तनाब : के गरु कसो गरु

विजय सर म कहिले कहिँ यति अत्तालिन पुग्छु , के गरु गरु हुन्छ .त्यस्तो अवस्थामा एकदम निरह हुन्छु | ट्रेन चढे भने मन अतालिन पुग्छ ट्रेन भित्र हिडी रहन्छु | क्लासमा बस्दा बस्दै दौडिन मन लाग्छ ……..एक दम तनाब हुन्छ………के गरु कसो गरु जस्तो भएर मन अतालिन्छ ……

 

साधारण रुपमा बुझ्दा तनाबको असर सधै नकारात्मक नै हुन्छ भन्ने हुदैन | साधारण प्रकारका तनाबले विभिन्न माक्सपेसीमा कडापन सक्कुचन ल्याउने, विभिन्न होर्मोन उत्पादन गर्ने ,स्वास प्रस्वास बृदि गर्ने हुदा यसले हाम्रो प्रतिरक्षा प्रणालीलाइ बलियो बनाउने काम पनि गर्छ | तर यदि बारम्बार यस्तो प्रकारको तनाब लामो समय सम्म रहन्छ र यसले मानब जीवन शैलीलाइ असर गर्न थाल्छ भने त्यो अवस्था भने सामान्य रहदैन | तनाव भन्नाले केहि अनिश्चित नतिजाको बारेमा चिन्ता गर्नु, डराउनु र मनमा अप्ठ्यारो स्थितिको महसुस गर्नु हो । तनाबको कारण हामीमा आउने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन आउन थाल्छन । तनाब हामी सबैको व्यबहारमा लागु हुने र देखिने र महसुस हुने कुरा हो । आजको जस्तो आधुनिक र प्रतिस्पर्धात्मक युगमा तनाब महसुस नगर्ने मानिस कम नै होला। तर कसले कति तनाब लिन्छ भन्ने कुरा व्यक्ति पिच्छे फरक पर्न सक्छ , व्यक्तिको स्वभाव अनुसार कसैले बढी तनाब महसुस गर्छन भने कसैले कम।

तनाबका केही कारणहरु:


व्यक्तिगत समस्या

– तपाईको स्वास्थ्य जस्तै विभिन्न दीर्घकालिन रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुको रोग हाडजोर्नीको रोग आदि

– भावनात्मक समस्या जस्तै आत्माबिस्वासको कमि , ब्यक्त गर्न नसकेको भावना र रिस , कुनै कुरा गुमाउदाको पिडा , आफुलाई दोषी ठान्ने अवस्था र डाह, उदाशीनता, आदि जस्ता नकारात्मक भावनाहरु

– सम्बन्ध भित्रका जटिलता र अन्योलताहरु ,पारिबारिक समस्या ,प्रेम सम्बध भित्रका जटिलता ,सहयोगको कमि

– आफुले चाहना राख्नु एक कुराको तर त्यो अनुसार गर्न नसक्ने अथवा नमिल्ने

– जीवन शैली भित्रका प्रमुख घटना परिवार भित्रको मृतु , बिबाह ,जागिर खोसिनु ,नया ठाउँमा बसाई सर्नु

– तपाईको विश्वास र आस्था र समय संगको अन्त्त्तर द्वन्द जस्तै तपाई परिवार सित बस्न चाहनु हुन्छ तर तपाईको बाध्यताले त्यो दिदैन आदि

सामाजिक समस्याका कारण उत्पन्न हुने तनाब

– वातावरणीय असन्तुल जस्तै प्रद्युषण, हिंशा, ध्वनी प्रद्युषण आदि

– कार्यस्थल र रोजगारी समस्या – काममा असन्तुस्टी र कामको धेरै बोझ , पैसाको अभाव , बेरोजगारी समस्या

– सामाजिक कारणहरु जस्तै असमानता, हिंसा, द्वेष र सामाजिक कुरीति जस्ता तत्वहरू.

