आत्महत्या विचार र सोच संग कसरि जुध्ने ?

डा. विजय ज्ञवाली

पछिल्लो समयमा  नेपाली समाजमा आत्महत्या महामारी (epidemic) भएर फैलिदै छ | स सानो घटनामा आत्महत्या गर्ने जस्ता घटना बढी रहेको छ | परिवार र समाज भित्र नै घुर्काउन ,आफ़्नो माग पुरा गराउन आत्महत्या गर्छु भन्ने परि घटना देखिन थालेको छ | हरेक समस्यामा अन्तिम समाधान आत्महत्या हो भन्ने परिपाटीको डरलाग्दो स्वरूप समाजमा देखिन थालेको छ | आफ़्नो असफलता र निराशाको समाधान आत्महत्या हो भन्ने गलत मानशिकताको बिकाश भएको देखिन्छ |

आत्महत्या विचार भनेको के हो ? 

कुनै पनि व्यक्तिले बारम्बार मर्ने कुरा गर्छ ,त्यस्तो विचार बारम्बार मनमा ल्याउछ , आफ्नो जीवन अन्त्य गर्ने विभिन्न प्रयोगात्मक शैलीको अभ्यास गर्छ भने त्यसलाई हामी Suicidal Thought अथवा Suicidal Ideation भन्न सक्छौ | यस्तो विचार राख्ने सबैले आत्महत्या गर्छन भन्ने छैन | चरम निराशा , निराश जीवनशैली ,निश्चित परिघटनाका कारण पनि व्यक्तिहरुले यस्तो विचार राख्न सक्छन | तसर्थ यस्ता व्यक्तिले आत्महत्या गर्छन नै त भन्ने हुदैन तर यसलाई आत्महत्याको एउटा संबेदनशिल पक्षको रुपमा लिन सकिन्छ |अन्य विभिन्न मानशिक रोगमा पनि यो लक्षणको रुपमा देखा पर्न सक्छ |

 

आफैले के गर्ने ?

आत्महत्या विचार मनमा आउने कुरा धेरै मानिसको जीवनमा कुनै न कुनै बखत आएको हुन्छ | यो कुनै कमजोरी मानसिक रोग होइन | तपाईको जीवनको आइपरेको अत्यधिक पिडाको एउटा चरण मात्र हो | जुन अस्थाई मात्र हो | बिबिध सहयोग , सल्लाह सुझाब र मनोपरामर्सले यस्तो विचारबाट छुटकारा पाउन सकिन्छ | यदि तपाईलाइ आत्महत्या मात्र अन्तिम विकल्प हो जस्तो लाग्छ भने त्यो सत्य होइन , तर त्यति बेला तपाईलाइ अरु विकल्प नदेखिएको मात्र हो | तसर्थ तपाईले केहि समय धर्य गरेर अरु विकल्पको खोजि गर्नु पर्छ |

सकल्प गर्नु

तत्काल मर्ने विचार मनमा आउछ भने तपाई संकल्प गर्नुस ,म मेरा पिडाको विकल्प खोज्न कम्तिमा १ दिन वा १ हप्ता वा १ महिना पर्खिनछु | यसले तपाईको विचार र व्यवहार ( क्रिया ) को दुरी बढाउने काम गर्नेछ र समाधान खोज्न तपाईलाइ समय प्राप्त हुनेछ | अझ प्रस्ट रुपमा भन्ने हो भने यसले suicidal thought र suicide action बीचको दुरी बढाउन सहयोग गर्नेछ |

धुम्रपान र मदिरा सेवन नगर्नुस

आत्महत्याको विचार मनमा आएको बखत धुम्रपान र मध्यपानको सेवन नगर्नुस | अन्य प्रकारको सिफारिस नगरिएका औसधि पनि नखानुस |

