आमा तिनीहरुले जे सुकै भनुन म बौलाहा होइन…..

डा. विजय ज्ञवाली

मानसिक स्वास्थ्यमा काम गर्ने सस्थाहरु सित समन्नय गर्ने क्रममा कोशीस नामक सस्थामा भेटिएका ५१ बर्सिय यी सोखिन गायकले हामीलाई सुनाएको यो गीतले हाम्रो समाजको एउटा पाटोको उजागर गर्छ | मानसिक रोग र समस्याबाट पिडित प्रति हामीले गर्ने व्यवहार भेदभाव पूर्ण हुदा उनिहरुले कस्तो महसुस गर्छन होला | आफु पनि जीवनको १७ बर्ष उपचार अभावमा मानसिक रोगिको रुपमा सडकमा बिताएका यी अभियेन्ताका शब्दमा जुन पिडा छ त्यो भावले हामीले मानशिक रोगि प्रति गर्ने ब्यबहारको एउटा क्रुर पाटोको उजागर गर्छ | काठमाडौँ अथवा अन्य सहरमा घर बिहिन रुपमा हिडी रहेका मानसिक रोगिहरु हामी देख्दछौ | पारिबारिक र सामाजिक रुपमा तिरस्कार भएका ति पात्रहरुलाइ सरकारी रुपमा पनि कुनै सामाजिक सुरक्षाको व्यवस्था गरिएको छैन | कोशिस जस्ता केहि सामाजिक सस्थाले गरेको प्रयास अत्यन्त प्रसंसा योग्य भएता पनि घरबार बिहिन भएका मानसिक रोगिहरुको सामाजिक सुरक्षाको प्रत्याभूति नभए सम्म यसले ठोस परिणाम दिन असम्भव छ | समाजले बौलाहा भनेर ढुङ्गा हिर्काउने यी पात्रको जीवन परिबर्तनको जिम्मेबारी हामी सबैको हो |

13239263_1066228903457182_5029804696173879915_n
Photo Location – Koshis Nepal

 

हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्ति प्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ | जनचेतनाको कमि या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको लागि उपचारको पहलको सट्टा आफुमा मानसिक समस्या भएको कुरालाई अभिव्यक्त्त गर्ने परम्पराको नै विकाश भएको छैन | मानसिक रोगि प्रति हेरिने नकारात्मक दृष्टिकोण र यस्तो समस्यालाई पुर्व जन्मको पापको संज्ञा दिने हाम्रो जस्तो समाजमा आफुमा मानसिक र व्यवहारिक परिवर्तन हुँदा हुँदै पनि समाजमा अपहेलित हुने डरले लुकाएर राख्नुपर्ने बाध्यता रहेको छ | परिणाम स्वरुप समाजमा मानसिक समस्याको बारेमा गलत मिय्या ब्याप्त रहेको छ |

अर्कोतिर, परिवारका सदस्य मध्ये कोहीलाई मानसिक वा व्यवहारिक परिवर्तन आएको पहिचान भएमा उसलाई अस्पताल र विशेषज्ञको परामर्शको लागि पहल गर्ने बानीको थालनी भएको कमै पाउन सकिञ्छ | बरु उक्त बिरामीलाई उल्टै गाली गलौज गर्ने, अपशब्द हरु प्रयोग गर्ने र ऊ माथि हिनताबोध पैदा गर्ने काम गरिन्छ | जसको कारण बिरामीको रोग संग लड्ने क्षमतामा कमी आउनुको साथै आफु परिवार प्रति भार र बोझ भएको भान हुन्छ | यस्तो अबस्थामा कहिले कहिँ आत्माहत्याको बाटो रोजी परिवारलाई सहजता प्रदान गर्ने सोचको विकाश हुन थाल्छ | बिरामी प्रति माया र सद्भाव व्यक्त गरि हौसला प्रदान गर्ने हो भने यस्ता समस्याहरु केहि हद सम्म कम हुन्छन | नेपालको परिपेक्ष्यमा मानसिक समस्याको बारेमा रहेको गलत बुझाई र मित्य्या प्रमुख चुनौतीको रुपमा रहेको छ |

nepal-2012nepal-phil-behannepal-phil-behannepal-philbehannepal-everest-travelimg-6631
Photo – Google

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s