–डा.विजय ज्ञवाली,क्लिनिकल मनोविज्ञ–
आर्थिक वर्ष २०७१/७२ मा बिदेशी भुमीमा नेपाली कामदारको मृत्युको कारण सबभन्दा बढी मुटुसम्बन्धी समस्या( Sudden unexpected death syndrome (SUDS) ले ३ सय ५७ कामदारको ज्यान गयो। त्यस्तै, सडक दुर्घटनामा एक सय १९, कार्यस्थलमा एक सय १४ जनाको मृत्यु भएको आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा रहेका एक सय १२ कामदारले आत्महत्या गरे। एक वर्षयता दैनिक सरदर तीनटा शव नेपाल भित्रिँदा पनि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने गतिलो प्रयास हुन सकेको छैन।
देशको आर्थिक बिकासमा आधार बनेका नेपालीले यसरि बढ्दो रुपमा अप्रकृतिक मृत्युबरण गर्नु दुखत पाटो हो | यसको नियन्त्रणमा सबै गम्भीर हुनु पर्ने देखिन्छ / सम्बन्धित विज्ञहरुले यस सम्बन्धि उचित अनुगमन र अध्ययन गर्नु आबस्यक छ | सम्बन्धित देशमा भएका सङ्ग सगठनलाई यो बिसयको जानकारी दिएर उनीहरु लाई पनि बिदेशिएका नेपालीको अप्राकृतिक निधन नियन्त्रणमा सामेल गर्न सकियो भने यो समस्यालाई उचित रुपमा सम्भोधन गर्न सकिनेछ | यसै गरि आजकल अधिकांस मुलुकबाट बिधुतिय पत्र पत्रिका निस्कने गर्छन ति साइट हरु मा जानकारी मुलक लेख र सामग्री राखेर जनचेतना फैलाउन सकिन्छ |
Sudden unexpected death syndrome (SUDS)आकस्मिक निधनलाइ नियन्त्रण गर्न
– बिदेशी भुमि जानु पूर्व स्वास्थ्य परिक्षण अनिवार्य
– बिदेशी भुमिमा नियमित स्वास्थ्य परिक्षण
– अल्कोहोल सेवन नियन्त्रण
– काम पछि प्राकृतिक आराम
– कम्तिमा ६ घण्टा सुत्ने
– रक्तचाप समस्या छ भने नियमित परिक्षण र औसधिको प्रयोग
– प्रसस्त पानी पिउने
– धेरै तातो अथवा चिसो ठाउमा काम गर्दा बिशेस साबधानी
(बिदेशी भुमिमा मानसिक स्वास्थ्य समन्धी अन्य जानकारीको निम्ति मेरा अन्य ब्लग हेर्नु होला)