आफ़्नो घर कोठा सुरक्षित बनाउनु होस्

आत्महत्यालाइ सहज बनाउने सामग्री जस्तै डोरी ,चक्कु विभिन्न औषधि आदि आफ्नो कोठामा नराख्ने गर्नु होस् | यदि त्यो सम्भव छैन भने त्यस्तो बेला आफु सुरक्षित हुने ठाउमा जानु होस् | कुनै औसधि खानु हुन्छ भने अरु कसैलाई राख्न दिएर आबशेक मात्रा मात्र लिने गर्नुहोस् |

आशाबादी बन्नुस

आत्महत्या विचार मनमा आएको बखत सकभर सामाजिक गतिबिधिहरुमा आफुलाइ समाबेश गराउने प्रयास गर्नुपर्छ |मन र विचार मिल्ने साथीहरु सित निरन्तर सम्पर्कमा बस्ने गर्नुपर्छ |आफ़्ना रुचिका विषयलाइ सधै खाली समयमा प्राथमिकतामा राख्नु पर्छ | कविता लेख्ने , घुम्ने, फोटो ग्राफी जस्ता कुरा सहयोगी सिद्ध हुन सक्छन |ध्यान र ब्यायामले तपाईको निराशालाइ कम गर्न मद्त गर्छ | तत्काल आफुलाइ आशाबादी राख्ने प्रयास गर्नुहोस् | आफुलाइ भएको पिडा सारै गहिरो भएता पनि मन भित्र केहि सकारात्मक सोचको निम्ति पहल गर्नुहोस् |

आमहत्या विचार आफ़्नो मनमा नराख्नुस

तपाईको मनमा आएको आत्महत्या विचारलाइ आफु भित्र मात्र नराख्नु होस् | मलाई यस्तो विचार आउछ भनेर अरु सित पनि कुरा राख्नु होस् | मन मिल्ने आफन्त साथीलाइ तुरुन्त सम्पर्क गरेर आफ़्नो भावना राख्नुहोस् | सम्भव छ भने मनोबिज्ञ अथवा शिक्षकहरु सित सल्लाह गर्नुहोस् |

कसरि सहयोग गर्ने ?

 यदि परिवार ,साथीभाई अथवा समाजमा कसैले आफुलाइ मर्न मन लागेको आसयको अभिव्यक्ति दिन्छ भने पक्कै पनि उसलाई कुनै प्रकारको सहयोग चाहिएको हुनसक्छ |अधिकांस आत्महत्याका घटनामा आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रुपले सहयोगको निम्ति अपिल गरेको हुन्छ | उक्त अपिललाइ बुझ्न सकियो भने आत्महत्या रोक्न सकिन्छ | आत्महत्या देख्दा आवेगमा आएर गरेको जस्तो देखिए पनि यसका अधिकांस घटना योजनाबद्द रुपमा भएको हुन्छ | नेपालमा पनि हाल विभिन्न सस्थाहरुले यो बिसयमा काम गर्दै आएका छन् | ति अस्पताल,परामर्स केन्द्रमा गइ यो बिसयमा थप जानकारी लिन सकिन्छ |

आत्महत्या हाम्रो ठुलो जनस्वास्थ्यको समस्या भै सकेको छ | तसर्थ हामी सबैले यसको गम्भीरतालाइ बुझ्नु जरुरि छ | हाम्रा बालबालिकालाइ हामीले आत्महत्या कुनै पनि समस्याको समाधान कदापी होइन भनेर बुझाउन जरुरि छ | हामी प्रतेक दिन १२ जना नेपाली आत्महत्या बाट गुमाउदै छौ |बिदेशी भुमिमा रहेका नेपाली माझ पनि यो समस्या उत्तिकै गम्भीर बन्दै छ तसर्थ यो संबेदनशिल बिसयमा हामी जबाफदेही हुनु जरुरि छ |

b766687bd7cbab084d0bf53f22b64b0c

 

 

 

 

 

1 Comment

Leave a Reply to prabeen-dhakal Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s