बिदेशी भुमिमा नेपालीको आत्महत्या : गम्भीर समस्या

डा.विजय ज्ञवाली / जानुका खतिवडा ज्ञवाली

आफ्नो मातृभूमि , समाज र परिवारलाई चटक्क छोडेर बिरानो मुलुकमा आउनु आफैमा मनोबैज्ञानिक एक्लोपनको सुरुवात हो। एकाध नेपाली बाहेक अधिकांश नेपालीको लागि यो एउटा बाध्यता हो। उचित रोजगार र अवसरको खोजिमा बिदेश आउने नेपालीको पछाडि उसको पारिवारिक बिछोड र सामाजिक शून्यताको अतिरिक्त आर्थिक रुपमा पनि उ पिरोलिएको हुन्छ। अधिकांश नेपाली खोजेको र ऋण लिएको पैसामा विदेश भित्रिएको हुन्छन्।

“बिरानो ठाउँमा धन कमाउन आएँ तर पैसा भन्दा मैले आफू एक्लो पाएँ ” …..

“आमा मलाई यो जीन्दगी भारी भो” …..

केहि महिनाको अन्तरालमा जापान र कोरियामा भएका नेपालीको आत्महत्यामा आफ्नो जीवनको अन्त्य गर्नु पूर्व लेखिएका यी सुसाइड नोटका अंशहरुले बिदेशी भुमिमा भएका आम नेपालीको मनोदसालाई उजागर गर्छ।

बैदेशिक रोजगार प्रवर्दन केन्द्रको तथ्यांकका अनुसार बिदेशी भूमिमा हुने नेपालीको मृत्युको कारणमा आत्महत्या प्रमुख कारणमा पर्छ। पछिल्लो आर्थिक वर्षमा विदेशी भूमिमा नेपाली कामदार मध्ये ८८० जनाको मृत्यु भएकोमा ९१ जनाले आत्महत्या गरेका थिए जुन अघिल्लो वर्ष भन्दा १६ प्रतिशत बढी हो।

पछिल्लो ७ वर्षमा ३३७ जना नेपालीले विदेशी भुमिमा आत्महत्या गरेका छन् जसको ५० प्रतिशत भन्दा बढीले पछिल्लो २ वर्षमा आत्महत्या गरेका छन्। बिदेशी भुमिमा कामदारको रूपमा जाने महिलाहरुको संख्या पुरूषको तुलनामा निकै कम छ। त्यस अर्थमा बिदेशी भुमिमा हुने महिला कामदारको मृत्यु संख्या पुरुषको तुलनामा कम देखिन्छ।

वैदेशिक रोजगार विभागले गरेको ‘रोजगारीका लागि श्रम आप्रवासनको स्थिति प्रतिवेदनमा पछिल्लो ६ आर्थिक वर्षमा ७९ महिलाको मृत्यु भएकोमा २६ जनाले आत्महत्या गरेको उल्लेख छ । जुन लगभग ३० प्रतिशत हुन आउँछ। बिदेशी भुमिमा हुने आत्महत्याको १० प्रतिसत महिलाहरुको आत्महत्या हुने रहेछ।

पछिल्लो माथि प्रस्तुत तथ्यांकमा कामदारको संख्या मात्र उल्लेख छ। विद्यार्थी र अन्य प्रयोजनको लागि बिदेश गइ जीवन अन्त्य गर्नेको संख्या यसमा उल्लेख छैन। लगभग ३७ हजारको संख्यामा नेपाली बसोबास गर्ने जापानमा पछिल्लो समय आत्महत्याका घटना बढी रहेका छन्। पछिल्लो ३ वर्षमा जापानमा आत्महत्या गर्ने नेपालीको संख्या १ दर्जन पुगेको छ। कोरियामा सन् २००७ यता २८ जना नेपालीले आत्महत्या गरेको उल्लेख छ।

यी त उदाहरण मात्र हुन्। उचित रोजगार र पर्याप्त जीवनशैलीको खोजिमा बिदेसिने नेपालीहरुको आत्महत्याको समाचार आजकल लगातार रुपमा सुनिन थालेको छ। तर यसको रोकथामको कुनै पहल भएको देखिँदैन। देशको आर्थिक मेरुदण्डको प्रमुख आधार बनेको रेमिटान्स भित्र्याउने लाखौं नेपालीको जन स्वास्थ्यको एउटा गम्भीर पाटोमा कसैको ध्यान गएको देखिदैन।

किन हुन्छ बिदेशी भुमिमा आत्महत्या ?

