जापानमा रहेका नेपालीलाइ लक्षित गरि टोकियोमा बृहत स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न गरिएको छ | नेपाली राजदुताबास ,जापानको सहयोगमा बाँके बर्दिया मैत्री समाजले गरेको उक्त कार्यक्रममा सहभागी र सरोकारवालाहरुले जापानमा भाषा अभावका कारण रोग लागेको थाहा पाएर पनि अस्पतालमा उपचार गराउन समस्या रहेकाले यसवारेमा जनचेतनामुलक विशेष अभियान संचालन गर्नुपर्ने बताएका थिए । सहभागी मध्ये कतिपयले आफनो रोगको विवरण र समस्या चिकित्सकलाई भन्न नसक्दा समस्या भोग्नु परेको तथा उपचार गर्न जान अप्ठयारो मान्ने गरेको धारणा राखेका थिए । कार्यक्रम मा जापान का लागि कार्य वाहक राजदूत तथा कुटनीतिक नियोग प्रमुख गेहेन्द्र राजभण्डारीले विदेशी भूमिमा स्वास्थ्य सम्वन्धि जनचेतना तथा कार्यक्रमको आवश्यकता औंल्याउदै उक्त कार्यक्रमको प्रशंसा समेत गर्नु भएको थियो / क्यान्सर रोग विशेषज्ञ डा विशाल ज्ञवालीले क्यान्सर रोग लाग्न नदिन नियमित स्वास्थ्य जाँच गर्ने हो भने रोकथाम गर्न सकिने जानकारी दिनुभयो । क्यान्सर रोग लाग्नेमा मुख्य कारण मध्यपान तथा धुम्रपान, अखाध्य वास्तुको प्रयोग तथा अन्य रोगको उपचार अभावमा भएको ति कुरामा ध्यान दिनु पर्ने कुरा जानकारी गराउनु भयो | टोकियो विश्व विद्यालयमा ग्लोवल हेल्थ विषयमा शोध अनुसन्धान गर्दै आउनु भएका डा. प्रकाश शाक्यले जापानमा रहेका नेपालीहरुमा भाषा समस्या र स्वास्थ्य बिमाको अभावमा कारण रोग लुकाएर बस्न बाध्य भएको जानकारी दिनुभयो । यस विषयमा सम्बन्धित पक्ष सजग हुनु पर्ने आवश्यकता उहाँले औलाउनु भयो | कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियानका अभियन्ता क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवालीले बिदेशी भुमिमा नेपाली माझ देखिएका विभिन्न मानसिक समस्या र यसका निराकरणको बारेमा आफ़्नो प्रस्तुति राख्दै बिदेशी भुमि बढी रहेको नेपालीहरुको अप्राकृतिक मृत्यु र आत्महत्याको बारेमा सबै सचेत भइ समयमा नै उचित कदम चल्नु पर्ने धारणा राख्नु भयो | मुटुरोग विशेषज्ञ डा संदीप शाक्यले मुटु रोगको बारेमा जानकारी दिदै शरिरको मोटोपन, नियमित व्ययाम तथा खानपिनमा ध्यान दिने हो भने मुटु रोग बाट बच्न सकिने धारणा राख्नु भयो ।नेपालीमा बढी रहेको मुटु रोगको बारेमा चिन्ता ब्यक्त गर्दै उहाँले सन्तुलित जीवनशैलीको बारेमा जानकारी दिनु भयो । यसैगरि सोही कार्यक्रममा डा. सुजता शाखले दाँत तथा मुखको नियमित सरसफाई गर्दा मुखको रोगबाट वच्न सकिने उपायको बारेमा समेत प्रष्ट पार्नु भएको थियो । जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापा, व्यवसायी महेश श्रेष्ठ, लगाएत आफ़्नो विचार राख्नु भएको थियो | डा. विजय ज्ञवालीले सयोजन गर्नु भएको उक्त कार्यक्रमलाइ सम्पूर्ण कामदार नेपाली माझ पुराउन स्थानिय अनलाइन रेडियो मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो |