केहि वर्ष सामान्य पत्रकारिता गरे पछि बिल्कुल अलग बिसयको अध्ययन थाले पछि मैले आफु लाइ कहिले पनि पत्रकारको रुपमा प्रस्तुत गर्ने प्रयास गरिन | बिस्व बिद्यालयमा पत्रकारिता पढ्नु र अलि अलि लेख्नुले मात्र पूर्ण पत्रकारिता गर्न सकिदैन भने मेरो सोच हो | आज म प्रवासमा बस्ने हुदा आजको मेरा अपेक्षाका बिसयबस्तु प्रबास पत्रकारिता सित नै सम्बन्धित छ |
पछिल्लो समय नेपाल र भारतको सम्बन्धमा जे जस्तो बिकाश क्रम देखिए | त्यहि बिसयलाइ लिएर नेपालको पछिल्लो स्थिति जान्न मन लागेको छ | कसैले जापानी भाषामा लेखेको समाचार छैन ? भनेर मेरा एकजना जापानी साथीले प्रस्न गरे | पछिल्लो समयको भुकम्पको समाचार जापानको मिडियाले राम्रो स्थान दिए पनि हिमाल आरोहन बाहेक अन्य बिसयका नेपाल सम्बन्धि समाचार जापानी मिडियामा कमै आउने गर्छन | यस्तो अवस्थामा स्वाभाविक रुपमा हाम्रो अपेक्षा प्रवासमा रहेर पत्रकारिता गर्ने नेपाली पत्रकार प्रति रहने गर्छ | जापानबाट मात्र कम्तिमा ६ वटा नेपाली भाषाका समाचार पोर्टल र एउटा समाचार पत्रिका संचालनमा आउछन् | पूर्णतया नेपाली भाषा बोल्नेलाइ लक्षित गरिएका ति पोर्टलमा जापानी भाषामा समाचार नआउदा जापानीभाषामा समाचार पढ्न चाहनेको लागि ति पोर्टल काम लाग्दैनन् | मैले सोसिअल मेडियामा किन नेपाली मिडिया यति निरह भए कम्तिमा हप्तामा एउटा समाचार जापानी भाषामा राखी दिए हामी त्यहि समाचार राखेर जापानीजलाइ हाम्रो समस्या बुझाउन पाउने थियौ भनि आफ़्नो विचार राख्दा त्यसको प्रतिक्रियामा नेपाल पत्रकार महासंग जापान साखाका पत्रकार साथीले “नेपाली पत्रकारिताले नेपालीमै लेख्ने हो र त नेपाली पत्रकारिता भनियो । जापानी भाषामा त जापानी पत्रपत्रिकाहरु प्रशस्त छन नि, बरु तपाईहरुजस्ता बुध्दीजीबी साथीहरुले अहिलेको अवस्था बारेमा आर्टीकल जापानी मिडियामा लेखेर छपाउनुस वा सबै मिलेर छपाउन पहल गरौं न । अनुमानको भरमा के लाई निरिह भन्ने ? ” भनि प्रतिक्रिया दिनु भयो | उहाको कुरामा सत्यता भएता पनि आम पाठकको निम्ति जापानी भाषामा लेख लेखेर मिडियामा दिनु सजिलो कुरा होइन | यसै प्रसङ्गलाइ जोड्दै नेपाल जापान डट कमका सम्पादक आनन्द कोइरालाले वास्तविक समस्या प्रस्टाउदै भन्नु भयो , प्रवासको पत्रकारिता भनिएता पनि अधिकांस समाचार पोर्टलहरु नेपालबाट संचालित हुन्छन | जापानमा दर्ता नहुदा जापानी भाषामा लेख्ने अधिकार उनिहरु सित हुदैन | तसर्थ प्रवास पत्रकारिता भनेको प्रवासका नेपालीको लागि गरिने पत्रकारिता मात्र हो |यसै गरि प्रबाशबाट प्रसारण हुने कार्यक्रम “प्रदेशबाट ” का प्रस्तोता नारायण रिमालले पनि प्रवाश पत्रकारिताका आफना परिधि हुने हुदा त्यो भन्दा बाहिर जना नमिल्ने कुरा बताए |