– सामाजिक एक्लोपन – भाषा , जात ,लिग्गका कारण आउने विभिन्न किसिमका सामाजिक समस्या

पूर्वघटनाको अबसेसको रुपमा आउने तनाब

बिगतमा घटेका ज्यान लिने किसिमका दुर्घटना , हिंसाजन्य घटना , प्राकृतिक बिपत्ति ,युद्द , दण्ड सजाय अन्य घटनाका कारण पनि हामीलाइ तनाब हुन सक्छ | यस्तो तनाब घटना घटेको बर्सौ पछि पनि हुन सक्छ | यस्तो प्रकारको तनाबलाइ तत्काल हुने स्ट्रेस ( Acute Stress Disorder) र घटना पछि हुने तनाब ( Post Traumatic stress disorder) गरि २ भागमा बाड्न सकिन्छ |

तनाबको लक्षण

तल बुझ्न सजिलो गरि तनाबका लक्षणहरु प्रस्तुत गरिएको छ | यहाँ प्रस्तुत कतिपय लक्षण गम्भीर अवस्थामा मात्र देखिनछन् |

         संज्ञानात्मक लक्षण

स्मरण शक्ति कम   हुनु

एकाग्र हुन नसक्नु

निर्णय गर्न नसक्नु

नकारात्मक पक्ष मात्र देख्नु

आत्तिनु , विचार बदलि भइ रहनु

लगातार आत्तिनु

 

सम्बेदनात्मक लक्षण

मुडी स्वभाव

छटपटी र छिटो रिस उठ्नु

घर्बराहट आराम लिन नसक्नु

एक्लो पन महसुस हुनु र एक्लिनु

निरास खुसि हुन नसक्नु

 

         शारीरिक लक्षण

दुखाई र सरिर पाटिने

झाडा पखाला अथवा कब्जियत

वाकवाकी लाग्ने , रिगाउने

छाती दुख्ने , मुटुको ढुक ढुकी बढ्ने

यौन अरुचि

जाडो महसुस हुने

 

       ब्यबहारिक लक्षण

बढी खानु अथवा भोक नलाग्नु

निद्रा बढी लाग्नू अथवा निद्रा नलाग्नु

आफुलाइ अरुबाट टाढा राख्ने प्रयास गर्नु

जिम्मेबारी पुरा नगर्ने अल्छि गर्नु

चुरोट रक्सि र अन्य ड्रगको प्रयोग

अन्य आत्तिएको जनाउदिने लक्षण ( खुट्टा हल्लाउने , नेल टोक्ने आदि )

 

त्याधिक तनाबको बेला के गर्ने ?

  • लामो र गहिरो श्वासप्रश्वास – फोक्सोमा प्रसस्त अक्सिजन जानुको अर्थ रगतमा पनि यसको मात्रा बढ्नु हो यसले तनाब कम गर्न बिशेस भूमिका खेल्छ |
  • दुवै हात कडा मुट्ठी पार्ने अनि बिस्तारै खुकुलो पार्ने , यसै गरिको सरिरको प्रतेक भागलाइ कडा बनाउदै खुकुलो पार्दै गर्ने , यो अभ्यासले तनाब कम गर्न सहयोग गर्छ ।
  • आँखा चिम्लिएर श्वास प्रश्वासमा केन्द्रित गर्ने
  • तत्काल तनाबको बखत मेरो स्पेस अत्यन्त महत्वपूर्ण हुन्छ । तसर्थ एकान्तको समय बनाएर त्यो समय आफुलाइ मन पर्ने कुरा रुचि अनुसार गर्न सकिन्छ ।
  • नियमित ब्यायामले तनाब काम गर्न सहयोग गर्छ |
  • नाइ अर्थात् नो भन्न सिक्नुस आफ्नो क्षमता र परिस्थिती भन्दा बाहिरको कुरालाइ सक्दिन भन्न नसक्दा पनि धेरै मानिसलाइ तनाबको बातावरण बन्न जान्छ ।
  • रक्सी अथवा धुम्रपानले तनाब घटाऊछ भन्नु गलत हो । तनाबको बखतमा साहाकारि भोजन र हल्का भोजन लिनु राम्रो

उपचार

तनाबको उपचारको निम्ति मानशिक रोग बिज्ञ अथवा मनोबिज्ञको सहयोग लिन सकिन्छ | यसको निम्ति धेरै प्रकारको बिधिहरु प्रयोगमा पाइन्छ | जस्तै –

– साइको थेरापी

– मेडीसिन

– एकिकृत चिकित्सा

reducing-stress-2

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s