 सर्बप्रथम आफ्नो मातृभूमि , समाज र परिवारलाई चटक्क छोडेर बिरानो मुलुकमा आउनु आफैमा मनोबैज्ञानिक एक्लोपनको सुरुवात हो। एकाध नेपाली बाहेक अधिकांश नेपालीको लागि यो एउटा बाध्यता हो। उचित रोजगार र अवसरको खोजिमा बिदेश आउने नेपालीको पछाडि उसको पारिवारिक बिछोड र सामाजिक शून्यताको अतिरिक्त आर्थिक रुपमा पनि उ पिरोलिएको हुन्छ। अधिकांश नेपाली खोजेको र ऋण लिएको पैसामा विदेश भित्रिएको हुन्छन्।

त्यस बाहेक पनि नयाँ वातावरण,भाषा ,सस्कृति ,व्यस्त जीवनशैलीजस्ता समस्या उनीहरुको जीवनमा एकै पटक आइपर्छ। विदेशको जीवन आफूले सोचे जस्तो हुँदैन। आफूले सोचे जस्तो र विदेशको जीवनमा मेल नखाँदा जीवनमा नैरास्य बढेर जान्छ। कतिपय अवस्थामा परिवार र साथीभाई सँगको संचारमा समस्याको स्थिति आउँछ। जसका कारण तनाव, चिन्ता,अनिद्रा,अरुचि ,पाचन समस्या जस्ता समस्याको सुरुवात हुन्छ।

जुन समस्या लामो समय सम्म रहँदा विभिन्न मानसिक समस्याको सुरुवात हुन्छ। अन्त्यमा उचित मार्ग दर्शन ,परामर्श र उपचारको अभावमा उनीहरुले आत्महत्या जस्तो बाटो रोजेको देखिन्छ। मानसिक र सामाजिक रुपमा अतालिएको बेला उचित सहयोग नपाउनु नै बिदेशी भुमिमा हुने आत्महत्याको प्रमुख कारण हो।

image

photo -google

कसरी नियन्त्रण गर्न सकिएला ?

 बिदेशी भुमिमा हुने आत्महत्या नियन्त्रणको लागि सबैको पहल आवस्यक छ। झन्डै ४०  लाखको हाराहारीमा बिदेशिएका नेपालीको यो समस्याको नियन्त्रण गर्ने प्रयासमा प्रवासमा रहेका हरेक आधिकारिक पक्षले भूमिका खेल्नु पर्ने देखिन्छ। विदेश आउनु पूर्व जसरि उचित सिप सिकेर आउँदा सजिलो हुन्छ, त्यसरी नै बिदेशी भुमिमा आउन सक्ने विभिन्न मानसिक र सामाजिक समस्याको उचित तालिम र तयारी गरेर आउन सकियो भने यसबाट बिदेशी भूमिमा हुन सक्ने आत्महत्या नियन्त्रण गर्न ठूलो सहयोग पुग्न सक्छ। जसको निम्ति यससँग सम्बन्धित संघ संस्था अथवा सरकारी क्षेत्रले उचित मापदण्ड सहितको कोर्स अथवा ट्रेनिंङको विकास गर्न सकिन्छ। जाने मुलुकको भाषा, रहन सहन, संस्कृतिको पूरा जानकरी लिएर मात्र विदेश जाने वातावरण बनाउनु आवस्यक देखिन्छ। परदेशी जीवन भित्रको तयारी, मानसिक र सामाजिक तयारीको बारेमा राम्रो तयारी गरेर मात्र विदेश जाने अवस्था निर्माणमा सरकारले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

देशको आर्थिक विकासमा आधार बनेका नेपालीले यसरि बढ्दो रुपमा आत्महत्या गर्नु दुखद पाटो हो। यसको नियन्त्रणमा सबै गम्भीर हुनु पर्ने देखिन्छ। सम्वन्धित विज्ञहरुले यस विषयमा उचित अनुगमन र अध्ययन गर्नु आवस्यक छ। समन्धित देशमा भएका आत्महत्या रोकथामको क्षेत्रमा काम गर्ने संघ संगठन जानकारी दिएर उनीहरुलाई पनि बिदेशिएकाका नेपालीको आत्महत्या नियन्त्रणमा सामेल गर्न सकियो भने यो समस्यालाई उचित रुपमा सम्बोधन गर्न सकिनेछ।