मैले थालेको यो छलफलले एउटा कुरा प्रस्ट पार्यो | पत्रकारिता आफैमा निरह हुदैन यसको क्षेत्र बिशाल हुन्छ तर कतिपय अबस्थामा पत्रकार भने निरह हुन सक्छन |माथिको प्रसङ्गले प्रबास पत्रकारिताको अहिलेको स्थितिलाइ बुझाउन मद्दत गर्छ | प्रवास पत्रकारिता भित्रको कपीपेस्ट पत्रकारिताको प्रसङ्गलाइ यहाँ छलफल गरिएको छैन | पछिल्लो समय बिदेशी भुमिमा नेपालीको सख्या बढी रहेको अवस्थामा प्रवास पत्रकारिताको छुटै महत्व छ र यसको दायरालाइ फराकिलो पार्ने हो भने यो पत्रकारिताबाट मुलुकले ठुलो फाइदा लिन सक्ने छ |
सम्भावनाका पक्ष
सर्बप्रथम नेपाली पत्रकारिताले नेपाली मै लेख्ने हो भन्ने मानसिकताबाट पत्रकारहरु उठ्नु पर्छ | पक्कै पनि भाषाको बिकाशमा पत्रकारिताको ठुलो भूमिका हुने हुदा नेपाली भाषाले प्राथमिकता पाउनु पर्छ | आफ़्नो भाषालाइ प्रबाशमा संरक्षण गर्नु प्रबाशी पत्रकारहरुको जिम्मेबारी भएता यदि उनिहरुले आफ़्नो कलमलाइ मुलुकको हितमा प्रयोग गरे भने यसले थुप्रै सम्भावनाको बिकाश गर्न सकिन्छ | बिदेशी पहुचको अभाव मा यस्ता धेरै बिसय हुन सक्छन जो बिसयलाइ प्रवासका पत्रकारहरुले आफु बस्ने समुदायमा छलफलको बिसय बनाउन सक्छन | जस्तो अहिलेको मुलुकको परिस्थितिलाइ अन्तरास्टियकरण गर्न प्रवासका पत्रकारले ठुलो भूमिका खेल्न सक्छन | आफु बसेको समुदायका व्यक्तिले बुझ्ने गरि स्थानिय भाषामा समाचार अथवा बिस्लेसन लेखेर प्रकाशित गर्ने हो भने उनिहरुलाइ बास्तबिकता बुझाउन सकिने थियो | यस बाहेक पनि पर्यटन लगाएत मुलुकको हितमा हुने अन्य बिसय बस्तुलाइ स्थानिय रुपमा सक्रिय प्रबाशी पत्रकारहरुले स्थानिय भाषामा प्रस्तुत गर्न सके यसले मुलुकको हितमा थुप्रै सम्भावना खोल्न सक्ने थियो |
नेपाल पत्रकार महासंघ , प्रेस काउन्सिल लगायत अन्य सस्थाले त्यस्ता द्वीभासी पोर्टल र समाचारपत्रलाइ बर्गिकरणमा उच्च प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने र मुलुक बाटै पर्यटन लगाएतका बिज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न सके प्रबासी पत्रकारिता अझ मुलुकको हितमा प्रयोग हुने थियो |
चुनौती
प्रजातन्त्रका सेनानीहरुले तत्कालिन राज्य व्यवस्थाको बिरुद्धमा भारतको बनारसका सागुरा गल्लिबाट सुरु गरेको प्रबास पत्रकारिताले अहिले ठुलो फट्को मारेको छ | प्रजातन्त्रको उदय संगै नेपालमा संचार क्षेत्रमा ठुलो बिकाश भयो | बढेका संचारमाध्यमले संचारकर्मीको सख्या पनि बढायो | मुलुकको ठुलो जनसक्ति विदेश पलायनको क्रममा नेपालको विभिन्न संचारमाध्यममा कार्यरत ठुलो सख्या प्रबास लाग्यो | जसको कारण प्रबाश पत्रकारितामा उल्लेखनिय बृदि भयो | सामान्य डोमेन लिएर खोलिएका पोर्टललाइ पत्रकारिता भनियो | यसको मापदण्ड तोकिने काम भएन |महासंघका शाखा प्रबासमा खोलिए तर महासंघले उनिहरुको स्तर मापनको आधार तयार गरेन | राम्रा पत्रकार प्रबासमा बिलिन हुन पुगे |प्रवासको पत्रकारिता मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनीतिमा प्रयोग हुन थाले | कम्तिमा प्रवासमा शाखा विस्तार हुन यति पढेका यति वर्ष पत्रकारिता गरेका यति जना हुनुपर्छ साथै सम्बन्धित देशमा पत्रकारिता गर्ने हैसियतका आधारमा मात्र महासंगले शाखा विस्तार गर्नुपर्ने थियो | त्यो हुन सकेन | जसको कारण प्रवासको पत्रकारिता रचनात्मक हुन सकेन | यसका अतिरिक्त प्रवासमा पत्रकारिता गर्नेहरु पत्रकारिता कै लागि परदेश आएको नभई अन्य काम बिशेसको लागि आएकोले पूर्णकालिन पत्रकारितामा लाग्नु सजिलो भएन | जसको कारण यसमा समय अभावको असर कपि पेस्ट पत्रकारिताको रुपमा देखियो |
अनलाइन समाचार माध्यम संचालन सम्बन्धि सुझाब दिन गठित आयोग (२०७०) मा उल्लेख केहि बुदा प्रवासको पत्रकारिता सित पनि सम्बन्धित थिए | जसमा नेपाल बाहिर कुनै पनि बिदेशी मुलुकमा रहेका नेपाली वा समूहले संचालन गर्ने अनलाइनलाइ नियमन गरि संचालन गर्ने , नेपालीको नाम संग अन्य मुलुकको नाम जोडेर संचालन हुने संचारमाध्यमलाइ नेपालको प्रचलित कानुनमा ल्याउने , कुन कुन भाषामा संचालन गर्ने उल्लेख गर्नुपर्ने , सम्पादकको निम्नतम योग्यता कायम हुनु पर्ने र अन्त्तररास्टिय स्तरमा संचालित सबै अनलाइन कानुनी दायरामा आउनु पर्ने उल्लेख छ | प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की सयोजक भै तयार उक्त प्रतिबेदन पूर्णतया लागु भएमा अनलाइन पत्रकारिता संगसंगै प्रबाशी पत्रकारिताले पनि एउटा बाटो समात्ने निश्चित थियो |
यति हुदा हुदै पनि बेलायत अस्ट्रेलिया र केहि युरोपिय मुलुकको प्रबासी पत्रकारिताले ठुलो फट्को मारेको छ | अस्ट्रेलियामा त्यहाँका नेपाली पत्रकार सरकारी तहका व्यक्तिसंग छलफल गर्ने हैसियतमा छन् | कतिपय पोर्टलले नेपाली र त्यहाँ कै स्थानियलाइ लछित गरेर अग्रेजी भाषा मै समाचार राख्ने गरेका छन् | युरोपमा पत्रकारिता गर्ने एक ब्लगरले केहि समय पहिले फ्रान्स भाषामा नै ब्लग सुरु गरेका थिए | जापानमा पनि कतिपय परोपकारी कामहरु अनलाइन पोर्टलको सहयोगमा हुदै आएका छन् | यस्तै सुरुवात अन्य मुलुकमा पनि हुनु जरुरि छ | सम्बन्धित निकायको यो बिसयमा ध्यान जाओस | प्रबासको पत्रकारिता नेपाली भाषामा गरिने पत्रकारिता नभएर नेपालको लागि गरिने पत्रकारिता होस् |