कतिपय मुलुकमा भाषा र इन्सुरेन्सको अभाबमा नेपालीहरुले राम्रो स्वास्थ्य सुबिधा पाइरहेको हुदैन तसर्थ राजदुतावासहरुले ति मुलुकमा रहेका सामाजीक संस्थासँत मिलेर घुम्ती स्वास्थ्य शिविरको आयोजना गर्न सक्छन। गैर आवाशीय संस्थाहरुले पनि यसको निम्ति पहल गर्न सक्छन्। यसै गरि आजकल अधिकांश मुलुकबाट विद्युतिय पत्र पत्रिका निस्कने गर्छन ति साइटहरुमा आत्महत्या नियन्त्रण ,मानसिक समस्याको जानकारी मुलक लेख र सामग्री राखेर जनचेतना फैलाउन सकिन्छ।

12592481_1062323177163892_395330214355390785_n

Dr.Bijay Gyawali @ Comprehensive Health Awareness Symposium ,Tokyo

आफैले के गर्न सकिन्छ ?

 विदेश गइसके पछि पारिवारिक बिछोडको पीडा ,आफ्नो समाज प्रतिको माया ,विभिन्न आर्थिक र संस्कृतिक   पक्षका कारण पर्न सक्ने असरको बारेमा आफुले पनि विशेष तयारी गर्नु आवस्यक छ। नयाँ परिवेशको जानकारी नहुँदा थुप्रै अप्ठारो स्थितिको सामना गर्नु पर्ने हुन्छ। एक्लो भएको जीवन बिरानो ठाउँमा कहिलेकाही निरास हुनु स्वाभाविक भएता पनि यदि बारम्बार आत्महत्या गरूँ जस्तो विचार आउँछ भने त्यो अवस्थामा देहाय वमोजिम कदम आफैले पनि चल्नु सकिन्छ।

– सक भर एक्लै नबस्ने ,परिवार र साथीहरुको निरन्तर सम्पर्कमा बस्ने।

-आत्महत्यालाई सहज बनाउने सामग्री जस्तै डोरी ,चक्कु विभिन्न औषधि आदि आफ्नो कोठामा नराख्ने

– सकभर सामाजिक गतिबिधिहरुमा आफूलाई समावेश गराउने प्रयास गर्नु पर्छ। मन र विचार मिल्ने साथीहरुसँत निरन्तर सम्पर्कमा बस्ने गर्नुपर्छ।

-तपाई विधार्थी हो भने तपाईको स्कुल अथवा विश्वविद्यालयमा परामर्श केन्द्र हुन सक्छन् त्यहाँबाट उचित परामर्श लिने।

– आफूलाई लागेका कुरा अरुलाई खुलस्त भन्नु होस्। एक्लो अवस्थामा सोसिअल साइटहरुको सहारा लिने बाहिर घुम्न जाने खुला वातावरणमा बस्ने गर्नुहोस्।

– आफ़्ना रुचिका विषयलाई सधै खाली समयमा प्राथमिकतामा राख्नु पर्छ। कविता लेख्ने, घुम्ने, फोटो ग्राफी जस्ता कुरा सहयोगी सिद्ध हुन सक्छन।

– ध्यान र ब्यायामले तपाईको निराशालाई कम गर्न मद्त गर्छ। ध्यान र ब्यायामका साधारण विधि यु टुव जस्ता माध्यमबाट पनि सिक्न सकिन्छ।

-सकभर छिटो मनोविज्ञको सम्पर्कमा जाने। अधिकांश मुलुकमा फ्री टेलिफोन परामर्श केन्द्र हुने हुँदा त्यहाँबाट सल्लाह लिन सकिन्छ।

आत्महत्या कुनै अपराध होइन। यसको बारेमा खुलस्त कुरा र छलफल हुनु आवस्यक छ। मानसिक रोग विशेषज्ञ अथवा परामर्श दाताको सहयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ।

(लेखक क्लिनिकल मनोविज्ञ हुन्। उनले जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान सञ्चालन गरिरहेका छन्। लेखिका खतिवडा जापान मै समाजसेवा बिषयमा विध्याबारिधि गर्दैछिन्)

source-     http://global.setopati.com/japan/471/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s